नेशनल टे्रनिङ खारेज नगर

१. एक पटक संस्थागत व्यापारको क्षेत्रमा नाम कमाएको र लोकप्रिय भएको नेशनल ट्रेडिङ लिमिटेडलाई सरकारले विधिवत रुपमा खारेज गर्न लागेको समाचार सम्प्रेषण भएको छ। वर्षेनी घाटा भएर धान्नै नसक्ने अवस्थामा पुगेकोले खारेज गर्नुपर्ने सरकारले जनाएको छ। केही समय पहिलेदेखि त्यो संस्था बन्द छ।

२. नेशनल ट्रेडिङ बन्द भएपछि त्यसका कर्मचारीहरुलाई तलब दिन सरकारले काठमाडौंको टेकुमा रहेको ४९ रोपनीभन्दा बढी जग्गा बिक्री गरेको थियो। त्यस कम्पनीको नाममा अझ पनि विभिन्न जिल्लाहरुमा गरी २० बिघाभन्दा बढी जमिन छ भने ती जग्गामा घर र गोदाम पनि निर्मित छन्। त्यस हिसाबले पनि संस्थाको अबौर्ंको सम्पत्ति छ।

३. एकताका राम्ररी सञ्चालनमा आएको नाफा समेत कमाएको संस्थानलाई खारेज गर्न लागेकामा धेरैले चित्त दुखाएका छन्। उद्योगी व्यापारीहरुले सिण्डिकेट खडा गरेर जथाभावी आफ्नो उत्पादन र सामानको मूल्य वृद्धि गर्दा नेशनल ट्रेडिङ र साल्ट टे्रडिङले सुपथ मूल्यमा सामान बिक्री गरेर उपभोक्ताहरुलाई राहत दिने गर्दथे।

४. एकताका सरकारले जब घाटामा गएका संस्थानहरु निजी क्षेत्रलाई बिक्री गर्न खोज्यो, तब सरकारले सञ्चालन गरेका संस्थाहरु एकपछि अको बन्द, हड्ताल आगजनी लगायतका कारणले घाटामा गए। त्यसमा पनि सरकारले ती संस्थानहरुमा राजनीतिक कार्यकर्ताहरु भर्ना गर्न खोजेपछि तिनीहरुको दुरावस्था शुरु भयो।

५. त्यसको साथै आर्थिक चलखेलबाट संस्थानको महाप्रबन्धक नियुक्ति गर्ने चलन चल्यो। बोर्डमा पनि उद्योग व्यापारका अनुभवी विज्ञहरु राख्नुको साटो त्यस क्षेत्रमा कुनै ज्ञान नभएका राजनीतिक कार्यकर्ताहरुलाई नियुक्ति दिने गरियो। त्यसै बेला ती संस्थाहरुबाट राजनीतिक पार्टीरुलाई गोप्य रुपले चन्दा दिने गरियो। यी र यस्ता कारणहरुले गर्दा संस्थाहरु बिक्री गर्ने अवस्था आएको हो।

६. केहीले सरकारी संस्थान बिक्री गर्ने कुराको विरोध त गरे, तर तिनीहरु सरकारमा आएपछि तिनीहरुले पनि ती संस्थान सुचारु रुपले चलाउने काम गरेनन्। जसको कारण संस्थाहरु लामो समय घाटामा गए। बन्द भएर रहे र कर्मचारीहरुले तलब पाउन पनि सकेनन्। नेशनल ट्रेडिङ पनि त्यही चरणबाट गुजे्रर आज यस्तो अवस्थामा पुगेको हो।

७. नेशनल ट्रेडिङको पूर्वाधार छ , अबौर्ंंको सम्पत्ति पनि छ। यो एउटा इतिहास बोकेको संस्था त हुँदै हो। यसलाई चलाउन सकिन्छ। नेतृत्व गतिलो र योग्य व्यक्ति भएमा ठोस काम हुन्छ भन्ने कुरा गगन थापा, नविन्द्रराज जोशी ,गोकर्णविष्ट, कुलमान घिसिङले देखाइसकेका छन्। यसमा हतार गरिनु हुँदैन। नयाँ सरकार गठन हुँदैछ। त्यसलाई पुरानै अवस्थामा फर्काएर नाफा गर्ने संस्थामा परिणत गर्न सकिन्छ। तर यसमा सबैको इमान्दार प्रयास हुनुपर्नेछ।