निर्वाचन निश्चित तिथिमा

१. केही हप्तादेखि चर्चामा रहेको प्रतिनिधि सभा र प्रदेश सभाको मत पत्र कस्तो हुने भन्ने विवाद टु·एिको छ। सवोर्च्च अदालतको आदेश गरेअनुसार त्यस आदेशलाई शिरोधार्थ गरी निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन प्रयोगका लागि मतपत्रहरु छुट्टाछुट्टै छाप्ने भएको छ। यसअघि आयोगले दुवै चुनावको लागि एउटै मतपत्र बनाउने विचार गरेको थियो।

२. दुवै निर्वाचनका लागि एउटै मत पत्र बनाउने निर्वाचन आयोगको निर्णलाई राजनीतिक पार्टीरुले मानेका थिए र आयोग पनि त्यसै अनुसार तैयारीमा गएको थियो। राप्रपाका नेता सर्वेन्द्रनाथ शुक्ला त्यसको सम्बन्धमा सवोर्च्च अदालत पुगेपछि अनेक शंका उपशंका उत्पन्न भएको थियो।

३. नेताहरुले त्यस घटनालाई चुनावको तिथि सार्ने षड्यन्त्रको रुपमा पनि हेरेका थिए। सत्ताका साझेदार पार्टीमाओवादी केन्द्रले चुनावको मिति सार्ने षड्यन्त्र भइरहेकोले आफ्ना मन्त्रीहरुले सरकार नछोड्ने कुरा बताएको छ। त्यस पार्टीे यसअघि उम्मेदवारले मनोनयन पत्र दर्ता नगरेसम्म आफ्ना पार्टीका मन्त्रीहरु फिर्ता नहुने घोषणा गरेको थियो।

४. माओवादी केन्द्र सरकारबाट फिर्ता हुनु नहुनु त्यो सवसाधरणको सरोकारको कुरा होइन। ती मन्त्रीहरु विना विभागीय भएर रहेकाले उनीहरुले खास गर्न सक्ने कुरा पनि छैन। सरकारमा छ कि छैन, छ भन्ने कुरा मात्र भएको छ। मन्त्रीहरुले आफू विना विभागीय भएर रहनु परेकामा हीनताबोध गरेका छन्।

५. माओवादी केन्द्रले सरकारमा बसेर प्रतिपक्षीसँग कुममा कुम जोडेको अवस्था छ। केन्द्रले दुर्इटा डुङ्गामा पाइतला हालेर जलाशय पार गर्न खोजेको अवस्था छ। सरकारमा रहेर पनि त्यसले सरकारले निर्वाचन सार्न लागेको आरोप लगाएको छ। त्यस पार्टीकाई सरकारमा बसेर पनि सरकारमा बसेको भान भएको छैन। एउटा विडम्बनाको स्थिति त्यसले भोग्दैछ।

६. निर्वाचन आयोगले सवोर्च्चको आदेश पालना गरेको छ। एउटा समझदारीता कायम गरेको छ। दुर्इटा मतपत्र बनाएर पनि चुनाव निश्चित तिथिमा गर्ने जनाएको छ। चुनावको मिति सार्नु देशमा अराजकता निम्त्याउनु हो भन्ने कुरा सबैले बुझेका छन्। अहिलेको संवेदनशील स्थितिमा सबै कुरा सोची विचार गरी गर्नुपर्दछ।

७. निर्वाचन आयोगले दुर्इ मत पत्र छाप्ने विचार गरेर सवोर्च्चको आदेशको पालना गरेको छ भने दुर्इटा मत पत्र छाप्नु परेपनि निर्धारित समयमै चुनाव हुने प्रतिबद्धता पनि व्यक्त गरेको छ। अब निर्वाचन हुन्छ कि हुँदैन भनी कसैले शंका नगरे भयो। अब निर्वाचन निश्चित तिथिमा हुने सुनिश्चित भएको छ।