निर्वाचनको महत्त्व

१. जनताले बनाएको नयाँ संविधान अनुसार पहिलो पटक आइतवार देशका ३२ जिल्लाका प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ सदस्यका लागि निर्वाचन कार्यक्रम सम्पन्न भएको छ। हिजो नै मतदाताले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राजनीतिक दललाई मत हाल्ने काम पनि सम्पन्न गरेका छन्। नेपालको इतिहासमा संघीय ढाँचा अनुसार प्रदेशको निर्वाचन भएको यो पहिलो पटक हो।

२. सरकार र निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन दुइ चरणमा गर्ने निर्णय गरेकाले हिजो हिमाली तथा पहाडी भेगका जिल्लामा मतदान सम्पन्न गरिएको हो। हिजो मतदान सम्पन्न भएका कतिपय जिल्लामा शून्य ड्रि्री तापक्रम थियो। केही ठाउँमा मतदाता घाम लागेपछि बल्ल मतदान केन्द्रमा लाइन बस्न आएका थिए।

३. पहिलो चरणको मतदान सम्पन्न भएकाले अब दोस्रो चरणको मतदान हुनेमा कसैले शंका नगरे भयो। राजनैतिक पार्टीा केही नेताले सरकारले चुनाव सार्न लागेको र चुनाव सार्नका लागि अनेक घटना घटाएको आदि अनर्गल प्रचार गरेका थिए। ती सबै अनर्गल प्रचारलाई चिर्दै सरकारले पहिलो चरणको निर्वाचन सम्पन्न गरेको छ।

४. यो निर्वाचन सम्बन्धमा पहिले परस्पर विरोधी कुरा आएका थिए। केही दलका नेताले विशेषत कम्युनिष्टले सरकारले निर्वाचन गराउन नै सक्दैन भनी सरकारको क्षमतामाथि प्रश्न चिन्ह् लेख्ने गरेका थिए भने अर्कातिर उनीहरूले सरकारको नियतको कुरा झिकेर यो सरकारले निर्वाचन गर्ने नै छैन भन्ने गरेका थिए।

५. एकातिरको अवस्था यस्तो थियो भने अकोर्तिर चुनाव बहिस्कार गर्ने कम्युनिष्ट प्रयास गर्दै आएको  सर्वविदित छ। बहिष्कारवादी कम्युनिष्टले निर्वाचन आउनु भन्दा पहिलेदेखि बम पड्काएर भय र त्रासको वातावरण सिर्जना गर्दैछन्। ती सबैको बाबजुत हिजो शान्तिपूर्वक मतदान भयो।

६. मतदान केही ढिलो भएकोले हिमाली क्षेत्रका मतदातालाई गाह्रो भयो। उनीहरू घाम लागेपछि मात्र मतदान गर्ने स्थानमा आए। त्यसमा पनि उनीहरू प्रत्येक वर्ष हिउ पर्नु भन्दा पहिले वेशीतिर झर्ने गरेकाले यस वर्ष केही मानिस वेशीतिर ओर्र्लिसकेका थिए भने कोही ओर्लने क्रममा थिए।

७. ती सबै कठिनाइ, भय र त्रास भए तापनि मतदाताले उत्साहसाथ मतदान गरे। त्यो नै ठूलो उपलब्धि भएको छ। यो संविधानको कार्यान्वयनको दुष्टिबाट हेर्ने हो भने यो निर्वाचनको महत्त्व अरु ठूलो छ। अब दोस्रो चरणको निर्वाचन हुन्छ भन्नेमा शंका रहेन। त्यसका साथै संविधान कार्यान्वयनमा पनि शंका नगरे भयो। यस्तो वातावरणको सिर्जना गरेकाले यो निर्वाचनको महत्त्व धेरै भएको छ।