नारायणकाजी श्रेष्ठ

१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले त्यस पार्टीको प्रवक्ता पदबाट राजीनामा दिएको कुरा बाहिर आएपछि त्यसले राजनीतिमा तर· उत्पन्न गरेको छ। उनले पार्टीर सरकारको लाइन विपरीत चिकित्साशिक्षा सुधारका लागि अनशनरत डा.गोविन्द के .सी.लाई भेट्न गएको र अनशनको मागप्रति समर्थन जनाएकोमा पार्टीनेतृत्वले असन्तोष जनाएको थियो।

२. पार्टीको सचिवालयले उनको त्यस कार्यप्रति असन्तोष जाहेर गरेको मात्रहोइन, सचिवालयको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले उनलाई सजग समेत गराएका थिए। त्यसरी उनलाई सजग गराएकामा असन्तुष्ट भएर उनले त्यहीँ राजीनामा दिएका थिए। त्यो राजीनामा उनी भावावेगमा आएर दिएको अनुमान गर्दै नेतृत्वले स्वीकार गरेका छैनन्।

३. उनले प्रवक्ताबाट राजीनमा दिए पनि उनी सचिवालय सदस्यमा रहिरहेका छन्। त्यस हिसाबले त्यो राजीनामा ठूलो कुरा होइन। तर केही महिना पहिले मात्र एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेनकेा र त्यो पार्टीबनाउन उनले पनि ठूलो भूमिका निभाएकाले त्यो राजीनामा चर्चित भएको हो।

४. नारायणकाजी श्रेष्ठ सैद्धान्तिक हिसाबले जे जस्तो भएपनि उनी एक मूल्य र मान्यतामा चल्ने व्यक्तिको रुपमा उनको पहिचान बनिसकेको छ। डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उनी परराष्ट्रमन्त्री थिए। त्यस्तो बेलामा पनि उनले भट्टराईले भारतसँग गरेको वीप्पा सम्झौताको विरोध गरेकाथिए।

५. उनी परराष्ट्रमन्त्री हुँदा नेताहरुले विदेशी राजदूतहरुलाई भेट्दा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनु पर्ने आचारसंहिता बनाएका थिए। त्यो आचार संहिता राम्ररी पालना त भएन, तर त्यसले हाम्रो नेताहरुको साख जोगाउन केही सघाउ भने पुर्‍याएको थियो।

६. परराष्ट्रमन्त्री भएकै बेला उनले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउन कडा रुपमा पत्राचार गरेकाथिए। जुनअफिस भरखरै हटेको समाचार आइरहेको छ। उनी विवेकले देखेको कुरा भन्ने र गर्ने स्वभावको नेताका रुपमा चिनिन्छन्।

७. उनले अनशनरत केसीलाई भेटेको, उनको मागको समर्थन गरेको तथा त्यसो गरेकोमा पार्टीको नेतृत्वले उनलाई सजग गरेको समाचारले एक पटक फेरि चर्चित भएका छन्। नैतिकमूल्य र मान्यतामा बाँच्ने तथा राष्ट्रियताको सवालमा कहिल्यै कोहीसँग सम्झौता नगर्नेहरुको कद सधैं उच्च हुन्छ भन्ने कुरा नारायणकाजी श्रेष्ठले देखाएका छन्। प्रवक्ताको पदबाट दिएको राजीनामाले त्यही कुरा सिद्ध गरेको छ।