धर्मचक्र प्रवर्त्तन दिवस

१. आज आषाढ पूणिर्मा। आषाढ पूणिर्माको हाम्रो जनजीवनमा ठूलो महत्व छ। हिन्दूहरुले यस दिवसलाई गुरु पूणिर्माका रुपमा मान्ने गर्दछन्। उनीहरु यस दिनमा केही सिक्ने र सिकाउने गर्दछन्। त्यसरी सिकेका शिष्यहरु एवम् चेलाहरु आफ्नो गुरुकोमा गएर गुरुप्रति आदरभाव र सम्मान व्यक्त गर्दछन्।

२. अकोर्तिर बौद्धहरु यस दिनलाई पाँच संयोग परेको दिवसका रुपमा मान्दछन्। बौद्ध शास्त्रहरु अनुसार बोधिसत्व सिर्द्धार्थले आषाढ पूणिर्माको स्वच्छ र स्निग्ध रातमा कपिलवस्तुका राज शुद्धोदनकी रानी मायादेवीको गर्भमा प्रवेश गरेका थिए। उनले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण (घरबार त्याग) गरेका थिए।

३. अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि उनले आजकै दिनमा पहिलो पटक पाँच जना ब्राह्मणहरुलाई बुर्द्धधर्मको शिक्षा एवम् दीक्षा दिएका थिए। जसलाई बौद्धहरु धर्मचक्र प्रवर्त्तन भन्दछन्। अर्थात् आषाढ पूणिर्माकै दिन देखि बुद्ध धर्मको प्रचार प्रसार अभियान प्रारम्भ भएको थियो।

४. भिक्षुहरुको वर्षावास पनि आजकै दिन प्रारम्भ हुन्छ। भिक्षुहरुको वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै विहारमा बसेर अध्ययन एवम् चिन्तन-मनन गर्नेलाई भन्दछन्। वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नु पर्ने र भिक्षुहरु यताउता आवत-जावत गर्न पनि गाह्रो हुने भएकोले भगवान बुद्धले आषाढ पूणिर्मादेखि आश्विन पूणिर्मासम्म वर्षावासको व्यवस्था गरेका हुन्।

५. भगवान बुद्धले मानिसहरुलाई धर्मदेशना गर्ने गरेको सर्वविदित छ। एक पटक उनी त्रयोत्रिंश भुवनमा गएर आफ्नी दिवंगत आमाका उद्धारका लागि र अन्य देवताहरुलाई तीन महिना अभिधम्मको देशना गरेका थिए। त्यो एक ऋद्धि प्रदर्शनको कुरा पनि थियो। जसलाई बौद्धहरु यमक प्रतिहार्य भन्ने गर्दछन्। उनले त्यहाँ देशना शुरु गरेको पनि आषाढ पूणिर्माकै दिनमा हो।

६. यस्ता महत्वपूर्ण संयोगहरु परेको दिन भएकोले यसलाई धर्मचक्र प्रवर्त्तन दिवस भन्ने गर्दछन्। यो दिवसको उपलक्ष्यमा पोखराका विहार र गुम्बाहरु मिलेर पोखरा उपत्यकाव्यापी बुद्ध पूजाको आयोजना गर्ने गरेका छन्। यो पूजामा बौद्धहरु शान्ति पदयात्राका रुपमा उपत्यकाका सबै बिहार, गुम्बा र चैत्यहरुको परिक्रमा एवं दर्शन गर्ने गर्दछन्।

७. संवत् २०४१ सालदेखि शुरु भएको पोखरा उपत्यकाव्यापी बुद्ध पूजा निरन्तर चलिआएको छ । यो पूजा प्रत्येक पटक एक-एक विहार र गुम्बाले आयोजना गर्ने गरेका छन्। यसमा नयाँ आयोजकहरु पनि थपिने गरेकाछन्। यस पटक यो पूजा पोखरा रंगशाला गेट अगाडि अवस्थित अवलोकितेश्वर महाविहार न्यूङने गुम्बाको आयोजनामा सम्पन्न हुन गइरहेको छ। हामी यसको सफलताको कामना गर्दछौँ।