धर्मचक्र प्रवर्तन दिवस

१) धार्मिक दृष्टिमा पूणिर्माको ठूलो महत्व हुन्छ। त्यसमा पनि वैशाख पूणिर्मा, असार पूणिर्माको महत्व अझ बढी छ। वैशाख पूणिर्माको दिन शाक्यमुनि बुद्धको तीन संयोग परेको दिन हो भने आषाढ पूणिर्मा पाँच संयोग परेको दिन हो। त्यसैले बौद्धहरुका लागि आजको दिनको ठूलो महत्व छ र उनीहरुले विभिन्न कार्यक्रम राखेर यो दिवस मनाउने गर्दछन्।

२) बौद्ध शास्त्र अनुसार आजकै दिन भगवान बुद्ध आफ्नी आमा मायादेवीको कोखमा प्रवेश गरेका थिए। २९ वर्षको उमेरमा उनले शान्तिको खोजीमा महाभिनिष्क्रमण गरे। बुद्ध धर्ममा भिक्षुहरु वर्षावास वस्ने चलन छ। यो वर्षावास आजकै दिन प्रारमभ हुन्छ। त्यस्तै उनले आफ्नी दिवंगत माताको मुक्तिका लागि आजकै दिन यमक प्रतिहार्य देखाएका थिए।

३) भगवान बुद्धले वैशाख पूणिर्का दिन बुद्धत्व प्राप्त गरेर पनि त्यो ज्ञान प्रचार गरेका थिएनन्। उनले आफूले प्राप्त गरेको नयाँ ज्ञान कसले राम्ररी र छिटो बुझलान् भनेर चिन्तन मनन गरे। त्यसरी हेर्दै गर्दा उनले पहिले आफ्नो पछि लागेका पञ्च वर्गीय भिक्षुहरुलाई सम्झेर उनीहरुलाई खोजे।

४) उनीहरुलाई खोज्दै भगवान बुद्ध वनारसको वोधगया पुगे र त्यहाँ उनले आजकै दिन अर्थात् असार पूणिर्माको दिन पहिलो पटक उनीहरुलाई धर्मदेशना गरे। त्यही धर्मदेशना गरिएको दिनलाई धर्मचक्र प्रवर्तन दिवस भन्ने गरिएको छ र यस दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम राखी मनाउने गरिएको छ।

५) पोखरामा यस दिवसको उपलक्ष्यमा पोखरा उपत्यकाव्यापी बुद्ध पूजाको आयोजना गरी मनाउने चलन छ। प्रत्येक वर्ष एक-एक विहार र गुम्वाले पालैपालो आयोजना गर्ने गरिएको यो पूजा यस पटक पृथ्वीचोकस्थित साङ्गादेन छोयलिङ गुम्बाले आयोजना गर्दैछ। आज बौद्धहरु घ्येछिङलिङ गुम्बामा भेला भई सवै गुम्वा, विहार र चैत्यको दर्शन गरी साङगदेन गुम्बामा धर्म सभाकालागि सरिक हुने कार्यक्रम छ।

६) यो दिवस बौद्धहरुको लागि मात्र होइन, हिन्दूहरुको लागि पनि उत्तिकै महत्वको छ। हिन्दूहरुका महान गुरु वेदव्यास आषाढ पूणिर्माका दिन जन्मेका थिए। हिन्दूहरुले उनको जन्मदिनलाई गुरु पूणिर्माको रुपमा मान्ने गर्दछन्। गुरुको पूजा गर्ने र गुरुलाई मिष्ठान्न भोजन गराउनु चेलाहरुको कर्तव्य हो। गुरु मान्ने चलनले एउटा राम्रो परम्पराको थालनी गरेको छ।

७) असार पूणिर्मा बौद्ध र हिन्दूहरु दुवैका लागि महत्वपूर्ण दिवस हो, जतिपछि भयो उति यो दिवसको महत्व बढ्दै गएको छ। बौद्धहरुको पोखरा उपत्यकाव्यापी बुद्ध पूजाले बौद्ध एकताको अभिवृद्धि गरेको छ भने हिन्दूहरुको गुरु पूजाले गुरु र चेलाबीचको सम्बन्ध सुदृढ गरेको छ। आदर र सद्भावको वृद्धि गरेको छ।