देउवाद्वारा राष्ट्रको नाममा सम्बोधन

१. प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बिहान राष्ट्रका नाममा सम्बोधन गरी राष्ट्रपति विद्या भण्डारी समक्ष आफ्नो राजीनामा पेश गरेका छन्। प्रधानमन्त्री देउवाले गत जेठ २४ गते माओवादी केन्द्रको समर्थनमा मन्त्रिपरिषद् गठन गरेका थिए। विगतका अन्य प्रधानमन्त्रीहरुको कार्यकालझैं उनको कार्यकाल पनि करिब नौ महिनाको रह्यो।

२. देउवाको कार्यकाललाई चुनावी कार्यकाल भन्ने गरिएको छ। उनको कार्यकालमा स्थानीयदेखि प्रदेश, संघीय प्रतिनिधि सभा र राष्ट्रिय सभाको सम्पूर्ण निर्वाचन सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भएर उनको सरकारले राष्ट्रिय सभामा मनोनयन गर्ने तीन जनाको नाम सिफारिस गरी राष्ट्रपति भण्डारी सामु पेश पनि गरेको छ।

३. निर्वाचन गर्न आएको सरकारले निर्वाचन सम्पन्न गरेको छ। सरकारको शुरुआती दिनमा निर्वाचन त्यत्ति सजिलै गर्न सकिएला भनी अनुमान पनि गरिएको थिएन। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मधेसवादी दलहरु सहभागी भएका थिएनन्। सरकारले उनीहरुलाई सहभागी बनाउन एकातिर संविधान संशोधनको प्रस्ताव अघि सार्‍यो भने अकोर्तिर बाँकी निर्वाचनको मिति नै पनि पर सारेको थियो।

४. उनको कार्यकालको स्मरणीय कुरा यो पनि रहेको छ कि माओवादी केन्द्रको सहकार्यमा मन्त्री परिषद् गठन गरिएको थियो भने त्यही माओवादी पार्टीसरकारमा छँदाछँदै चुनावकै बीचमा वाम एकता गर्ने भन्दै एमालेसँग हात मिलाउन पुग्यो। पछिल्लो चुनाव तिनीहरुले वाम गठबन्धन गरी लडे र चुनाव पनि जिते।

५. अर्को रिर्कर्डको कुरा के पनि भएको छ भने माओवादी पार्टीविपक्षसँग गठबन्धन गर्न गएपछि पनि मन्त्रीबाट नहटेकाले प्रधानमन्त्री देउवाले माओवादीबाट मन्त्री भएका सबैको मन्त्री पद खोसेर उनीहरुलाई विना विभागीय बनाइदिए। ती मन्त्रीहरु सबै लामो समय विना विभागीय भएर रहे। त्यसरी बस्दा कतिपयले लज्जाबोधन पनि गरे। दर्जनौं मन्त्रीहरु महिनौं विना विभागीय भएर रहनु पनि एक रिर्कर्ड हो।

६. प्रधानमन्त्री देउवाले आफ्नो सम्बोधनमा सरकार निर्वाचनको लागि आएकोले निर्वाचन सम्पन्न गरिएको, संघीय लोकतान्त्रिक नेपालको आधारशीलाको रुपमा रहेको निर्वाचन गरी संविधान कार्यान्वयन गरिएको बूढी गण्डकी जलविद्युत् परियोजना नेपालीहरुले नै गर्ने निण गरी प्रारम्भिक कार्य अघि बढाएको, सामाजिक सुरक्षा भत्ता, भूकम्प पीडितको घर निर्माणमा सहयोग राशि बढाएको उल्लेख गरेका छन्।

७. उनले आफ्नो सम्बोधनमा आफूले देश र समाजको लागि केही गर्न चाहेको भएता पनि निर्वाचन आचारसंहिता पालना गर्नु परेकाले सोचे जति काम गर्न नसकेको उल्लेख गरेका थिए। त्यो जे भए पनि चुनावमा सहभागी हुन नमानेको मधेसवादी दलहरुलाई चुनावमा भाग लिन लगाएर चुनाव सम्पन्न गरेको छ। त्यही नै देश र जनताको लागि ठूलो कुरा भएको छ। स्मरणीय भएको छ।