दुर्वयवहारको घटना

१. अहिले देशमा एकपछि अको घटनाहरु चर्चित र विवादित बन्दै आएका छन्। आफ्नो छोराको हत्यारालाई पक्रन गोर्खाकी गंगामायाले  आमरण अनशन जारीराखेकी छन् भने डा. गोविन्द के.सी. १५ औं पटक आमरण अनशन बसेका छन्। उनी यस पटक सुदूर पश्चिमको जिल्ला दाङमा गएर अनशन बसेका छन्।

२. यसै क्रममा फेरि अको घटना चर्चित भएको छ। त्यो हो संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाप्रति शनिवार सरकारले गरेको व्यवहार, क्यानाडामा आयोजित १७ औँ विश्व संस्कृत सम्मेलनमा सात सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी क्यानाडा जान त्रिभुवन विमानस्थलमा “बोर्र्डिङ कार्ड” लिएपछि उनलाई जान नदिई रोकियो।

३. उनलाई रोकिएको मात्र होइन, प्रहरी अधिकृतले उनलाई रोकेर प्रधानमन्त्री ओलीले भेट्न खोजेको भन्दै प्रधानमन्त्री निवास पुर्‍याए। प्रधानमन्त्री निवासमा एक घण्टा जति राखेपछि अर्थात् क्यानाडा जाने जहाज उडिसकेपछि उनलाई त्यहाँबाट छाडियो। यो घटना यो हप्ता चर्चित भएको छ।

४. विमानघाटबाट उनलाई प्रधानमन्त्रीले भेट्न खोजेको भनी प्रधानमन्त्री निवासमा ल्याए पनि प्रधानमन्त्रीले उनलाई भेटेनन्। उनलाई एक घण्टा त्यसै राखियो। एक जना उपकुलपतिमाथि त्यहाँ जे जस्तो व्यवहार गरियो, त्यो आपत्ति जनक भएको विचार व्यक्त गरिएको छ।

५. उनले विदा स्वीकृत नगरी विदेश जान लागेको आरोप सरकारले लगाएको छ भने उनले आफूले समय मै सहकुलपति मार्फत् विवादको लागि निवेदन दिएको बताएका छन्। विदा एउटा निहुँ मात्र हो। उनी नेपाली काँग्रेसको कोटाबाट पहिले उपकुलपति भएका थिए। अहिले उनलाई पदबाट हटाउन यो परिपञ्च गरिएको बुझिएको छ।

६. भित्रको कारण जेजस्तो भएतापनि उनलाई अपहरणको शैलीमा प्रहरीले विमानघाटबाट फर्काउनु, प्रधानमन्त्रीे भेट्न खोजेको कारण दिनु र प्रधानमन्त्री निवासमा एक घण्टा राखेपछि पनि त्यहाँ त्यस्तो भेटघाट नहुनु र एकघण्टा पछि त्यसै छाडिनुलाई कसैले राम्रो मानेका छैनन्।

७. उपकुलपति जस्तो व्यक्तिलाई गरिएको त्यो व्यवहार दुर्वयवहार हो। दुर्वयवहार कसैले कसैलाई गर्नु हुँदैन। मानिस जति माथि पुग्छ, उति ऊ शिष्ट, सभ्य र सौम्य हुन्छ भन्ने नीति वाक्य छ। फेरि अरुलाई सम्मान गर्नेलाई अरुले पनि उनलाई सम्मान गर्ने गर्दछ। यसपटक यो कुरालाई कसैले ख्याल गरेको देखिएन। यो विडम्बना नै भएको छ। यस्तो घटना फेरि नहोस्, यही हाम्रो कामना छ।