तालमेल जोसँग र जहाँ पनि

१. वैशाख ३१ को स्थानीय तहको चुनाव नजिकै आएको छ। उम्मेदवारका लागि २४ घण्टाको दिनरात पनि छोटोजस्तो भएको छ। उनीहरुलाई न रातको निद, न दिनको प्यास भएको छ। कार्यकर्ता पनि त्यसैगरी लागेका छन्। उनीहरु चुनाव प्रचारप्रसारको समीक्षा गर्दै भोलि के गर्ने भन्ने सम्बन्धमा छलफल गर्नमैव्यस्त छन्।

२. कहाँ कसको तरंग आएको छ, त्यो भन्न गाह्रो छ। पार्टी र उम्मेदवार भने आफ्नो विजय सुनिश्चित देख्न थालेका छन्। धेरै चुनावमा यस्तो हुन्छ। आफ्नो मूल्यांकन अलि बढाइचर्ढाई गर्ने हाम्रो परम्परा नै छ। विगतको त्यो परम्परा कार्यकर्ता र नेताहरुमा अहिले पनि देखिँदैन।

३. गएका चुनावमा कमजोर पार्टी अरुसँग मिलेर चुनाव लड्ने गर्दथे। बलिया पार्टी रु आफू एक्लै चुनावी मैदानमा उत्रने गर्दथे तर यसपटकको स्थिति केही फरक भएको छ। आफूलाई सशक्त पार्टी भन्नेहरु पनि अरु पार्टी ‘ग तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन्।

४. विगतमा त्यसरी तालमेल गरे पनि स्वभाव र सिद्धान्त मिल्नेहरु एक ठाउँमा उत्रिने प्रयास गर्दथे। तर यसपटक त्यो भन्दा बेग्लै किसिमको तालमेल भएको छ। तालमेल पनि राष्ट्रियस्तरमा देशमा एकै भएको पनि छैन। कही कस्तो तालमेल भएको छ भने कही चरित्र र स्वभाव नै नमिल्नेसँग पनि तालमेल भइरहेको छ।

५. त्यसमा पनि स्थानीयस्तरमा बलिया उम्मेदवारलाई हराउन कमजोर पार्टी रुले तालमेल गरेका छन्। राजनीतिमा खुट्टा तान्ने प्रवृत्तिले गर्दा पनि यस्तो अस्वाविक मेल भएको छ। त्रिसंकु संसद् भएको र सत्तामा पुग्न जोसँग पनि सहमति गर्नुपर्ने, जोसँग पनि सहयोग माग्नुपर्ने भएकाले पनि यस्तो स्थिति आएको हुन सक्छ।

६. पोखरा र काठमाडौंमा काँग्रेसका नगर प्रमुख पदका लागि माओवादी केन्द्रले साथ दिने भएको छ। पोखरामा त्यो स्थिति ल्याउन माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफ्नो उम्मेदवार फिर्ता लिएका छन्। भरतपुरमा काँग्रेसले पनि त्यस्तै गरेको छ।

७. त्यस्तै, काठमाडौंमा एमाले र राप्रपाको चुनावी तालमेल भएको छ। नगर प्रमुखमा एमालेका उम्मेदवार तथा उपप्रमुखमा राप्रपाका उम्मेदवार भएका छन्। पहिले भए यस्तो गठबन्धनलाई अस्वभाविकलगायत के के भन्थे। तर यसपटक त्यस्तो भएको छ। त्यसको साथै यसपटकको चुनाव प्रचार विगतमा झैं आरोप-प्रत्यारोप त्यत्ति धेरै भएको छै्रन। चुनावमा संयम र धैर्य देखिएको छ।