ट्रम्पको चीन भ्रमण

१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशियाली पाँच राष्ट्रहरुको भ्रमणको क्रममा अहिले चीन पुगेका छन्। यस अघि उनले जापान र कोरियाको भ्रमण गरेका थिए। उत्तर कोरियासँग एशियाली धेरै देशहरुको सम्बन्ध ब्रि्रेको बेला अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ। उनको तीन दिने चीन भ्रमण आज पूरा हुँदैछ।

२. चीनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई रातो कार्पेट विछ्याएर स्वागत गरेको छ। रातो कार्पेट विछ्याएर स्वागत गर्नु चीनले राष्ट्रपतिको भ्रमणलाई ठूलो महत्व दिनु हो। अमेरिकासँग चीनको नजिकका मित्र राष्ट्र उत्तरकोरियासँग सम्बन्ध ब्रि्रेर नराम्रो अवस्थामा पुगेको बेला चीनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसरी स्वागत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

३. कम्युनिष्ट अधिनायकवादी राष्ट्र उत्तर कोरियाले दक्षिण कोरिया, जापान र अमेरिकालाई पनि परमाणु हतियार प्रयोग गरेर ध्वस्त पार्ने धम्की दिँदैछ। संयुक्त राष्ट्रसंघले आह्वान गर्दा पनि त्यसले ध्वंसात्मक हतियारको परीक्षण गर्ने काम नरोकेकोले राष्ट्रसंघको आह्वान अनुसार चीनले पनि उत्तर कोरिया विरुद्ध नाकाबन्दी गरेको छ।

४. यस्तो अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङको भेटघाट हुनु र वार्ता हुनु यस क्षेत्रमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कुरा हो। ती दुर्इ नेताहरुले आपसी हितका साथै विश्वशान्तिका लागि पनि कुरा गरेका छन्। विश्व नेताहरुको यो कुराकानीबाट निकट भविष्य सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ।

५. पूँजीवादी अमेरिका र साम्यवादी चीनबीच सम्बन्ध सुधार्न ख्याति प्राप्त अमेरिकी कुटनीतिज्ञ किसिञ्जरले महत्वपूर्ण भूमिका खेलेका थिए। किसिञ्जरले सफल कुटनीतिक भ्रणको परिणाम ४५ वर्ष पहिले तात्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्शनले चीनको भ्रमण गरेका थिए। त्यसबेला निक्शनको भ्रमणलाई कार्टुननष्टहरुले “स्वागत साम्राज्यवादी राष्ट्रका राष्ट्रपतिलाई” भनी कार्टुन बनाएका थिए।

६. अमेरिकी राष्ट्रपति निक्शनको त्यो युगान्तकारी महत्वको भ्रमणले पूँजीवादी अमेरिकी नागरिकको र साम्यवादी चीनका नागरिकको आपसमा हेर्ने दृष्टिकोणमा धेरै अन्तर आएको छ। दुर्इ देशका बीच ठूलो परिणाममा व्यापार भएका छन्। अमेरिकी प्रभावले गर्दा पछि चीनले उदार र खुल्ला अर्थ व्यवस्थाको नीति अपनाएको छ र द्रुततर गतिले आर्थिक विकास गरेको छ।

७. यस किसिमले विकसित ती दुर्इ राष्ट्रको सम्बन्ध राष्ट्रपति ट्रम्पको भ्रमणले अरु प्रगाढ हुने अनुमान गरिएको छ। यो भ्रमणले अधिनायकवादी उत्तर कोरियाका शासक किमइल जोङलाई साइजमा राख्न सघाउ पुर्‍याउने पनि अपेक्षा गरेको छ। अहिले चीन आफै पनि उत्तर कोरियाबाट सशंकित हुनुपर्ने अवस्था आएको छ। अधिनायकवादलाई जतिसुकै आफ्नो बनाएपनि त्यो चिरकालसम्म आफ्नो हुन सक्दैन र त्यसले अन्ततोगत्वा सबैलाई नोक्सान गर्दछ भन्ने कुरा उत्तर कोरियाको कम्युनिष्ट अधिनायकवादले प्रष्ट देखाएको छ।