चुनावको महत्व

१. देशमा करिब २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ। यही वैशाख ३१ गते हुने चुनावका लागि उम्मेद्वारका आकांक्षीले मंगलबार आ-आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता गर्ने क्रममा जुन उत्साहको वातावरण देखियो, त्यसले निर्वाचनलाई नैसर्गिक आवश्यकताको रुपमा देखाएको छ।

२. निर्वाचन सम्बन्धमा विश्वमा अझै दुर्इ धार छन्। एक पक्ष निर्वाचनलाई अति आवश्यकका रुपमा लिन्छन् भने केहीले निर्वाचनले आपसमा वादविवाद ल्याउँछ, मनमुटाव ल्याउँछ र शत्रुता बढाउँछ भनेर निर्वाचनदेखि परपर जाने गर्दछन्।

३. निर्वाचनदेखि पर जानेहरुले सर्वसम्मतिको सहारा लिन्छन्। उनीहरु निर्वाचनको खराबी औंल्याएर आपसमा सरसल्लाह गरी पद विभाजन गर्दछन्। आफूले पाएको पदमा चित्त बुझाएर काम गर्दछन् भने कतै कतै कसैले एक एक तह उक्लदै जाने प्रावधान गरेको हुन्छ।

४. कतिपयले चुनावले राजनीति निम्त्याउँछ र राजनीतिले विवाद बढाउँछ भन्ने पनि गर्दछन्। हाम्रै देशमा पञ्चायत कालमा चुनावलाई सकेसम्म पन्छाउने गरिएको थियो। गाउँ र्फकमार्फत् सरकारले त्यस्तो काम गरेको थियो। अकोर्तिर कलेजहरुमा विद्यार्थी संघको चुनाव रोकेको थियो।

५. निरंकुश र तानाशाहहरुले चुनावलाई लत्याउँदै आफ्नो शासन लम्ब्याउने गर्दछन्। तिनीहरु चुनावको नाम सुन्न नै चाहँदैनन्। अकोर्तिर कम्युनिष्ट शासन व्यवस्था भएका देशहरु छन्। त्यहाँ पनि चुनाव हुँदैन। चीन, उत्तर कोरिया, क्युवामा चुनाव गरिँदैन।

६. यस किसिमले हेर्दा चुनाव लोकतन्त्रको अपरिहार्य अंग भएको प्रष्ट हुन्छ। लोकतन्त्रवादीहरु जति आवधिक चुनाव हुन्छ, लोकतन्त्र उति सुदृढ हुन्छ भन्दै चुनावलाई सहजतापूर्वक लिन्छन् र चुनावमा भाग लिनुलाई एउटा महत्वपूर्ण अवसर ठान्दछन्।

७. कतिपयको दृष्टिमा नेपालमा लोकतन्त्र सफल भएको छैन। लोकतन्त्र सफल नभए पनि नेपालीहरुको गमन लोकतन्त्रतिर नै भएको छ। नेपालीहरुले यसमा धेरै अभ्यास गरेका छन्, लगानी गरेका छन्। त्यसैले यो चुनावमा नेपालमा यो उत्साह देखिएको हो। यसलाई निरन्तरता दिएर हामीले लोकतन्त्रलाई सफल पार्नुपर्दछ र देशको विकास द्रूततर गतिले गर्नु पर्दछ।