चुनावको उत्साह

१. प्रदेश नम्बर २ को स्थानीय तहका जनप्रतिनिधिहरुको आश्विन २ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले निर्वाचन आयोगमा आफ्नो नाम दर्ता गर्ने काम बुधवार सम्पन्न भएको छ। निर्वाचनमा मुख्यतया नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमले ती सबै तहमा आफ्ना उम्मेदवार खडा गरेका छन्।

२. प्रदेश नम्बर २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन्। यसअघि अरु प्रदेशहरुमा चुनाव सम्पन्न भइसकेको छ। प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टीलार्इ सहभागी गराउन सरकारले चुनावको मिति पर सारेको कारण आश्विन २ गते चुनाव गराउने निर्णय गर्नुपरेको हो।

३. त्यसबेला चुनावको मिति पर सारेको र चुनाव तीन चरणमा गर्ने सरकारको निर्णयको ठूलो विवाद भएको थियो केही राजनीतिक पार्टीे सरकारको त्यस निर्णयमा शंका गरेर चुनाव सार्नु सरकारको चुनाव नगर्ने विचार हो समेत भनेका थिए। तर सरकार भने कुनै पनि हालतमा राष्ट्रिय जनता पार्टीलार्इ चुनावमा सहभागी गराउनु पर्दछ भनेर त्यसको लागि प्रयासरत थियो।

४. सरकारको त्यो प्रयासले सफलता पाएको छ। आज राष्ट्रिय जनता पार्टीचुनावमा सहभागी भएकोमा सबैले सन्तोष व्यक्त गरेका छन् र त्यस पार्टीचुनावमा सहभागी भएकोमा चुनावको महत्व र माहौल नै अकै भएको छ। प्रदेश नम्बर २ का मतदाताहरुमा अभूतपूर्व उत्साह देखिएको छ। संविधान कार्यान्वयनको दिशामा यो एक महत्वपूर्ण कदम भएको छ।

५. चुनावमा उम्मेदवार हुन नेताहरु आक्रामक किसिमले अग्रसर भएका थिए। केही नेताहरु आफ्नो पार्टीे उम्मेदवार नबनाएकोमा क्रुद्ध भएर पार्टीनै परित्याग गरेका छन् भने त्यस्ता कतिपय महत्वकांक्षीहरुलाई अरु पार्टीे उम्मेदवार बनाउने गरेका छन्। रातारात पार्टीपरित्याग गरेर उम्मेदवार हुनेको संख्या निकै धेरै भएको जनाइएको छ।

६. ठूला राजनीतिक पार्टीरुले पनि अरु पार्टीा नेता र कार्यकर्ताहरुलाई विभिन्न लोभलालच देखाएर र केहीलाई उम्मेदवार बनाउने आश्वासन दिएर पनि आफ्नो पार्टीा ल्याउने काम गरेका छन्। नेताहरुले नव-प्रवेशीहरुलाई ल्याएर उम्मेदवार बनाएकामा पहिलेदेखि पार्टीा लागि काम गरेका कार्यकर्ताहरुले भने चित्त दुखाएका छन्।

७. पार्टीा तान्ने काम बढ्दै गएको छ। प्रत्येक चुनावी सभामा नव प्रवेशीहरुलाई टीका लगाएर स्वागत गर्ने फेशन नै भएको छ। नेताहरुले क्षणिक स्वार्थ हेरेका छन्। त्यसको दुष्परिणामतिर ख्याल गरेका छैनन्। यो क्रम निर्वाचनको अघिल्लो दिनसम्म जारी रहने देखिन्छ। केहीले हप्ता दिनमा नै पार्टीपरिवर्तन गरेको पनि सुन्नमा आएको छ। यी सबै गतिविधिले गर्दा उम्मेदवारको खर्च अत्यधिक बढ्ने अनुमान गरिएको छ।