घट्दो महिला सहभागिता

१. दुर्इ पार्टीरु एकीकृत भएर नेपाल कम्युनिष्ट पार्टीनिर्माण गरिएकोमा अन्य वर्गजस्तै महिलाहरु पनि हषिर्त छन्। त्यसमा पनि त्यस पार्टीका महिला नेतृहरुको उत्साह हेर्न लायकको छ। उनीहरुमध्ये केहीले त ती पार्टीरुलाई एकतावद्ध गर्न/गराउन सक्रिय भूमिका पनि खेलेका थिए। त्यो देखिएको कुरा पनि हो।

२. नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको सहभागिता सधैं उल्लेख्य रहेको छ। २०६२/०६३ को आन्दोलनमा पनि उनीहरुले अग्रपंक्तिमा आएर आन्दोलनको नेतृत्व गरेका थिए। उनीहरुमध्ये जेलनेल परेका र प्रहरीको यातनामा परेकाहरुको संख्या धेरै छ। उनीहरुको त्यस भूमिकालाई जनजीवनका सबै पक्षले प्रशंसा गरेका थिए।

३. त्यसबेला महिला सशक्तीकरणको कुरा खूब चलेको थियो। महिलाहरु पनि जुनसुकै पार्टीर सिद्धान्तमा लागेका भए पनि महिला सशक्तीकरणका लागि एक भएर आवाज उठाउने गरेका थिए। जसको परिणाम कानूनमा परिवर्तन गरियो र महिला सहभागिताको महत्वलाई दृष्टिगत गरेर ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रावधान तैयार पारियो।

४. त्यो प्रावधानले महिलाहरुको उत्साह र उमङंग बढाएको मात्र होइन, जिम्मेवारीबोध पनि गराएको थियो। तर पछि आएर नेताहरुले विस्तारै ३३ प्रतिशतको कुरा बिर्सदै गएका छन्। नेताहरुले कहिले यो निहूँ राख्ने गरेका छन् भने कहिले अकै कारण देखाउने गरेका छन्। तर ३३ प्रतिशतको प्रतिनिधित्व गर्नेमा वडो कञ्जुस्याईँ गरिरहेका छन्।

५. संविधान बनेपछि पहिलो पटक आम निर्वाचन भयो। निर्वाचनमा निर्वाचन आयोगले ३३ प्रतिशत महिलाको सहभागिताका लागि प्रयास गरेको सर्वविदितै छ । तर त्यसपछि त्यो प्रयास कतैबाट भएन। सरकार गठन गर्ने बेलामा महिलाका पक्षधर भनेर चिनिएका नेताहरुले पनि त्यसको ख्याल गरेनन्।

६. नेपाल कम्युनिष्ट पार्टीबनेपछि त्यसको केन्द्रीय समिति बन्यो। केन्द्रीय समितिमा एमाले र एमाओवादी केन्द्र दुवैले आफ्ना मान्छे पठाउने बेलामा ३३ प्रतिशत महिला पठाउनु पर्दछ भनेर सोचेनन् र नगन्य संख्यामा महिलाहरुको प्रतिनिधित्व छ भन्ने मात्र भएको छ।

७. कुनै बेला महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख पाएकोमा गर्व गरेको देश हो, नेपाल । अहिले महिला राष्ट्रपति छन् तर ३३ प्रतिशतको सहभागिता घट्दै गएको छ। पितृसत्तात्मक समाज भएकोले त्यसरी घट्नु स्वाभाविक पनि होला। तर महिला नेतृहरुले त्यसको विरोधमा आवाज बुलन्द गर्नुपर्नेमा त्यसो गरिएको पनि देखिएन । जुझारु महिलाहरु पनि चुपचाप रहेको देखेर धेरैले आर्श्चर्य व्यक्त गर्ने गरेका छन्।