के.सी.सँग वार्ता गर

१. स्वास्थ्य शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द के.सी. जुम्लामा आमरण अनशन बसेको १२ दिन भएको छ। यो अवधिमा उनको स्वास्थ्यमा समस्या देखिएको छ भने अकोर्तिर अको समर्थनमा नागरिक संघ, मानव अधिकारकर्मीहरु खुलेर बाहिर आएका छन्। उनको समर्थनमा धर्ना र र्‍यालीको आयोजना गर्ने पनि गरिएको छ।

२. यसैबीच चिकित्सकहरुको छात्रा संलग्न नेपाल चिकित्सक संघले पनि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफ्नो संस्थामा बुधबारदेखि कालोपट्टी बाँधेर धर्ना, र्‍याली लगायतका विरोध कार्यक्रम गर्न आह्वान गरेको छ। त्यस संघको आह्वान अनुसार विरोध कार्यक्रम देशव्यापी भएको छ।

३. डा. के.सी. को यो १५ औं पटकको अनशन हो। १५ औं पटकमा आइपुग्नु अघि उनले काँग्रेस, एमाले, माओवादीको नेतृत्वमा गठित सबै सरकारको पालामा पनि अनशन गरेका थिए। तर यस पटकको उनको अनशन विशेष किसिमको रहेको छ। यस पटक उनले सधैं झैं काठमाडौंलाई नै आफ्नो अनशनको स्थल नबनाई जुम्लामा गएर अनशन बसेका छन्।

४. यस पटक अको एउटा के पनि देखिएको छ भने सत्ता पक्षकाहरुले यत्तिको गाली गलौज यसअघि कहिले गरेका थिएनन्। सत्ता पक्षकाहरु  डा.गोविन्द के.सी.को घोर विरोधीका रुपमा देखिएका छन् र उनलाई सत्तो सराप गरेका छन्। आफ्नो स्वार्थमा धक्का लाग्ने भएमा मानिस के कसरी उत्तेजित हुन्छ भन्ने प्रष्ट देखिएको छ।

५. चिकित्सकहरु भने उनको अवस्था देखेर चिन्तित हुन थालेका छन्। एक त उनको स्वास्थ्य स्थिति कमजोर हुँदै जानु अकोर्तिर जुम्ला जस्तो ठाउँमा आमरण अनशन बस्नु। त्यस्तो अविकसित ठाउँमा औषधोपचारको राम्रो व्यवस्था हुन सक्दैन। तर उनी भने आफूलाई सामान्य जुम्लीवासीलाई झैं औषधोपचार गरे पुग्छ भन्दै छन्।

६. धेरै पटकको आमरण अनशनले उनको स्वास्थ्य अवस्था दिनप्रति दिन कमजोर र जीर्ण बन्दै गएको छ। चिकित्सकहरुले उनलाई काठमाडौं लगेर औषधोपचार गर्न आग्रह गरेका छन्। त्यसको लागि उनी पनि तैयार छैनन् भने सरकारले पनि त्यसको तैयारी केही गरेको देखिएको छैन।

७. यस्तो केशमा थोरै समयको तलमाथिले पनि धेरै अन्तर पार्दछ। त्यसकारण समयमै सकारात्मक किसिमले सोच्नु आवश्यक छ। सरकारले छिटो डा. के.सी.सँग वार्ता गर्नुपर्दछ र केदारभक्त माथेमाको प्रतिवेदनलाई आधार मानेर वार्ता गरियो भने त्यस वार्तालाई सकारात्मक विन्दुमा पुर्‍याएर टु·याउन सघाउ पुर्‍याउन सक्छ। त्यसकारण छिटो वार्ता गर्न हामी आग्रह गर्दछौँ।