काङ्ग्रेसको मार्गचित्र

१. नेपाली काङ्ग्रेसले चुनावको पूर्व सन्ध्यामा आएर आफ्नो सामाजिक एवम् आर्थिक विकासको मार्गचित्र सार्वजनिक गरेको छ। यसअघि त्यस पार्टीले चुनावको घोषणापत्र निकालेको थियो । सामाजिक एवम् आर्थिक विकासको मार्गचित्रमा विगतमा काङ्ग्रेस सरकारले गरेको प्रगति उल्लेख गरिएको छ भने अब सरकार कसरी जानु पर्दछ भन्ने कुरा पनि सविस्तार वर्णन गरिएको छ।

२. २०४८ सालपछि बनेको काङ्ग्रेस सरकराले निश्चय नै उल्लेखनीय कामहरू गरेको थियो। त्यसबेला सरकारले महत्वपूर्ण प्रगति गर्नुमा दुर्इटा महत्वपूर्ण कारण देखिन्छ। एक त त्यस अघि पञ्चायती सरकारले ठूल्ठूला सबै कुरा दरबारलाई सोध्नुपर्ने गरी विकासको बाटो सँघुरो पारेको थियो भने अको भरखरै प्रजातन्त्र आएकोले जनतामा केही गरौं भन्ने भावना व्याप्त थियो।

३. सरकारले आर्थिक उदारीकरण र खुल्ला बजार अर्थनीति अपनाए पछि निजी क्षेत्रमा लगानी गर्ने होड नै चल्यो। निजी क्षेत्रले स्तरीय शिक्षा दिने क्रममा बोर्र्डि· स्कूल, महाविद्यालयदेखि विश्वविद्यालयसम्म खोले। त्यस्तै स्वास्थ्य क्षेत्रमा अस्पतालदेखि टिचि· अस्पतालसमेत खोलिए। आज टिचि·अस्पताल १७ वर्षसम्म काठमाडौंमा खोल्न पाउँदैन भन्नुपर्ने स्थिति भयो।

४. त्यस्तै सञ्चार क्षेत्रमा पनि उल्लेखनीय प्रगति भयो। पञ्चायत कालमा, सरकारी स्तरबाट निकालिएको गोरखापत्र हेरेर चित्त बुझाउनु पर्ने थियो भने प्रजातन्त्र आएपछि निजी क्षेत्रको पत्रपत्रिका गुणस्तरीय दृष्टिले धेरै अघि बढेको सर्वविदित कुरा हो। सञ्चार क्षेत्रमा अभूतपूर्व प्रगति भएको सबैले देखेको कुरा हो। त्यस्तै अरु क्षेत्रमा पनि विकास भएको थियो र प्रतिव्यक्ति आम्दानी पनि उल्लेखनीय किसिमले बढेको थियो।

५. त्यसबेला सरकारमा काङ्ग्रेस थियो भने प्रतिपक्ष एमाले थियो। विकासमा प्रतिपक्षीको भूमिका पनि महत्वपूर्ण हुने भएकोले सरकारले प्रतिपक्षलाई उच्च सम्मान दिने गर्दथ्यो। त्यसले प्रतिपक्षको साथ र सहयोग राम्ररी पाएको थियो। जसले गर्दा विकासको वातावरण बनेको थियो। विकासको लागि अभूतपूर्व उत्साह थियो। सरकार र प्रतिपक्ष सकारात्मक भएमा त्यस्तो वातावरण बन्दो रहेछ भन्ने यो एक उदाहरण हो।

६. विकासमा देखिएको सरकार र प्रतिपक्षको त्यो सुमधुर सम्बन्ध र प्रयासले देश भित्र मात्र होइन, बाहिरी देशहरूमा पनि राम्रो प्रभाव पारेको थियो। विदेशी लगानी कर्ताहरू नेपालमा लगानी गर्न उत्सुक भएर आएका थिए। बहुराष्ट्रिय कम्पनीहरू पनि नेपालमा राम्रो मुनाफा पाइन्छ र काम गर्ने वातावरण छ भन्दै आकषिर्त भएका थिए।

७. नेपाली काङ्ग्रेसले अहिले आर्थिक विकासको राम्रो मार्गचित्र सार्वजनिक गरेको छ। यसअघि काङ्ग्रेस ,एमाले र माओवादी केन्द्र लगायतका दलहरूले आआफ्नो घोषणापत्र सार्वजनिक गरिसकेका छन्। चुनावको पूर्वसन्ध्यामा हामी छौँ। यस बेला अन्य धेरै कुरा भन्नु प्रासंगिक नहुन सक्छ। हामी यत्ति नै भन्न चाहन्छौँ कि चुनावमा जुन पार्टीले जिते पनि पहिलेको झैं देशमा सौहार्दताको वातावरण बन्नु पर्दछ। सरकारले प्रतिपक्षको साथ र सहयोग लिनुपर्दछ। विकास र समृद्धिको काममा कसैलाई निषेध गर्ने होइन, सबैको साथ, सहयोग र सहभागिताका साथ देशलाई अगाडि बढाउनु पर्दछ।