कहाली लाग्दो दुर्घटना

१. दुर्घटना भन्ने अप्रिय शब्द हो। दुर्घटना कतै नहोस् र दुर्घटनामा परेर कसैको मृत्यु नहोस्। यो सबैले कामना गर्ने कुरा हो। कामना त गछौर्ं, तर दुर्घटनाका घटनाहरु बढ्दै गएको  आवस्था छ। त्यसमा पनि सडक दुर्घटना अत्यधिक मात्रामा बढ्दै छ। सडक दुर्घटनाको घटना कहाली लाग्दो अवस्थामा पुगेको छ। घरबाट निस्केर गएका परिवारसँग लामो समय सर्म्पर्क भएन भने शंका गर्नुपर्ने अवस्था आएको छ।

२. केही दिनअघि सप्तरीबाट काठमाडौं आएको बस धादिङमा दुर्घटना हुँदा ३१ जनाको ज्यान गएको र केही वेपत्ता भएकोमा सबैले शोक प्रकट गरेका थिए। हामीले पनि यसै स्तम्भमा त्यस सम्बन्धमा चर्चा गरेका थियौँ र दुर्घटनाका घटनाहरु न्यूनीकरण गर्न सम्बन्धित पक्षहरुले सोच्नु पर्ने जनाएका थियौं।

३. त्यो दुखद् घटना पछि झन् प्रत्येक दिन भनेझैं दुर्घटनाहरु भइरहेका छन्। त्यस दिन यता मात्र धादिङ, उदयपुर र डोटीमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परेर ३० जनाभन्दा बढीको ज्यान गएको छ र यत्तिकै संख्यामा यात्रीहरु अंगभ· भएर औषधोपचार गराइरहेका छन्।

४. सडक दुर्घटनाका ठुल्ठूला घटना भएकाले सानो-सानो दुर्घटनाको उल्लेख नै नहुने भएको छ। शहर बजारमा मोटर साइकल दुर्घटना हुन्छ र त्यसबाट मानिसको मृत्यु पनि हुन्छ। तर त्यस्तो कुरा अब समाचार नै नबन्ने भएको छ। मानिसको मृत्यु हुने गरी भएको दुर्घटना पनि सामान्य जस्तै भएको छ भने हामी कुन स्थितिमा पुगेका रहेछौँ भन्ने प्रष्ट हुन्छ।

५. सडक दुर्घटनाका अत्यधिक घटनाहरु ड्राईभरको लापरवाहीले हुने गर्दछन्। गाडीको अवस्थाले पनि दुर्घटना निम्यताउँछ। दुर्घटनाका कारण धेरै हुन सक्दछन्। सडकको बनावट र त्यसको अवस्थाले पनि दुर्घटना हुन्छ। नारायाणगढ-धनकुटा मार्गमा कम दुर्घटना हुन्छ।

६. पर्यटक ओसार्ने गाडी ज्यादै कम दुर्घटना परेको देखिन्छ भने अरु गाडीहरु बढी दुर्घटनामा परेका देखिन्छन्। यी सबै कुरालाई किन र के कारणल भएको हो भनेर हेर्नु आवश्यक छ। फेरि यी कुरालाई एक-एक गरी हेर्ने र सुधार्ने भन्दा सबैलाई समष्टिगत रुपमा मूल्याङ्कन गरी जे-जे कारण देखिन्छ, ती कारण हटाउने उपाय तुरुन्त गर्नु आवश्यक छ।

७. सडक दुर्घटनाका घटना कहाली लाग्दो अवस्थामा पुगेकोले एकले अकोर्लाई दोष दिएर मात्र यो समस्याको समाधान हुँदैन। यो समस्या सबैको साझा समस्या हो भनेर सोच्नु पर्दछ र यसको सुधारको लागि सबै पक्ष लाग्नु पर्दछ। गाडी चलाउँदा ड्राईभर सधैं सजग र सतर्क हुनु पर्दछ। ड्राईभरहरुको संस्थाले आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिने र आचारसंहिता बनाएर लागु गर्ने गर्नु पर्दछ। सवारी साधनको मालिकहरुले आफ्नो सवारी साधन तन्दुरुस्त अवस्थामा राख्नुपर्दछ। प्रहरी प्रशासनले ऐन नियम अनुसार सवारी चलाएको छ कि छैन भनी हेर्नु पर्दछ। सडक विभागले सडकको अवस्था कस्तो छ, किन त्यस ठाउँमा बढी दुर्घटना हुन्छ। त्यो सोचेर काम गर्नु पर्दछ। यस किसिमले सबैले आ-आफ्नो ठाउँबाट जागरुक भएर काम गरेमा हामीले अवश्य नै सडक दुर्घटना कम गर्न सक्दछौँ। हामी सम्बन्धित सबैको ध्यान यसतर्फ आकषिर्त गर्न चाहन्छौँ।