कम्युनिष्ट एकताको आवश्यकता

१. एमाले र माओवादी केन्द्रले एकता प्रयासलाई जोडतोडका साथ अगाडि बढाइ रहेका छन्। तिनीहरुले निर्वाचनको लगत्तै पछि एकता गर्न चाहेका थिए। तर धेरै कुरा मिलाउन बाँकी भएकाले त्यसबेला एकता हुन सकेन प्रधानमन्त्री के.पी. ओलीले एकता घोषणा गरेर भारत जान चाहेका थिए। त्यो पनि सम्भव भएन।

२. विवादको कुरा धेरै टु·इि सकिएको छ। केन्द्रीय सदस्यमा कुन पार्टीबाट कति जना राख्ने भन्ने विवाद छ। माओवादीले आधा-आधा संख्यामा राख्नुपर्ने जिकिर गरिरहेको छ भने एमालेले बाहिर मुख खोलेको छैन। केन्द्रीय सदस्यको संख्या मिल्यो भने चुनाव चिन्ह र जनयुद्ध या जनक्रान्ति भन्ने शब्दमा त्यत्ति विवाद हुने देखिँदैन।

३. पार्टीको नेतृत्वलाई तिनीहरुले दुवै पार्टीको अध्यक्षले सहअध्यक्षता गर्ने भनेर टु·याएका छन्। पहिले एमालेले प्रधानमन्त्री हुने र माओवादीले अध्यक्षता गर्ने चर्चा थियो। एमालेका नेताहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई स्वतन्त्रपूर्वक नेतृत्व सुम्पन चाहेनन् र सह-अध्यक्षको व्यवस्था गरियो।

४. माओवादी अध्यक्ष दाहाल यसमा एक कदम पछि हटेको अर्थमा धेरैले बुझेका छन्। त्यत्ति मात्र होइन, दुर्इ पार्टीको शीर्ष नेताले आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई पनि उनले प्रष्ट रुपले भन्न सकेका छैनन्। त्यसले जनतामा फेरि अस्थिर सरकारको चर्चा होला भनेर उनले दबाएर राखेका छन्।

५. यस्ता कुराहरु हेर्दा यो एकताको लागि एमाले भन्दा माओवादी बढी आतुर भएको देखिन्छ। एमाले ठूलो पार्टीभएकोले त्यसले केही बढी नै अँठ्याउन खोजेको देखिन्छ। माओवादीका केही नेताहरुलाई त्यो चित्त बुझेको छैन, तैपनि उनीहरु यो अवस्थामा बाहिर केही भन्ने स्थितिमा छैनन्।

६. एमाले र माओवादी केन्द्र एकतावद्ध भएर कम्युनिष्टको मूलधार हुने प्रयासमा छन् भने विप्लव र वैद्यहरुले तिनीहरुलाई संसदीय भासमा गएको र जात फालेको कम्युनिष्ट भनेर सच्चा कम्युनिष्टको रुप देखाउने प्रयास गरिरहेका छन्। अरु कम्युनिष्ट पार्टीरु कहिले यता र कहिले उता हेर्दै टोलाई रहेका छन्।

७. यस किसिमले भित्र आपसी शक्ति संघर्ष चलिरहेको बेला एमाले र माओवादी केन्द्रले आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीस्थापना भएको लेनिन दिवसका दिन एकता घोषणा गर्ने तैयारी गरिरहेका छन्। अहिले तिनीहरुको गठबन्धन सरकार छ भने तिनीहरु एकतावद्ध भएमा सरकार अरु सुदृढ र स्थायी हुनेछ। यी सबै कारणले पनि तिनीहरुको एकता आवश्यक देखिन्छ।