एमाले र माओवादी केन्द्रको एकता प्रयास

१. एमाले र माओवादी केन्द्रबीच एकता प्रयास भइरहेको सम्बन्धमा समाचार आइरहेका छन्। चुनाव भन्दा पहिले र माओवादी केन्द्रका नेताहरुले आफूहरुले चुनावका लागि गठबन्धन गरेको र चुनावको लगत्तै पार्टीएकीकरण गर्ने सहमति भएको जनाएका थिए। नेताहरुले गरेको त्यो गठबन्धन र सहमति गर्ने कुराले राजनीतिमा ठूलो तर· पैदा गरेको थियो।

२. उनीहरुको त्यो गठबन्धनको प्रयास र त्यसपछि पार्टीएकीकृत हुन्छ भन्ने समाचारले स्थायी सरकार गठन हुने स्थायी सरकार भएपछि विकास र निर्माणका कार्य द्रूततर गतिले सम्पन्न हुने र त्यसरी कार्य सम्पन्न भएपछि देश समृद्धिको दिशमा अग्रसर हुने आशा अपेक्षा गरिएको छ। तिनीहरुका बीच एकताको प्रयास भएको समाचार सम्प्रेषण त भएको छ, तर एकता भएको छैन।

३. एकता संयोजन समितिले दिनहूँ भने झैं बैठक राखी सैद्धान्तिक विचार मिलाउने। पदको बाँडफाँडदेखि पार्टीो नाम नै के राख्ने भन्ने सम्बन्धमा गहन छलफल गरिरहेको छ। ती दुवै पार्टीे एकता गर्ने प्रस्ताव पारित गरेका छन्। ढीलो या चाँडो पार्टीएकता हुन्छ भन्ने कुरामा शंका छैन। एकताको लागि उनीहरुमाथि चको दबाब पनि छ।

४. तर एउटै पार्टीबनाउने दिशामा अग्रसर भएको बेला र स्थायी सरकारका लागि वचनवद्ध भएको बेला तिनीहरुका शीर्ष नेताहरु के.पी. ओली र पुष्पकमल दाहाल आलोपालो गरी प्रधानमन्त्री हुने सहमति भएको कुरा बाहिर आएको छ। अहिले आएर त्यो कुराको रहस्योद्घाटन स्वयं दाहालले पनि गरेका छन्। निर्वाचन पश्चात् पनि एक जना प्रधानमन्त्रीले पूरा पाँच वर्ष काम गर्न नपाउने भएपछि स्थिर सरकारको नारा बेकार भएको भन्न थालिएको छ। आलोपालो गरी प्रधानमन्त्री हुने र भागवण्डा गरी पार्टीएकता गर्दा त्यसले के सन्देश देला भन्ने प्रश्न पनि छ।

५. हिजो चुनावमा तिनीहरुले ६० र ४० को भागवण्डा गरेका थिए। चुनावको परिणामले तिनीहरुको त्यो अन्तर अरु बढाएको छ। चुनावपछि बढेको तिनीहरुको त्यो अन्तरले अब गरिने भागवण्डालाई के कति असर पार्ला त्यो कुरा बाहिर आएको छैन। तर संयोजन समितिको बैठकमा रस्साकस्सी चलिरहेको बुझिएको छ।

६. शीर्ष नेताहरु ओली र दाहाल दुवै पार्टीएकीकृत भएपछि आफूहरु नेतृत्व तहमा रहने सुनिश्चित छ। तर अरु नेताहरु को कहाँ रहने हो र आफूले सम्मानजनक पद पाउने हो कि होइन, भन्नेमा निश्चिन्त छैनन्। कतिपय नेताहरु विशेषत माओवादी केन्द्रका नेताहरुले यस सम्बन्धमा अझै खुलेर त्यत्ति धेरै बोलेका छैनन्।

७. पार्टीएकीकरण गर्ने कुरामा धेरै विचार र बुद्धि पुर्‍याउनु पर्दछ, यसमा दुर्इमत छैन। तर यस्तो कुरा धेरै ढीलो गर्दा समय प्रतिकूलतातिर पनि जान सक्छ। बाहिरियाले खेल खेल्न सक्छ भने भित्रैबाट असन्तोष पैदा हुन पनि सक्छ। त्यस्तो हुनुभन्दा पहिले संयोजन समितिले निर्णय गर्नुपर्दछ र पार्टीरु दुवैलाई एकीकृत गर्नुपर्दछ।