उत्तर कोरियामाथि नाकाबन्दी

१. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाउने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेपछि अब त्यहाँ के होला र उत्तरकोरियाले के गर्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ। यसअघि उत्तरकोरियालाई नाकाबन्दी लगाउने प्रस्तावमा चीन र रुसले विरोध जनाउने गर्दथे भने यस पटक ती दुवै देशले सहमित जनाएका छन्।

२. उत्तर कोरियाले निरन्तर आणविक क्षेप्यास्त्र प्रयोग गर्दै आएकोमा अमेरिका, जापान र दक्षिण कोरिया लगायतका देशहरुले विरोध गर्दै आएका छन्। त्यसले यस क्रममा अन्तरदेशीय क्षेप्यास्त्र पनि हानेको थियो। जुन क्षेप्यास्त्र जापानको आकाशमा पनि देखिएको थियो। गत साता त्यसले हाइड्रोजन बम परीक्षण गरेपछि स्थितिले कोल्टे फेरेको छ।

३. अहिलेको विश्व ठूल्ठूलो विनाशकारी हात हतियारको विरुद्धमा छ। जहाँ जसले त्यस्तो हातहतियार बनाउँछ, त्यसको शान्तिकामी विश्वका नागरिकहरुले विरोध गर्ने गर्दछन्। कोरियाको त्यो परीक्षणहरुको पनि धेरैले विरोध गर्ने गरेका छन्। संयुक्त राष्ट्रसंघ आफैले पनि कडा शब्दमा त्यसको विरोध गरेर नाकाबन्दी गरेको छ।

४. तैपनि रुस र चीनले उत्तरकोरिया विरुद्ध कडा कार्वाही गर्न नहुनेमा बाटो छेक्दै आएका छन्। त्यसको साथै केही मानिसहरु उत्तरकोरियाले अमेरिकालाई धम्की दिँदै ती परीक्षण गरेकामा एक किसिमले रमाइलो मान्दै त्यसलाई प्रोत्साहित गर्दै आएका पनि छन्। उनीहरुको त्यो साथ र सहयोग पाएर उत्तरकोरियाले कहिले आफू एक्लो भएको अनुभव गर्न परेको छैन।

५. तर अहिले रुस र चीनले समेत नाकाबन्दी कडा गर्ने प्रस्तावमा सहमति जनाए पछि स्थितिले अर्कै मोड लिएको छ। जति समय बित्दै जान्छ, उति उत्तरकोरियामा सामानको अभाव बढ्दै जानेछ। खास गरेर तेल, कोइला र टेक्सटायलका सामानको तत्काल अभाव खट्कने छ।

६. कोरिया महाद्वीप विभाजित भएपछि दक्षिण कोरियाले अमेरिका र युरोपियन देशको सहयोगमा प्रजातान्त्रिक पद्वति अनुसार विकास निर्माणका काममा अघि बढिरहेको छ भने उत्तर कोरिया रुस र चीनको साथ र सहयोगले एकतन्त्रीय कम्युनिष्ट पद्धति अनुसार हात हतियार बनाउनमा नै आफ्नो अधिकांश बजेट खर्च गर्दै आएको छ।

७. हात हतियार बनाउँदा-बनाउँदै उत्तर कोरियाले शक्तिशाली हाइड्रोजन बम समेत परीक्षण गरेको छ। हतियार उत्पादनको दृष्टिले यो ठूलो उपलब्धि हो। यो मान्नुपर्दछ। तर त्यसको त्यो उत्पादन र उपलब्धिले छिमेकी देशहरुमा भय उत्पन्न गरेको छ भने अकोर्तिर त्यसलाई साथ र सहयोग दिएकाहरुमा पनि शंका उत्पन्न गरेको छ। रुस र चीनले सुृरक्षा परिषद्को बैठकमा नाकाबन्दीको लागि सहमति जनाएको पनि त्यसैको कारणले हुन सक्दछ। अकोर्तिर आजको युगमा अरुलाई नाश गछौर्ं भनेर बम पड्काउँदा आफू कति सुरक्षित रहन सकिएला भन्ने पनि सोच्नु पर्दछ। यहाँ सर्वशक्तिमान कोही छैन र हुन सक्दैन। यो कुरा उत्तर कोयिारले राम्ररी बुझ्नु आवश्यक छ।