अक्टोबर क्रान्तिको चर्चा

१. रुसमा सन् १९१७ अक्टोबर २५ तारिखमा लेनिनको नेतृत्वमा शक्ति प्रयोग गरेर पुरानो सत्तालाई अपदस्थ गरी कम्युनिष्ट शासन स्थापना गरिएको सय वर्ष पूरा भएको हुँदा संसार भरका सिद्धान्तवादी कम्युनिष्टहरुले विभिन्न कार्यक्रहरु राखी शतवाषिर्क समारोह मनाइरहेका छन्। नेपालमा पनि यो समारोह मनाइएको छ।

२. शताब्दी समारोहको मुख्य कार्यक्रम हिजो रुसको लेनिनग्रादमा सम्पन्न भयो। जहाँ विश्वभरबाट कम्युुनिष्ट नेताहरु सरिक भएका थिए। त्यस कार्यक्रममा नेपालबाट मोहन विक्रम सिंह लगायतका नेताहरु सहभागी भएका थिए। लेनिनग्राद त्यो ठाउँ हो, जसको नाम पछि परिवर्तन गरी पिर्टसर्वर्ग राखिएको छ, तापनि त्यहाँ लेनिनको प्रतिमा जस्ताको तस्तै छ।

३. रुसमा कम्युनिष्ट शासन स्थापना भएको त्यस कार्य विश्वका लागि एक युगान्तकारी घटना भएको छ। लेनिनले शक्तिद्वारा सत्ता प्राप्त गरेको र शासन गरेको कुरा आदर्शका रुपमा वर्ण्र्ाा गरिएको छ। उनको त्यो कार्यलाई लेनिनवाद भन्ने गरिएको छ र २५ अक्टोबरको घटनालाई महान् अक्टोबर क्रान्ति भन्ने गरिएको छ। ती कुरा विश्वका सर्वहारा मजदूरहरुका लागि प्रेरणाको स्रोत भएका छन्।

४. लेनिनको प्रेरणा र प्रयासले अन्य कतिपय देशहरुमा पनि कम्युनिष्ट शासन स्थापना भएको थियो। कम्युनिष्ट शासन नभएको देशमा कम्युनिष्ट पार्टीगठन भएका छन् र तिनीहरुले सशक्त काम गरिरहेका छन्। विश्वमा तहल्का मच्चाएर स्थापित कम्युनिष्ट पार्टीसोभियत संघमा ७३ वर्षसम्म निरन्तर रह्यो। सन् १९९० मा सोभियत संघमा कम्युनिष्ट शासनको अन्त भयो। कम्युनिष्ट शासनको अन्तका साथै सोभियत संघ पनि विघटन भयो।

५. हत्या, हिंसा गरी स्थापित कम्युनिष्ट शासन धेरै समय टिक्दैन भनी त्यसैबेला अनुमान र भविष्यवाणी गरिएको थियो तर त्यस बेला कम्युनिजम यत्ति जवर्जस्ती फैलिएको थियो कि त्यसको अन्त हुने कुरा धेरैले कल्पना पनि गरेका थिएनन्। तर नेपालमा २०१३ सालमा आयोजित चौथो विश्व बौद्ध सम्मेलनमा भारतका संविधान निर्माता डा. अम्बेडकरले “बुद्धिजम र कम्युनिजम” बारे बोल्दै शक्तिको आडमा सञ्चालित कम्युनिजमको अन्त हुन्छ भनेका थिए। नभन्दै त्यसको तीन दशक पछि सोभियत संघमा कम्युनिष्ट शासनको अन्त भयो।

६. सोभियत संघमा कम्युनिष्ट शासन ढलेपछि युरोपका देशहरुमा स्थापित कम्युनिष्ट शासन पनि एक पछि अको गर्दै पतन भयो। अहिले त्यसको कारण खोज्ने र विकल्प खोज्ने प्रयास भएको छ। कम्युनिष्ट शासन भनेको अधिनायकवादी शासन हो। त्यसले सधैं सर्वहाराको अधिनायकत्वको कुरा गर्दछ। जहाँ अधिनायकवाद हुन्छ, त्यहाँ लोकतन्त्र हुन सक्दैन। लोकतन्त्र नभएकैले कम्युनिष्ट शासन न टिकेको हो।

७. सोभियत संघमा जसरी साम्यवादी शासन आएको थियो, त्यसैगरी त्यस्तो अन्त पनि भयो। त्यसको अन्तका साथ लेनिनको शालिक खोजीखोजी तोडफोड गरियो। झण्डै पिर्टसर्वर्गमा हटाएको रहेन छ। त्यसैमा अहिले गर्व गर्नुपर्ने भएको छ। जनतामा आधारित र जनताबाट अनुमोदित शासन व्यवस्था भएन भने त्यसको अन्त के कसरी हुन्छ भन्ने कुराको उदाहरण सोभियत संघ भएको छ। न त्यहाँ आज गर्व गर्न सकिने सोभियत संघ छ, न कि साम्यवादी शासन नै रहेको छ।