कला/मनोरन्जन

दशौं खैरेनीटार महोत्सव आजदेखि

खैरेनीटार, ७ चैत । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आजदेखि १० औं खैरेनीटार महोत्सव शुरु हुँदैछ । आगामी चैत १९ सम्म चल्ने महोत्सवको आवश्यक तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दियो । महोत्सव प्रसार संयोजक तथा प्रवक्ता हरिबहादुर थापाले महोत्सवमा विज्ञान प्रदर्शनी, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय हास्य कलाकारको प्रस्तुति रहने जनाए । त्यस्तै, खैरेनीटार बजार… पुरा पढौ

एकल लोकगायन प्रतियोगिता अडिसन

पोखरा, ६ चैत । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको आयोजनामा एकल लोकगायन प्रतियोगिता अडिसन राउण्ड पोखरामा सोमबार सम्पन्न भएको छ। अडिसनमा अभिषेक आचार्य, समीक्षा अधिकारी, स्मृति सुनार, उमेश अधिकारी, कृष्ण भट्टराई, ऋतु परियार, आयुष परियार, अञ्जु पोखे्रल र स्वस्तिका तिमिल्सेनाले भाग लिएका थिए। जसमा आयुष परियार, उमेश अधिकारी र स्मृति सुनार दोस्रो चरणमा प्रवेश गरेका छन्। वैकल्पिका… पुरा पढौ

पोखरामा राष्ट्रिय नाटक महोत्सव हुँदै

पोखरा, ६ चैत । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा चैत ८ देखि १४ गतेसम्म राष्ट्रिय नाटक महोत्सव हुने भएको छ। पोखरा गै्रहापाटनमा रहेको पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा हुने उक्त महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशनन्दन झाले जानकारी दिए। देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिबारे… पुरा पढौ

मुक्तिनाथको ब्राण्ड एम्बेस्डरमा धुर्मुस-सुन्तली

पोखरा, ३० फागुन । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे -सुन्तली) लाई मुक्तिनाथ विकास बैंकले ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। सोसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट धुर्मुस तथा सुन्तली दस्तखत गरे । कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिति  थियो। कार्यक्रममा बैंकले धुमुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको… पुरा पढौ

‘जय मायाप्रेम’ मा रोमान्स गर्दै कलाकार

पोखरा, २९ फागुन । निकेश खड्का र युवराज वाईवाको निर्देशनमा बनेको गीति एल्बम जय मायाप्रेमको छायांकन सकिएको छ। कास्कीसहित पर्वत, मुस्ताङ, काठमाडौका विभिन्न मनोरम स्थलमा छायांकन गरिएकोमा उक्त एल्बममा ४ गीत रहेका छन्। 'मरे भने दिनु है दाउरा उपहार...’, 'जरुवाको पानी साह्रै मीठो..,’ 'बिहे गरी लाने हो ..’   र चिसो-चिसो मन्द-मन्द बतासमा ..’ बोलका गीत समेटिएका छन्। छायांकन सकिएलगत्तै अब विमोचन… पुरा पढौ

‘यो आँखाको के भर’ सार्वजनिक

पोखरा, २६ फागुन । चलचित्रका गीतबाट लोकप्रियताको शिखर चुमिरहेका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशनमा सुगम संगीतमा आधारित आधुनिक गीतको एउटा रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। पोखराका गायक रोशन गुरुङको स्वरमा रेर्कर्ड भएको 'यो आँखाको के भर भन्ने शीर्षकको गीतको म्यूजिक भिडियो बूढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको हो। गीतका शब्द शिवाकोटीसहित हरिहर आचार्यले पनि रचना… पुरा पढौ

साहित्यकार इन्द्रबहादुर राईको निधन

पोखरा, २२ फागुन। साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९० वषीय राईको दार्जिलिङस्थित निवासमा निधन भएको हो। भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्‍याएका छन्। केही वर्षयता राई स्वास्थ्यका विविध समस्या खेपिरहेका थिए। उनी उपचारका लागि गत वर्ष काठमाडौं समेत आको 'विपना कतिपय’, 'आज रमिता छ’, 'कठपुतलीको मन’ लगायतका सिर्जनाहरु प्रकाशित छन्। उनी सन् १९२७ फेब्रुअरी… पुरा पढौ

इञ्जिनियरिङ एक्स्पो हुने

पोखरा, २२ फागुन । पोखराको इञ्जिनियरिङ कलेजले फागुन २४ र २५ गते  'इञ्जिनियरिङ्ग एक्स्पो’ गर्ने भएको छ। कलेजमा अध्ययनरत विद्यार्थीका प्रोजेक्ट सार्वजनिक गरिने छ। विद्यार्थीका सृजनालाई सार्वजनिक गरी थप हौसला प्रदान गर्ने र विकास गरिएका प्रविधिको व्यावसायिक उपयोगिताको प्रवर्द्वन गर्न उद्देश्यले एक्स्पो गर्न लागिएको हो । कलेजले मङ्गलबार पत्रकार सम्मेलन गरी एक्स्पो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। एक्स्पोमा विद्यार्थीद्वारा निर्मित ट्राफिक… पुरा पढौ

हस्पिटालिटी नेपाल कन्टेष्ट उपाधि पौडेललाई

पोखरा, २२ फागुन । हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन-२ को उपाधि कविता पौडेलले जितेकी छन् । यहाँको पाँचतारे होटल पोखरा ग्राण्डमा भएको उक्त प्रतियोगितामा पोखरा बिरौटा निवासी पौडेलले उपाधिसहित २५ हजार रुपैयाँ र दुर्वई भ्रमणको अवसर पाएकी छन् । २५ प्रतिष्पर्धीलाई पछि पारेकी उनी नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बीएचएम दोश्रो वर्षकी छात्रा हुन् । हस्पिटालिटी क्षेत्रमा सेवारत युवायुवती दुवै भाग लिन पाउने सो… पुरा पढौ

संस्कृतिविद् कार्कीको अभिनन्दन

पोखरा, २१ फागुन। लोककवि अलीमिया“को शतक जन्मजयन्तीका शुभ अवसरमा अलीमिया“ लोकवाङ्मय प्रतिष्ठानद्वारा वरिष्ठ साहित्यकार, संस्कृतिविद् चेतन कार्कीलाई अलीमिया“ लोकवाङ्मय सम्मान पुरस्कारसहित अभिनन्दन गरिदैंछ। विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रका क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदरस्वरूप यही २०७४ फागुन २५ गते शुक्रबार दिनको २ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं. १३ मिया“पाटनमा एक विशेष कार्यक्रमको आयोजना गरी कार्कीलाई रु.… पुरा पढौ