कला/मनोरन्जन

पाल्पा महोत्सव सुरु

पाल्पा, १७ फागुन। ’पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार अवसर र सम्भावना छ अपार’ भन्ने मूलनाराका साथ पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम तानसेनमा बिहीबार ‘पाल्पा महोत्सव-२०६९’ सुरु भएको छ। तानसेन टुँडिखेलमा भएको महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज कणिर्कारले अब बन्ने सरकारले देशमा पूर्णबजेट ल्याएर आर्थिक परिचालन गर्ने अधिकार पाउनुपर्ने बताए। बजेटको अभावमा देशमा आर्थिक… पुरा पढौ

चौथो पोखरा क्यान इन्फोटेक मेला सम्पन्न

पोखरा, १३ फागुन। क्यान कास्कीले पोखरामा आयोजना गरेको  चौथो पोखरा क्यान इन्फोटेक मेला आइतबार सम्पन्न भएको छ। मेला ५० हजार बढी दर्शकले अवलोकन गरेको बताइएको छ। अपेक्षाकृत सफलता हासिल गर्दै मेला सम्पन्न भएको भन्दै क्यान कास्कीले खुशी व्यक्त गरेको छ।  विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले बिहीबारदेखि पोखराको सभागृहमा मेला सुरु भएको थियो। मेलामा ल्यापटप, ल्यापटपका ब्याटि्र,… पुरा पढौ

वृहत् गजल वाचन सम्पन्न

पोखरा, १३ फागुन। नेपाली गजलको विकासका लागि पोखरामा क्रियाशील गजल सन्ध्या पोखराले पुस्तकमाथि अन्तरक्रियासहित वृहत् गजल वाचन कार्यक्रममा सम्पन्न गरेको छ। प्रमुख अतिथि साहित्यकार सरुभक्तले नेपाली साहित्यलाई गजलको चुम्बकीय शक्तिले आकर्षण गरेको भन्दै नेपाली गजल विश्वव्यापी बन्दै गएकोमा खुशी व्यक्त गरे। गजलकार ज्ञानुवाकर पौडेलले नेपाली गजलमा चेतनाको स्तर उकासिएकोमा गौरव लाग्ने उल्लेख गर्दै सम्पूर्ण नेपाली साहित्य गजलबाट सङ्क्रमित भएको देखेर… पुरा पढौ

पोखराका सडकमै फोटो प्रदर्शनी सुरु

पोखरा, ११ फागुन। सुन्दर नेपाल, शान्त नेपाल भन्ने मूलनारासहित शुक्रबारदेखि पोखरामा फोटोमेला सुरु भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीले आयोजना गरेका मेलाको पहिलो दिन लेकसाइडबाट शुभारम्भ गरिएको छ भने शनिबार चिप्लेढुङ्गामा प्रदर्शनी गरिनेछ। मेलाको उद्योगपति लक्ष्मी हाउसका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतीक र फोटो पत्रकारको केन्द्रीय अध्यक्ष कविन्द्रमान शाक्य, पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई,… पुरा पढौ

हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कारबाट केसी सम्मानित

पोखरा, १० फागुन। हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कार-२०६९ बाट कवि कुलबहादुर केसी सम्मानित भएका छन्। हरिदेवी कोइराला साहित्य-सङ्गीत सम्मान कोष पोखराले बिहीबार पोखरा-१६, बाटुलचौरस्थित केसीकै घरमा गएर उनको सम्मान गरेको हो। उनलाई नगद १५ हजार सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो। कार्यक्रममा कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उनलाई सम्मानपत्र प्रदान गरेका थिए। यसैगरी कोषका संरक्षक रामबहादुर कोइरालाले फूलको माला र संरक्षक… पुरा पढौ

हरिदेवी कोर्इराला राष्ट्रिय साहित्य पुरस्कार केसीलाई

पोखरा, ९ फागुन। हरिदेवी कोर्इराला राष्ट्रिय साहित्य पुरस्कार-२०६९ द्वारा कवि कुलबहादुर केसीलाई सम्मान गरिने भएको छ। हरिदेवी कोर्इराला साहित्य-संगीत सम्मान कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। कोषका सचिव पद्मराज ढकालको संयोजकत्वमा यमबहादुर पौडेल र ताराप्रसाद तिमिल्सिना सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसअनुसार तीन दशकअघिदेखि साहित्यिक क्षेत्रमा निरन्तर क्रियाशील कवि केसीलाई उक्त पुरस्कार दिने निर्णय… पुरा पढौ

एफएमहरूबीच एकता जरूरी

पोखरा, ८ फागुन। विग एफएमका अध्यक्ष महेश भण्डारीसहितको एक टोलीले वीरगञ्जका विभिन्न एफएमको अवलोकन भ्रमण गरेको छ। राजनीतिक सड्ढट गरिहिँदै गर्दा नेपालका एफएम रेडियोहरूमा परेको आर्थिक सड्ढट र त्यसको समाधानको विषयमा बुझ्न भण्डारीसहितको टोली वीरगञ्जसम्म पुगेको हो। टोलीले वीरगञ्जका तीनवटा एफएम रेडियोमा अवलोकन भ्रमण गरेको थियो। नेपालको औद्योगिक सहर वीरगञ्जमा रहेका रेडियो वीरगञ्ज, नारायणी एफएम र गढीमाई एफएममा टोलीले अवलोकन… पुरा पढौ

नेपाली लेखक सङ्घ कास्कीद्वारा ‘ताप’को परिचर्चा

पोखरा, ६ फागुन ।साहित्यकार शारदा शर्माको हालै प्रकाशित उपन्यास ‘ताप’ का विविध पक्षहरूमाथि आइतबार पोखरामा चर्चा गरियो। नेपाली लेखक सङ्घ कास्कीको आयोजनामा भएको परिचर्चा कार्यक्रममा डा. नारायण चालिसेले तापको प्रभावपरक चर्चा गरेका थिए। उनले शर्माको सो उपन्यास बौद्धिक र उत्कृष्ट रहेको धारणा राखे। उपन्यासको परिचर्चा गर्दै श्रीधर न्यौपानेले शर्माको लेखनले पाठकलाई अन्त्यसम्म तान्न सक्ने आकर्षण भएको बताए। नेपाली लेखक सङ्घका… पुरा पढौ

सम्पदाको चार किल्ला स्रष्टा सम्मान साँझ

पोखरा, ६ फागुन। सम्पदा कला मन्दिर पोखराले यसवर्ष चार किल्ला स्रष्टा सम्मान साँझ गर्ने भएको छ। स्रष्टाको उत्थान एवं सम्मान गर्ने मूल नाराका साथ स्थापित सम्पदा मन्दिरले विभिन्न क्षेत्रमा रहेर उल्लेख्य योगदान पुर्‍याएका स्रष्टालाई सम्पदा अवार्ड तथा सम्मान गर्दै आएको छ। संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरको सभापतित्वमा सम्पन्न भेलाले आगामी चैत महिनाभित्र सो कार्यक्रम गर्ने निर्णा गरेको हो। सोही अवसरमा संस्थाका… पुरा पढौ

साहित्यकार डा. शर्मा अभिनन्दित

पोखरा, ५ फागुन। हिमाली साँस्कृतिक परिवार पोखराले शनिबार स्याङ्जाका साहित्यकार तथा समाजसेवी डा. महेश्वर शर्मालाई अभिनन्दन गर्‍यो। संस्थाको १६ औं वाषिर्कोत्सव तथा शर्माको ८२ औं वर्ष प्रवेशको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो। शर्मालाई कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले ताम्रपत्र र दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए। प्रमुख अतिथि जोनले ‘महेश्वर शर्मा ८२ औं वर्ष प्रवेश आलेख र अभिलेख’ नामक… पुरा पढौ