कला/मनोरन्जन

तोरन्ल मेर-२०६९ को बिदाइ

पोखरा, १५ चैत। थकाली जातिको महान चाड ‘तोरन्ल मेर’को बिहीबार पोखरामा एक कार्यक्रमका साथ सम्पन्न भयो। थकाली सेवा समिति नदीपुर पोखरामा आयोजित उक्त कार्यक्रममा समितिका अध्यक्ष अम्बरबहादुर तुलाचनले धस -तारो) को पूजा गरी सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस वर्षको तोरन्ल मेर कार्यक्रमको समापन भएको घोषणा गरेका थिए। कार्यक्रमको सञ्चालन उपाध्यक्ष विश्वमोहन गौचनले गरेका थिए। तोरन्ल मेर -फागु पूणिर्मा) लाई… पुरा पढौ

चौथो हेमजा आलु महोत्सवलाई विभिन्न सङ्घ-संस्थाले सहयोग गर्ने हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महोत्सवको भूमिका महत्त्वपूर्ण

पोखरा, १५ चैत। विष्णुपादुका क्लब हेमजाको संयोजनमा आगामी चैत २१ गतेदेखि हेमजामा हुने चौथो हेमजा आलु महोत्सव २०६९ सङ्घसंस्था तथा सुरक्षा निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महोत्सव मूलआयोजक समितिले आयोजना गरेको वृहत् छलफल कार्यक्रममा सहभागी सरकारी निकायका प्रमुख, विभिन्न सङ्घ-संस्था तथा सुरक्षा निकायका प्रमुखहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। हेमजामा हुने गरेको महोत्सवले हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महत्त्वपूर्ण… पुरा पढौ

गजलकार इश्वरमणिलाई शिवपुरी गजल सम्मान

पोखरा, १४ चैत। गजलकार इश्वरमणि अधिकारीलाई शिवपुरी गजल सम्मान दिइने भएको छ। शिवपुरी साहित्य समाज, काठमाडौंले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार यस वर्ष पोखरेली साहित्यकार अधिकारीलाई दिइने भएको समाजले जनाएको छ। पोखरामा रहेर दुर्इ दशकदेखि साहित्यमा क्रियाशील अधिकारीलाई नेपाली साहित्यको गजल विधामा उल्लेख्य योगदान पुर्‍याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको समाजका अध्यक्ष वियोगी बुढाथोकीले जनाए। सो पुरस्कारबाट यसअघि… पुरा पढौ

सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कारद्वारा प्रधान सम्मानित

पोखरा, १० चैत। गायक प्रेमध्वज प्रधान श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार-२०६९ बाट सम्मानित भएका छन्। सो पुरस्कारको सञ्चालक संस्था भैरव साँस्कृतिक संरक्षण समितिले शनिबार पोखरामा आयोजना गरेको समारोहमा वरिष्ठ गीतकार, कवि रत्नशमशेर थापाले प्रधानलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन। पुरस्कारको राशी नगद रु. २५ हजार र सम्मान-पत्र रहेको छ। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ गीतकार थापाले नेपाली संगीतको उत्थानमा सबै लाग्नु… पुरा पढौ

ब्राइट फ्युचर युथ क्लबले टक्सारमा फागु मेला गर्ने

पोखरा, १० चैत। ब्राइट फ्युचर युथ क्लब टक्सार-१ दाङलि·को आयोजनामा फागु मेला २०६९ हुने भएको छ। फागुपुणिर्माको अवसरमा गरिन लागिएको मेला चैत १३ गते देखि १५ गतेसम्म चल्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। परम्परागत सं’स्कृतिको जगेर्ना गर्दै स्थानीय उत्पादनको बजारीकरण तथा प्रचारप्रसार गरि स्थानीयवासीको आर्थिकस्तर सुदृढीकरण गर्ने उद्देश्यले मेलाको आयोजना गरेको आयोजकले जनाएको छ।  स्थानीयस्तरका कृषिजन्य सामग्रीहरुको विक्री वितरण,… पुरा पढौ

मिस तमुस्यो नेपाल २०६९ को उपाधि डोब्गालाई

पोखरा, ८ चैत। मिस तमुस्यो नेपाल २०६९ को ताज नवलपरासीका डोब्गा गुरुङले पाहिरेकी छिन्। नेपाल तमु विद्यार्थी छोँज धीँले आयोजनामा बिहीबार सम्पन्न प्रतियोगिताको उपाधि हात पार्दै गुरुङले पियाजियो कम्पनीको स्कुटर प्राप्त गरिन्। हाल पोखरा निवासी डोब्गालाई रवि अटोमोवाइल्स प्राली नयाँबजार पोखराका प्रोप्राइटर टीकाकुमारी गुरुङले स्कुटरको साँचो हन्तान्तरण गरिन्। मिस तमुस्यो २०११ का विजेता नमिता गुरुङले ताज पहिर्‍याइ दिइन्। बेस्ट पर्सनालिटी… पुरा पढौ

पोखरामा विश्व कविता दिवस

पोखरा, ८ चैत। पोख्रेली युवा साँस्कृतिक परिवारले बिहीबार पोखरामा चौथो विश्व कविता दिवस मनाएको छ। पोखराको विन्धवासिनीमा भएको कवि गोष्ठीका प्रमुख अतिथि साहित्यकार सरुभक्तले कविता दिवस मनाउने परम्पराले कविताको महत्त्व बढ्ने बताएका थिए। करिब दुर्इर्दर्जन कविले सो अवसरमा आफूलाई मनपरेको स्वदेशी वा विदेशी कविको कवितासँगै आ-आफ्ना सिर्जना बाचन गरेका थिए। कार्यक्रमा जनक दुलाल, जीवनसागर भण्डारी, लक्ष्मी थापा, डा.वसन्त गौतम, रीता… पुरा पढौ

इशानी भइन् मिस नेपाल

पोखरा, ७ चैत। मिस नेपाल-२०१३ को उपाधि इशानी श्रेष्ठले हात पारेकी छन्। द हिडन टे्रजरको आयोजनामा बुधबार काठमाडौंमा भएको अन्तिम चरणको प्रतिश्पर्धामा १७ जनलाई उछिन्दै उनले उक्त उपाधि हात पारेकी हुन्। उनलाई मिस नेपाल २०१२ की बिजेता श्रृष्टी श्रेष्ठले ताज पहिराइदिएकी थिइन। उपाधिसँगै उनले नगद ५० हजार र विभिन्न उपहार प्राप्त गरेकी छन्। उनी यसैवर्ष आयोजना हुने मिस वल्डमा सहभागी… पुरा पढौ

बङ्गलादेशको साँस्कृतिक समूह पोखरामा

पोखरा, ७ चैत। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराको निमन्त्रणामा  पोखरा आएको बङ्गलादेशको साँस्कृतिक समूहले पोखराका पर्यटकीय स्थलहरुको भ्रमण सम्पन्न गरेको छ। ओइक्को प्रकाशन लिमिटेड बङ्गलादेश ढाकाका निर्देशक सलाउदिन कुदुको नेतृत्वमा आएको १० सदस्यीय टोली मङ्गलबार पोखरा आएको हो।बिहीबार साँझ पोखरामा भएको साँस्कृतिक आदानप्रदान कार्यक्रममा उक्त टोलीका अबु हनी, सुमोना रहमान र श्रि्रा प्यारिशले बङ्गलादेशी गीत तथा नृत्य प्रस्तुत गरेका… पुरा पढौ

चौथो हेमजा आलु महोत्सवको तयारी तीव्र आलुकै परिकार २५ प्रकारका

पोखरा, ५ चैत। विष्णुपादुका क्लब हेमजाको संयोजनमा आगामी चैत २१ गतेदेखि हेमजामा हुने चौथो हेमजा आलु महोत्सव-२०६९ को तयारी तीव्र पारिएको छ। महोत्सव सफल बनाउनका लागि मूल समिति र विभिन्न उपसमितिले आफ्नो कामलाई तीव्र बनाएको सोमबार हेमजामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। ‘सुन्दर गाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔ’, ‘आलु एक परिकार अनेक’ भन्ने मूलनाराका साथ आयोजना गरिएको उक्त… पुरा पढौ