कला/मनोरन्जन

प्रकृतिका रङ्गहरू चित्रकला प्रदर्शनी सुरु

पोखरा, २३ असार।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित प्रकृतिका र·हरू चित्रकला प्रदर्शनी आइतबार पोखरामा सुरु भयो। पिएसएम आर्ट ग्यालसी महेन्द्रपुलमा सञ्चालित प्रदर्शनीमा १४ जना कलाकारका ३९ वटा चित्र राखिएका छन्। प्रदर्शनीको अग्रज कलाकार दुर्गा बराल वात्सायन र आयोजनाका निर्देशक लालप्रसाद गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका थिए। त्यस अवसरमा कलाकार बरालले प्रकृति र संस्कृतिको अत्यन्त निकट सम्बन्ध रहेको उल्लेख गर्दै यी दुवैको… पुरा पढौ

विदेशी भूमिमा नेपाली चेलीको सङ्गीत मोह

पोखरा, २३ असार।पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली गीतस·ीतको उत्थानका लागि सक्रियता देखाएकी छिन्। साहित्यमा अत्यन्तै रुची राख्ने पर्वत पाङराङ घर भई अहिलेर्र् इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी दिपिका भुषाललेर्र् इजरायलबाटै नयाँ गित आईतबार सार्वजनिक गर्नुभएको छ। सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने निष्ठूरीलाई बोलको गित र्सार्वजनिक भएको हो। इजरायलमै एक औपचारिक कार्यक्रम आयोजना… पुरा पढौ

विग आइकनमा उत्कृष्ट आठ जना छनौट

पोखरा, १८ असार।सामसुङ ग्यालेक्सी ग्राण्ड विग आइकनमा अब आठजना प्रतिस्पर्धीमात्र रहेका छन्। उत्कृष्ट नौमध्ये एक आरजे सुरज रसाइली म·लबार प्रतियोगिताबाट बाहिरिएपछि प्रतिस्पर्धामा अब आठ जना छन्। उत्कृष्ट आठजना प्रतिस्पर्धीले म·लबार नै उत्कृष्ट सातको लागि आ-आफ्नो प्रस्तुति राखे। म·लबार भएको उत्कृष्ट आठको प्रस्तुतिमा कवि तथा गजलकारर्र् इश्वरमणी अधिकारी गेस्ट निर्णायकको रूपमा आएका थिए। उनले विग आइकनका सम्पूण्ा प्रतिस्पर्धी एकसेएक भएको प्रतिक्रिया… पुरा पढौ

सिर्जनशीलको चित्रकला प्रदर्शनी

पोखरा, १६ असार।सिर्जनशील कलाकार समूह कास्कीले आइतबार हिलपोइन्ट इङ्लिस स्कुल माटेपानी पोखरामा चित्रकला प्रदर्शनी गर्‍यो। विद्यार्थीलाई चित्रकलाप्रति जागरण गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा समूहमा आवद्ध १७ जना कलाकारले तयार पारेका एक सय ३४ वटा कलाकृति राखिएको थियो। कलाकारले तयार गरेका स्केछ, पानी र·, एक्रेलिक माध्यमका कलाकृतिलाई विद्यार्थीले अभिरुचिका साथ अवलोकन गरेका थिए। कार्यक्रम संस्थाका सल्लाहकार एवं कार्यक्रम संयोजक लोकप्रसाद… पुरा पढौ

क्रियटिभ राष्ट्रिय सम्मानबाट सातजना सम्मानित

पोखरा, १५ असार।चौथो क्रियटिभ राष्ट्रिय सम्मान-२०७० बाट विभिन्न क्षेत्रमा रही उल्लेख्य योगदान पुर्‍याउने सातजना व्यक्तिलाई शनिबार पोखरामा सम्मान गरिएको छ। क्रियटिभ ब्रोडकाष्टिङ मिडिया प्लस पोखराले सभागृहमा आयोजना गरेको एक कार्यक्रमबीच सात जना व्यक्तिलाई सम्मान गरेको हो। सम्मानित हुनेमा साहित्यतर्फ सरुभक्त, कानुनतर्फ डा.भीमार्जुन आचार्य, पत्रकारितातर्फ स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, लोकगायनतर्फ पुरुषोत्तम न्यौपाने, अभिनयतर्फ सुमन सिंह र मुना… पुरा पढौ

निरामायाद्वारा कलाकार रायमाझी सम्मानित

पोखरा, १५ असार। निरमाया दोहोरी साँझ पोखरा सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार साँझ एक कार्यक्रमबीच लोकगायक एवं चलचित्र निर्देशक नारायण रायमाझीलाई सम्मान गरियो। प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पुरूषोत्तम न्यौपानेले सम्मानपत्र र दोहोरी साँझका सञ्चालक सिम गुरुङले दोसल्ला ओढाएर रायमाझीलाई सम्मान गरेका थिए। यसैगरी दोहोरी साँझका सञ्चालक सुरेन्द्र गुरुङ, जीवन… पुरा पढौ

लामाचौरमा रोपाइँ मेला, कृषि क्षेत्रको प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता

पोखरा, १५ असार।नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौर गाविस वडा नं १ मा दोस्रो लामाचौर असारे रोपाइँ मेला-२०७० शनिबार सम्पन्न भएको छ। विभिन्न प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको उक्त महोत्सवको उद्घाटन खेतमा धानको बिउ तथा माछा फालेर प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले गरेका थिए। सोक्रममा उनले कृषि क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि सरकारबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले… पुरा पढौ

रक्सी भट्टीमा रमाए पोखरेलीहरू, वितृष्णापछिको जागरण नै नाटकको सवल पक्ष

पोखरा, १४ असार।एक दशक यता पोखरामा सुस्ताएको र·मञ्च पुनः तातेको छ। पोखरामा व्यवसायिक नाटकको विकासका लागि भन्दै गत चैतमा गठन गरिएको युथ क्रियशन थिएटरले अन्तर्राष्ट्रिय रक्सी भट्टी नामक नाटक मञ्चन गरेपछि पोखराको र·मञ्च तातेको हो। शुक्रबार दिउँसो तीन बजेको समयमा पोखराको उद्योग वाणिज्य सङ्घको हलमा मञ्चन गरिएको अन्तराष्ट्रिय रक्सी भट्टीको स्वाद लिन पोखराका अग्रज साहित्यकारदेखि लिएर विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सञ्चारकर्मी… पुरा पढौ

लामाचौरमा हुने असारे मेलाको तयारी पूरा

पोखरा, १४ असार।असारे १५ को अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजना तथा स्थानीय विभिन्न सङ्घसंस्थाको सहआयोजनामा लामाचौरमा शनिबार हुने लामाचौर असारे मेला-२०७० को तयारी पूरा भएको छ। लामाचौरका स्थानीय आमा समूह, क्लब तथा विभिन्न वित्तीय संस्थाको सहयोगमा सञ्चालन हुने असारे मेलाको सम्पूर्ण तयारी पूरा भएको नवआदर्श सामुदायिक विकास समाजका संस्थाका अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले जनाए। लामाचौरको फलामेफाँटस्थित पदमसिह गुरुङको साढे… पुरा पढौ

विग आइकनमा भोटिङ राउण्ड सुरु

पोखरा, १३ असार।सामसुङ ग्यालेक्सी विग आइकनअन्तर्गत बिहीबार उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीले अघिल्लो चरणका लागि प्रस्तुति दिएका छन्। अबको चरणमा दश जनामध्ये एक जना प्रतिस्पर्धी प्रतियोगिताबाट बाहिरिने एफएमले जनाएको छ। एफएमले दिएको जानकारीअनुसार अबको हरेक चरणमा एक जना प्रतिस्पर्धी स्रोताको एसएमएस भोटिङ र निर्णायकको मतको आधारमा प्रतियोगिताबाट बाहिरिने छन्। एसएमएस भोटिङ राउण्ड सुरु भएपछि प्रतियोगीले अघिल्ला चरणमा आफूलाई उभ्याउनका… पुरा पढौ