कला/मनोरन्जन

वियोगीको अर्को महाकाव्य

पोखरा, २२ वैशाख । महाकाव्यकार माधव वियोगीद्वारा लिखित 'डायमनश्री’ महाकाव्य शुक्रबार  लोकार्पण गरिएको छ। विराटनगरको परोपकार सामुदायिक भवनको सभाकक्षमा भएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो महाकाव्य लोकार्पण गरेका हुन्। महाकाव्य लोकार्पण गर्दै कुलपति उप्रेतीले पोखराले छन्द र महाकाव्यको समुचित विकासमा गहन र महत्वपूर्ण योगदान दिने माधव वियोगीजस्तो प्रतिभा जन्माएको बताए। साथै उनले निरन्तरको साधना… पुरा पढौ

एकल साँझमा भक्कानिए वसन्त

पोखरा, १५ वैशाख । एकल साँझका लागि जब उनी माइक्रोफोन समात्दै तयार भए, तब उनको परेली भिज्न शुरु भयो । हलभरि खचाखच दर्शक-श्रोता देखेपछि उनी हर्षले विभोर बने। उनले आँसुमात्र खसालेनन्, एकै क्षणमा गला अबरुद्ध बन्यो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार पुराना गायक वसन्त थकाली आफ्नो एकल साँझमा प्रस्तुत हुँदै थिए । उक्त साँझको चाँजोपाँचो वसन्त-रुविना फाउण्डेशनले मिलाएको थियो । दर्शक-श्रोताको आफूप्रति देखाएको माया,… पुरा पढौ

सङ्गम सांस्कृतिक मञ्चमा गुञ्जिए रानाभाटका गीत

पोखरा, वैशाख १५। गीतकार भीम रानाभाट ज्यालादारीका गीतहरु शनिबार पोखरामा गुन्जिएका छन्। सङ्गम सांस्कृतिक मञ्चले सङ्गम सांस्कृतिक यात्राको तेस्रो शृङ्खलामा रानाभाटका गीत प्रस्तुत गरेका हुन्। प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष रानाभाटको हालै प्रकाशित गीत सङ्ग्रह 'पग्लिँदैन सगरमाथा’मा समेटिएका करिब १ दर्जन गीत सङ्गम सांस्कृतिक मञ्चका कलाकारले गाएका हुन्। समारोहमा गीतकार ज्यालादारीका गाउँघरका साइँलाहरु..., झारको बीऊ..., सम्झेको छु हार पनि जीत...,… पुरा पढौ

वरिष्ठ कवि पोखरेल सम्मानित

लमजुङ, १० वैशाख । वरिष्ठ कवि प्रल्हाद पोखरेललाई लमजुङमा सम्मान गरिएको छ। नयाँवर्षका अवसरमा पिङ्गल छन्द प्रतिष्ठान नेपाल लमजुङ र मखमली चिति मञ्चद्वारा एक  कार्यक्रमबीच  वरिष्ठ कवि पोख्रेललाई सम्मान गरिएको हो। बेशीसहर नगरपालिका- ११ को रामचोकबेसीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक, कथाकार एवम् प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष श्रीकृष्ण न्यौपानेसहितले कवि पोखरेलाई माला, टीका, खादा र… पुरा पढौ

काव्यमालामा सङगीत यात्रा

हेमजा, ९ वैशाख।हेमजा साहित्य प्रतिष्ठानको नियमित मासिक शृङखला शुभप्रभात काव्यमाला बीच शनिवार सुगम सङगीत यात्रा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष जर्नादनशरण त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको एक सय ८० औं काव्यमालामा विष्णुप्रसाद अधिकारी, गोविन्दप्रसाद पराजुली, मदन भण्डारी, राजु क्षेत्री 'अपुरो’, ओजश्वी अधिकारी, वसन्त विनोद, विष्णुप्रसाद बास्तोला, सीता लामिछाने, दर्शन छन्त्याल, प्रकाश त्रिपाठी, झलक कुँवर, कृष्णप्रसाद पौडेल, अमृता अधिकारी, देवी त्रिपाठी,… पुरा पढौ

लालीगुराँस महोत्सव सम्पन्न

हेमजा, ८ वैशाख । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफ्नो कार्यकालमा नेपालका गाउँगाउँमा खेलकुद मैदान निर्माण गर्ने उद्घोष गरेका छन्। उनले अधिकांश नेपाली मधुमेह र उच्च रक्तचापबाट पीडित रहेको चर्चा गर्दै स्वास्थ्य जीवनयापनका लागि खेल महत्वपूर्ण रहने औल्याउँदै खेलकुद मैदान निर्माणमा जोड दिए। गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ को शनिबार समापन समारोहमा बोल्दै उनले धम्पुसस्थित पृथ्वीनारायण माविको खेलमैदानको स्तरन्नति गर्न आफूले… पुरा पढौ

लोकदोहोरी गायक प्रजापति सम्मानित

पोखरा, ६ वैशाख। लोकदोहोरी गायक प्रजापति पराजुलीलाई गन्तव्य धम्पुस महोत्सवमा सम्मान गरिएको छ । लोकदोहोरी संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याएकोमा आयोजक लाली गुराँस युवा क्लबले पराजुलीलाई दोसल्ला ओढाउँदै मायाको चिनो प्रदान गरेको थियो । प्रदेश सदस्य इन्द्रधारा बिष्ट, लालीगुराँस युवा क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पराजुलीलाई बिहीबार महोत्सव स्थलमा सम्मान गरेका हुन् । यता, महोत्सवमा बिहीबार पुरुष भलिबलतर्फ ४ खेल सम्पन्न भए । पहिलो… पुरा पढौ

उत्प्रेरणा सांगीतिक मञ्चमा बाल प्रतिभा 

पोखरा, ६ वैशाख । नयाँ वर्ष अवसरमा उत्प्रेरणा सांगीतिक मञ्चमा सय भन्दा बढी बालबालिकालेे प्रतिभा देखाएका छन् । जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कूलले आयोजना गरेको उक्त कार्यक्रममा करिब सय जना बालबालिकाले विभिन्न प्रस्तुति राखेको सेन्टरका प्रबन्ध निर्देशक एवं गायक विनित जोजिजूले बताए। विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा रुची बढाउने उद्देश्यले चित्रकला, गीत संगीत, नृत्य, उत्प्रेरणा जगाउने, उद्घोषण लगायत कृयाकलाप सिकाउने उद्देश्यले तीन हप्ते कोर्ष… पुरा पढौ

लालीगुराँस महोत्सव शुरु

हेमजा, ४ वैशाख ।'धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाहय पर्यटन प्रवर्द्घन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माछापुच्छे्र गाउँपालिका-७, धम्पुसमा मंगलवारदेखि गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ शुरु भएको छ । महोत्सव उद्घाटन गर्दै प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकासको मुख्य आधार पर्यटन भएको बताए । मन्त्री लम्सालले प्रदेशको नीति तथा कार्यक्रममा पर्यटनपछि उर्जा, कृषि र… पुरा पढौ

पोखरामा पर्यटक दौड

पोखरा, ३० चैत । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा जारी १५ औं फेवा नव वर्ष महोत्सवअन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए । महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी जेनेला द्वितीय र फ्रान्सकी एमिलि तृतीय भएका छन् । पोखराको हल्लनचोक नजिक… पुरा पढौ