कला/मनोरन्जन

क्षेत्रीय पुष्प व्यापार मेलाको तयारी पूरा

पोखरा, २३ फागुन। चौथो पश्चिमाञ्चल क्षेत्रीय पुष्प व्यापार मेला-२०६९ को तयारी पूरा भएको छ। मेलाको आयोजक फ्लोरिकल्चर एशोसिएसन (फान) नेपाल जिल्ला कार्य समिति कास्कीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पूरा भएको जनाएको हो। मेला यही फागुन २५ देखि २९ गतेसम्म पोखरा सभागृहमा हुँदैछ। मेलामा १५ देखि २० हजारसम्मका फूल बिक्रीका लागि राखिने फान कास्कीका अध्यक्ष दयाप्रसाद द्वाले जानकारी… पुरा पढौ

शिवरात्रिमा केदारेश्वरमा त्रिदिवसीय कार्यक्रम

पोखरा, २३ फागुन। महाशिवरात्रिको अवसरमा केदारेश्वर महादेवमणि मन्दिर बैदाम, पोखरामा त्रिदिवसीय कार्यक्रम हुने भएको छ। फागुन २५ देखि २७ गतेसम्म चल्ने त्रिदिवसीय कार्यक्रमअर्न्तर्गत भजनकीर्तन, शनिमहाकाल मृत्युञ्जय पाठ, रुद्राभिषेक, शिवलि·मा दूध चढाउने, अखण्ड दीप प्रज्वलन, शिवधुनि, सन्ध्याकालीन आरती लगायत कार्यक्रम हुने मन्दिर संरक्षण समितिका अध्यक्ष सूर्यनाथ अधिकारीले बताए। भगवान शिवको महिमास्वरूप हरेक वर्ष शिवरात्रिको अवसरमा केदारेश्वर मन्दिरमा शिवरात्रि विशेष कार्यक्रम हुँदै… पुरा पढौ

चौथो हेमजा आलु महोत्सव चैतको तेस्रो साता

पोखरा, २१ फागुन। विष्णुपादुका क्लब हेमजाको संयोजनमा आगामी चैत तेस्रो सातादेखि ‘चौथो हेमजा आलु महोत्सव-२०६९ हुने भएको छ। पाँच दिने सो महोत्सव आगामी फागुन २१ देखि २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ। यसअघि चैत ७ देखि सुरु हुने भनिएको महोत्सव स्थानीय विद्यालयहरुमा परीक्षा परेको र तयारीको समय नपुगेका मिति सार्नुपरेको आयोजकले जनाएको छ। ‘सुन्दर गाउ हेमजा जाऔ, आलुका स्वादिष्ट परिकार… पुरा पढौ

हेमराज पहारी स्मृति पुरस्कार जोशीलाई

पोखरा, १८ फागुन । हेमराज पहारी स्मृति पुरस्कार-२०६९बाट संस्कृतिविद्, साहित्यकार सत्यमोहन जोशी सम्मानित भएका छन्। पुरस्कारको राशि नगद रु. एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ। हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष रीता पहारीले शुक्रबार यो पुरस्कार जोशीलाई प्रदान गरिन्। साहित्यकार, समाजसेवी, शिक्षासेवी स्वर्गीय हेमराज पहारीको स्मृतिमा यो प्रतिष्ठान वि.सं. २०६७ मा स्थापना भएको हो। पहारीका उत्तरी गोलार्द्धको एक फन्को नियात्रा… पुरा पढौ

वालिङ बहुमुखी क्याम्पसको ३३ औ साधारणसभा तथा १० औं अधिवेशन सुरु शिक्षाको व्यापारीकरणका कारण गरिब पहुँचबाट टाढिए : कोइराला

वालिङ, १८ फागुन। स्याङ्जाको वालिङमा रहेको देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको ३३ आंै साधारणसभा तथा १० अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरास्थित पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले शिक्षामा बढ्दो व्यापारीकरणका कारण शैक्षिक क्षेत्रमा गरिब तथा असहायको पहुँच पुग्न नसकेको बताए। उनले बढ्दो शैक्षिक व्यापारीकरणका कारण मुलुकको शैक्षिक अवस्था झनै खस्कँदै गएको दाबी… पुरा पढौ

विग एफएमद्वारा मायालु जोडी पुरस्कृत

पोखरा, १८ फागुन। विग एफएमले आयोजना गरेको ‘भ्यालेन्र्टाईन स्पेशल गेम शो’का विजेता शुक्रबार पुरस्कृत भएका छन्। उनीहरूलाई कोरियन पसलका सञ्चालक निरक तामाङ र एफएमका अध्यक्ष महेश भण्डारीले पुरस्कार वितरण गरेका थिए। स्पेशल गेम शोबाट उत्कृष्ट छनौट भएका तीन जोडीसहित उत्कृष्ट १० मा पर्न सफल सम्पूर्ण जोडीलाई पुरस्कार वितरण गरेको एफएमले जनाएको छ। गेम शोमा बबिता गुरुङ-रवीन्द्र गुरुङ, अस्मिता-अनिल र इच्छा-सुशीलको… पुरा पढौ

पाल्पा महोत्सव सुरु

पाल्पा, १७ फागुन। ’पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार अवसर र सम्भावना छ अपार’ भन्ने मूलनाराका साथ पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम तानसेनमा बिहीबार ‘पाल्पा महोत्सव-२०६९’ सुरु भएको छ। तानसेन टुँडिखेलमा भएको महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज कणिर्कारले अब बन्ने सरकारले देशमा पूर्णबजेट ल्याएर आर्थिक परिचालन गर्ने अधिकार पाउनुपर्ने बताए। बजेटको अभावमा देशमा आर्थिक… पुरा पढौ

चौथो पोखरा क्यान इन्फोटेक मेला सम्पन्न

पोखरा, १३ फागुन। क्यान कास्कीले पोखरामा आयोजना गरेको  चौथो पोखरा क्यान इन्फोटेक मेला आइतबार सम्पन्न भएको छ। मेला ५० हजार बढी दर्शकले अवलोकन गरेको बताइएको छ। अपेक्षाकृत सफलता हासिल गर्दै मेला सम्पन्न भएको भन्दै क्यान कास्कीले खुशी व्यक्त गरेको छ।  विकसित सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले बिहीबारदेखि पोखराको सभागृहमा मेला सुरु भएको थियो। मेलामा ल्यापटप, ल्यापटपका ब्याटि्र,… पुरा पढौ

वृहत् गजल वाचन सम्पन्न

पोखरा, १३ फागुन। नेपाली गजलको विकासका लागि पोखरामा क्रियाशील गजल सन्ध्या पोखराले पुस्तकमाथि अन्तरक्रियासहित वृहत् गजल वाचन कार्यक्रममा सम्पन्न गरेको छ। प्रमुख अतिथि साहित्यकार सरुभक्तले नेपाली साहित्यलाई गजलको चुम्बकीय शक्तिले आकर्षण गरेको भन्दै नेपाली गजल विश्वव्यापी बन्दै गएकोमा खुशी व्यक्त गरे। गजलकार ज्ञानुवाकर पौडेलले नेपाली गजलमा चेतनाको स्तर उकासिएकोमा गौरव लाग्ने उल्लेख गर्दै सम्पूर्ण नेपाली साहित्य गजलबाट सङ्क्रमित भएको देखेर… पुरा पढौ

पोखराका सडकमै फोटो प्रदर्शनी सुरु

पोखरा, ११ फागुन। सुन्दर नेपाल, शान्त नेपाल भन्ने मूलनारासहित शुक्रबारदेखि पोखरामा फोटोमेला सुरु भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीले आयोजना गरेका मेलाको पहिलो दिन लेकसाइडबाट शुभारम्भ गरिएको छ भने शनिबार चिप्लेढुङ्गामा प्रदर्शनी गरिनेछ। मेलाको उद्योगपति लक्ष्मी हाउसका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतीक र फोटो पत्रकारको केन्द्रीय अध्यक्ष कविन्द्रमान शाक्य, पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई,… पुरा पढौ