कला/मनोरन्जन

पोखरा महोत्सवबाट १३ लाख बढी बचत

पोखरा, ७ वैशाख। पोखरा -१० अमरसिंहचोकस्थित युनाइटेड क्लबले आयोजना गरेको  तेस्रो पोखरा महोत्सव-२०६९ बाट १३ लाख ६३ हजार चार सय ६४ रुपैयाँ बचत भएको छ। महोत्सवमा ४८ लाख ७९ हजार आठ सय ७० रुपैयाँ आम्दानी र ३५ लाख १६ हजार चार सय छ रुपैयाँ खर्च भएको क्लबका कोषाध्यक्ष एवं अर्थ संयोजक राजु श्रेष्ठले जानकारी दिए। क्लबको तेस्रो वाषिर्क साधारणसभाको अवसरमा… पुरा पढौ

जोजिजू म्युजिक सेन्टरको १० औ वाषिर्कोत्सवमा कलाकारको सम्मान

पोखरा, ६ वैशाख।पोखरा-११ रानीपौवास्थित जोजिजू म्युजिक सेन्टरको १० औं वाषिर्कोत्सवका अवसरमा शुक्रबार विविध कार्यक्रम सम्पन्न गरेको छ। त्यसअवसरमा सा·ीतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा ड्रम प्रशिक्षक बिमल परियार, विग आइकन-२०१२ का विजयी नवीन काफ्ले रहेका छन्। वाषिर्कोत्सवको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार सङ्घ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पोखराको सा·ीतिक विकासमा जोजिजू म्युजिक सेन्टरले पुर्‍याएको योगदानको चर्चा… पुरा पढौ

डुंगा दौडमा बाराहीघाट प्रथम

पोखरा, ३० चैत।पश्चिमाञ्चल होटल संघको आयोजनामा बसुन्धरा पार्कमा जारी दशौं फेवा नव वर्ष महोत्सवअन्तर्गत शुक्रबार फेवातालमा सम्पन्न डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठन वाराहीघाट समूह प्रथम भएको छ। प्रतियोगितामा संगठनकै अम्मट समूह द्वितीय र आयोजक पश्चिमाञ्चल होटेल संघ पोखरा तृतीय भएका छन्। महिला समूहले सान्त्वना पुरस्कार पाएको छ। प्रतियोगितामा संगठनको दुर्इ समूह, संघको तीन समूह, नाट्टा, होटेल प्रतिनिधि समाज… पुरा पढौ

दशौ फेवा नव वर्ष महोत्सव सुरु थप जग्गा उपलब्ध हुनासाथ विमानस्थल निर्माण कार्य सुरु हुन्छ : घिमिरे

पोखरा, २९ चैत।’फेवा बचाँऔं’ भन्ने मूलनाराका साथ पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा पोखरामा बिहीबारदेखि दशौ फेवा नव वर्ष महोत्सव-२०७० सुरु भएको छ। पोखराको वसुन्धरापार्कमा आयोजित महोत्सव वैशाख २ गतेसम्म चल्ने छ। नेपाली नयाँ वर्षलाई महत्वका साथ प्रचार-प्रसार गरि आफ्नो मौलिक संस्कृति, रहनसहन तथा भेषभूषाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवमा आकर्षणमा पर्यटन संस्कृति, खानाको साथै राष्ट्रिय तथा स्थानीय… पुरा पढौ

लोकगायिका कोइराला चितवनमा सम्मानित

पोखरा, २८ चैत।नेपाल स·ीत प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं लोकगायिका हरिदेवी कोइरालालाई चितवनको रत्ननगर नगरपालिका वडा नं. १३ जयम·लास्थित पञ्चकन्या उमाविले बिहीबार सम्मान गरेको छ। विद्यालयको स्वर्णमहोत्सवको उपलक्ष्यमा रत्ननगर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पुरूषोत्तम सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद बराल र प्रधानाध्यापक मेघनाथ दवाडीले कोइरालालाई नगद ११ हजार एक सय ११, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए। सो अवसरमा… पुरा पढौ

आलु महोत्सवको प्रचार गर्न अक्षर यात्राको टोली हेमजामा

पोखरा, १७ चैत। आलु गाउँको रूपमा परिचत हेमजा गाविसमा हुने चौथो हेमजा आलु महोत्सको प्रचार गर्न शनिबार साहित्यकारहरू हेमजा पुगेका छन्। गजल सन्ध्या पोखरा र नवनीत साहित्य संगम पोखराले संयुक्तरूपमा आयोजना गर्ने गरेको अक्षरयात्राको क्रममा चौथो हेमजा आलु महोत्सवको प्रचार गर्न साहित्यकारहरू हेमजा पुगेका हुन्।९२ औ शृङ्खला पुगिसकेको अक्षर यात्रा प्रत्येक महिनाको तेस्रो शनिबार कुनै न कुनै ठाउँमा पुगी त्यहाँ… पुरा पढौ

फेवा नव वर्ष महोत्सवको तयारी तीव्र

पोखरा, १६ चैत। पश्चिमाञ्चल होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९ देखि आगामी वैशाख २ गतेसम्म पोखराको वसुन्धरा पार्कमा आयोजना हुने दशौं फेवा नव वर्ष महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ। विगत वर्षमा भन्दा यसपटकको महोत्सव भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको महोत्सवका संयोजक विकल तुलाचनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। अङ्ग्रेजी नयाँ वर्षजस्तै नेपाली नयाँ… पुरा पढौ

तोरन्ल मेर-२०६९ को बिदाइ

पोखरा, १५ चैत। थकाली जातिको महान चाड ‘तोरन्ल मेर’को बिहीबार पोखरामा एक कार्यक्रमका साथ सम्पन्न भयो। थकाली सेवा समिति नदीपुर पोखरामा आयोजित उक्त कार्यक्रममा समितिका अध्यक्ष अम्बरबहादुर तुलाचनले धस -तारो) को पूजा गरी सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस वर्षको तोरन्ल मेर कार्यक्रमको समापन भएको घोषणा गरेका थिए। कार्यक्रमको सञ्चालन उपाध्यक्ष विश्वमोहन गौचनले गरेका थिए। तोरन्ल मेर -फागु पूणिर्मा) लाई… पुरा पढौ

चौथो हेमजा आलु महोत्सवलाई विभिन्न सङ्घ-संस्थाले सहयोग गर्ने हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महोत्सवको भूमिका महत्त्वपूर्ण

पोखरा, १५ चैत। विष्णुपादुका क्लब हेमजाको संयोजनमा आगामी चैत २१ गतेदेखि हेमजामा हुने चौथो हेमजा आलु महोत्सव २०६९ सङ्घसंस्था तथा सुरक्षा निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महोत्सव मूलआयोजक समितिले आयोजना गरेको वृहत् छलफल कार्यक्रममा सहभागी सरकारी निकायका प्रमुख, विभिन्न सङ्घ-संस्था तथा सुरक्षा निकायका प्रमुखहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। हेमजामा हुने गरेको महोत्सवले हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महत्त्वपूर्ण… पुरा पढौ

गजलकार इश्वरमणिलाई शिवपुरी गजल सम्मान

पोखरा, १४ चैत। गजलकार इश्वरमणि अधिकारीलाई शिवपुरी गजल सम्मान दिइने भएको छ। शिवपुरी साहित्य समाज, काठमाडौंले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार यस वर्ष पोखरेली साहित्यकार अधिकारीलाई दिइने भएको समाजले जनाएको छ। पोखरामा रहेर दुर्इ दशकदेखि साहित्यमा क्रियाशील अधिकारीलाई नेपाली साहित्यको गजल विधामा उल्लेख्य योगदान पुर्‍याएको भन्दै सो पुरस्कार प्रदान गर्न लागिएको समाजका अध्यक्ष वियोगी बुढाथोकीले जनाए। सो पुरस्कारबाट यसअघि… पुरा पढौ