कला/मनोरन्जन

अदिप्तलाई गजल प्रतिभा पुरस्कार

पोखरा, ८ भदौ।गजल प्रतिभा पुरस्कारबाट पर्वतका गजलकार आर. के. अदिप्त शनिबार पोखरामा सम्मानित भएका छन्। गजल सन्ध्या, पोखराले १४८ औं मोतीजयन्तीका सर्न्दर्भ पारेर आयोजना गरेको कार्यक्रमबीच प्रमुख अतिथि सरुभक्तले उनलाई पुरस्कारस्वरूप दुर्इ हजार दुर्इ सय २२ रूपैयाँ नगद, सम्मानपत्र र दोसल्ला प्रदान गरे। सो अवसरमा बोल्दै सरुभक्तले नेपाली गजलले आर. के. अदिप्तजस्ता प्रतिभाशाली गजलकारको योगदानका कारण उच्च स्तर प्राप्त गर्न… पुरा पढौ

पोखरामा गाईजात्रा महोत्सव सुरु, आज तायाःमचा नृत्य प्रतियोगितामा हुने

पोखरा, ७ भदौ।गोपालजी मन्दिर सेवा समिति रामकृष्ण टोलको आयोजनामा गाईजात्राको अवसर पारेर पोखरामा शुक्रबारदेखि गाईजात्रा महोत्सव २०७० सुरु भएको छ। नेवाःखल कास्कीको आह्वानमा सुरु महोत्सव भदौ ८ गतेसम्म चल्ने छ। नेवारी संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सवको शुक्रबार लाइफ कर्न्र्सट, आधुनिक तथा लोक नृत्य, यमराजको हास्यव्यङ्य भाषण र नेपाली लोकबाजाको प्रस्तुति र पोखरेली माग्नेबूढा… पुरा पढौ

पोखरा प्रदर्शनी केन्द्रमा ताला लगाइने

पोखरा, ३ भदौ।पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने व्यापार मेला र विविध अन्य कार्यक्रम गर्न स्थानीय जनताहरुले रोक लगाउने भएका छन्। उद्योग वाणिज्य संघले आफूले मेला आयोजना गरेर र भाडामा दिएर पोखरा प्रदर्शनीस्थलबाट वर्षेनी ३०/४० लाख रुपैयाँ कमाउने गरेको र कमाएको रकम स्थानीय क्षेत्रको विकासमा खर्च नगर्ने गरेपछि स्थानीय जनताहरु मेलामै रोक लगाउने निर्णय गरेका… पुरा पढौ

मिस टिन नेपाल २०१३ को लागि पोखरामा अडिसन

पोखरा, २ भदौ।पछिल्लो समयमा सुन्दरी प्रतियोगिताको बाढी नै चलेको छ। स्थानीयस्तर बाट होस् वा राष्ट्रिय स्टरबाट महिनैपिच्छे कार्यक्रम भइराखेका छन्। शनिबार पोखरामा मिस टिन नेपाल २०१३ को लागि अडिसन सम्पन्न भयो दि फेशन प्लस, काठमाडौंले गर्न लागेको उक्त सुन्दरी प्रतियोगिताको लागि पोखराका आठ जना सुन्दरीले अडिसन दिएका थिए। सञ्चारकर्मी तथा कोरियोग्राफर सुरज थापामगर, आयोजकका मिमोह श्रेष्ठ, सौर्न्दर्यकर्मी एवं आईरिस हेयर… पुरा पढौ

डिसिलाई पोखरा व्याटलफिल्ड फुटसल उपाधि

पोखरा, १ भदौ।पोखराको डिसि युनाइटेडले प्रथम पोखरा व्याटलफिल्ड फुटसल कप-२०७० को उपाधि जितेको छ।  फाइनलमा आयोजक पोखरा ब्याटलफिल्ड प्रालिको टोलीलाई ३-० गोलअन्तरले पराजित गरी उपाधिसहित डिसिले २५ हजार पुरस्कार जितेको हो। उपविजेता पोखरा ब्याटलफिल्डले १० हजार पायो। लेकसाइडस्थित पोखरा ब्याटलफिल्ड प्रालिको इण्डोर मैदानमा शनिबार बेलुका सम्पन्न फाइनलमा डिसिको जितमा विवेक गुरूङले दुर्इ र रोशन हिराचनले एक गोल गरे। विजयी खेलाडीहरूलाई… पुरा पढौ

पोखरा व्याटलफिल्ड प्रालिको उद्घाटन, प्रथम पोखरा व्याटलफिल्ड फुटसल कप-२०७० सुरु

पोखरा, ३२ साउन। पोखरामा पहिलोपटक पेण्टबल र फुटसल खेल भित्राएको पोखरा व्याटलफिल्ड प्रालिले उद्घाटन अवसरमा प्रथम पोखरा व्याटलफिल्ड फुटसल कप-२०७० सुरु गरेको छ। पोखरामै पहिलोपटक आयोजित फुटसल (इण्डोर फुटबल) प्रतियोगितामा भाग लिन कास्कीसहित बाग्लुङ, काठमाडौ, तनहुँका विभिन्न टिम पोखरा आएका छन्। चार दिनसम्म चल्ने प्रतियोगितामा ४१ टिमको सहभागिता छ। फाइभ ए साइड खेलाइने सो प्रतियोगितामा खेलाडीहरुले पहिलोपटक इण्डोर फुटबल खेल्न पाउँदा… पुरा पढौ

बाटुलेचौरमा भदौको तेस्रो साता तीज मेला

पोखरा, ३० साउन।विभिन्न अवसरमा मेला र महोत्सव भइरहने पोखरामा भदौको तेस्रो साता बाटुलेचौर तीज मेला हुने भएको छ। बाटुलेचौर तीज मेला-२०७० मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १५ गतेबाट भदौ २३ गतेसम्म मेला हुने जानकारी दिएको हो। स्थानीय लोक संस्कृति, परम्परा र मौलिकताको जगेर्ना गर्ने, ऐतिहासिक थलो बाटुलेचौर मैदान र महेन्द्रगुफा र चमेरो गुफाको प्रचार-प्रसार गरी वडा… पुरा पढौ

‘क्यान्सरसँगको मेरो जीवन यात्रा’ विमोचन

पोखरा, २६ साउन।साहित्यकार अनिता शर्मा काफ्लेद्वारा लिखित क्यान्सरसँगको मेरो जीवन यात्रा नामक कृति शनिबार एक समारोहबीच विमोचन भयो। तनहुँ सर्म्पर्क समाजद्वारा प्रकाशित उक्त कृतिको अन्तरसमाज महासङ्घ नेपालका अध्यक्ष नीलकण्ठ शर्माले विमोचन गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि शर्माले लेखिका अनिता ज्यूँदो शहीद भएको उल्लेख गर्दै आत्मबलकै कारण क्यान्सरमाथि विजय गरेर कृति समेत लेखी लाखौं मानिसलाई पथप्रदर्शन गरेको बताए। शर्माले भने-'क्यान्सर… पुरा पढौ

प्रेमको बकपत्रबारे अन्तरक्रिया, नेपाली कविता कमजोर छैन – श्रेष्ठ

पोखरा, १९ साउन।कवि शशी थापा पण्डितद्वारा लिखित 'प्रेमको बकपत्र’ बारे शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आदिकवि भानुभक्त आचार्यको द्विशतवाषिर्कीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले उक्त कृति प्रकाशनमा ल्याएको हो। श्रृङ्खलाबद्ध प्रेमका कविता रहेको उक्त कृतिमा ४७ वटा कविता सङ्ग्रहित छन्। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा भएको अन्तरक्रियामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तीथ श्रेष्ठले… पुरा पढौ

पोखरामा राधिका गुरागाईको कविता वाचन

पोखरा, १८ साउन।विराटनगरमा क्रियाशील कवि राधिका गुरागाईले शुक्रबार पोखराका साहित्यकार र साहित्यप्रमीलाई आफ्ना डेढ दर्जन कविता सुनाइन्। लोककवि अलि मियाँको सातौं स्मृति दिवसको सर्न्दर्भमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान कास्कीले गुरागाईको एकल कवितावाचन आयोजना गरेको हो। गुरागाईको मौन आकृति नामको कविता सञ्चयन प्रकाशित छ। कार्यक्रममा उनलाई तीर्थ श्रेष्ठ, सरस्वती प्रतिक्षा,र्र् इश्वरमणि अधिकारीले एक-एक कवितावाचन गरेर सघाएका थिए। कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ… पुरा पढौ