कला/मनोरन्जन

शिवको ‘विगत’ श्रोतामाझ

पोखरा, २० असोज। 'जीवनमा सबै कुरा सङ्गीतपूर्ण हुनुपर्छ जस्तो मलाई लाग्दैन’ प्राज्ञ सरूभक्तको यो भनाइ गीतकार शिव शर्मा 'चञ्चल’को सांगीतिक यात्रामा पनि लागू हुन्छ। चञ्चल उपनाम राखेका उनको एकल सिर्जना रहेको गीति एल्बम 'विगत’को आइतबार प्राज्ञ सरूभक्तले लोकार्पण गरे। एल्बममा रहेका गीतहरूमा गम्भीर शब्द र सङ्गीत सुन्न पाइन्छ। एल्बम लोकार्पणपछि बोल्दै प्रमुख अतिथि सरूभक्तले पत्रकारिता साहित्यको लागि प्रशिक्षणस्थल सावित हुने… पुरा पढौ

रश्मी भइन् मिस पोखरा

पोखरा, १८ असोज।मिस पोखरा २०१३ को उपाधि २० वषीया रश्मी अधिकारीले जितेकी छन्। मिस पोखराको सँस्करणमा उनी छैटौँ नम्बरको मिस पोखरा बनिन्। उपाधिसंगै उनले नगद ५० हजार रूपैयाँ र स्कुटर प्राप्त गरिन्। मिस पोखरा बनेकी अधिकारीले आगामी मिस नेपालमा सोझै सहभागिता जनाउन पाउनेछिन्। मिस पोखरा बनेकी अधिकारी हाल नर्सिङ विषय लिएर अध्ययनरत छिन्। मिस पोखराको यो सँस्करणमा फस्ट रनरअपको उपाधि… पुरा पढौ

शिुशुवामा नवदुर्गा महोत्सव हुने

पोखरा, १८ असोज।बडा दसैँको अवसरमा लेखनाथ नग।पालिका वडा नं ८ शिशुवामा नवदुर्गा महोत्सव हुने भएको छ। शिव मन्दिर ब्यवस्थापन समितिको आयोजनामा लेखनाथमै पहिलोपटक नवदुर्गा महोत्सव हुन लागेको हो। नवदुर्गाको मन्दिर यही १९ गते घटस्थापनाको दिन स्थापना गरी, विभिन्न झाँकी र र्‍यालीसहित नवदुर्गा महोत्सव मनाइने व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर जमरकटटेलले जानकारी दिए। अध्यक्ष जमरकटेलका अनुसार घटस्थापनादेखि विजया दशमीको दिनसम्म मन्दिरमा नित्य… पुरा पढौ

मितेरी नारी समूहद्वारा कलाकारलाई आर्थिक सहयोग

पोखरा, १४ असोज।लेकसाइडको मितेरी नारी समूहले पोखराको कोमागाने पार्कमा मूर्र्त्ति निर्माणमा जुटेका कलाकार समूहलाई सहयोग गरेको छ। समूहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्लगायतको आयोजनामा भैहरेको मूर्र्त्तिकला कार्यशालामा सहभागी कलाकारलाई सोमबार बिहानको खाजा र नगद पाँच हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेको हो। समूहका अध्यक्ष कल्पना पहारीले एक समारोहबीच सो रकम पोखरा पर्यटन परिषद्का… पुरा पढौ

लेकसाइडमा एनसेल मेला आज

पोखरा, १० असोज।एक करोड ग्राहक संख्या पुगेको उपलक्ष्यमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न एनसेलले शुक्रबार पोखरामा मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला आयोजना गर्द्छ। नजिकिएका विभिन्न चार्डपर्वको मौसमको पूर्वसन्ध्यामा देशका सात प्रमुख सहरमा मेलाको आयोजना गर्ने क्रममा एनसेलले अन्तर्राष्ट्रिय पर्यटन दिवस समेत मनाउन लेकसाइडमा एनसेल मेलाको आयोजना गर्न लागेको हो। 'एक करोड बढी ग्राहकले हामीमाथि देखाउनु भएको विश्वासको लागि धन्यवाद… पुरा पढौ

मिस डायनामिकको उपाधि सानियालाई

पोखरा, ५ असोज।स्टार टीम वर्कको आयोजनामा भएको मिस डायनामिक-२०७० को उपाधि सानिया सुनारले जितेकी छिन्। शनिबार अबेर पोखरा सभागृहमा सम्पन्न प्रतियोगितामा १३ जनालाई पछि पार्दै पोखरा एयरपोर्टकी २० वर्षीया सुनारले उपाधिसहित हाडर्फार्ड फेन्सिङ स्कुटर प्राप्त गरिन्। उनले भाषणकलासहित दुर्इ टाइटल उपाधि पति आफ्नै पोल्टामा पारिन्। प्रतियोगितामा फस्ट रनर अप लेखनाथकी अनु गहतराज र सेकेण्ड रनर अप स्याङ्जा फेदिखोलाकी सुजता परियार… पुरा पढौ

टुबोर्ग लाउड कर्न्र्सटमा झुमे पोखरेली युवायुवती

पोखरा, ५ असोज।पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शनिबार दिउँसैदेखि युवायुवतीको भीड देखिन्थ्यो। यहाँका स·ीतप्रेमीलाई लक्षित गर्दै चर्चित ब्याण्डहरू पोखरेलीमाझ भित्रिएपछि पोखरेली युवायुवती जोडी तथा साथीभाइसँगै कर्न्र्सटमा झुम्मिन शनिबार साँझैसम्म लाइनमै देखिन्थे। आयोजकलाई टिकट काट्न तथा सुरक्षाकर्मीलाई भ्याइनभ्याइ नै थियो। पोखरामा लामो समयपछि टुबोर्ग स्टेज लेट्स गेट लाउड कर्न्र्सट आयोजना भएपछि आफूलाई मनपर्ने गायक तथा ब्याण्डसँगै झुम्मिन पोखरेली प्रदर्शनी केन्द्र धाएका थिए।… पुरा पढौ

मःमः मेलामा ४५ हजार दर्शक

पोखरा, ५ असोज।पोखरामा पहिलोपटक आयोजित मःमः मेला २०७० को ४५ हजार दर्शकले अवलोकन गरेका छन्। ट्रेनर नेपाल पोखराले पोखरेलीलाई भिन्न स्वाद दिनका शुक्रबारदेखि पोखराको पृथ्वीचोकस्थित पोखरा मल पसिरमा मेला आयोजना गरेको थियो। दुर्इ दिनसम्म चलेको मेलाको करिब ४५ हजार जनाले अवलोकन गरेको ट्रेनर नेपालका अध्यक्ष तथा कार्यक्रम सयोजक रविन गुरुङले जानकारी दिएका छन्। परिचय एड्भरटाइजिङको प्रवर्द्धन एवं प्रफेक्ट कन्स्ट्रक्सन इन्जिनियरिङको… पुरा पढौ

मःमः मेला आजदेखि

पोखरा, ३ असोज।ट्रेनर नेपाल पोखराले पोखरेलीलाई भिन्न स्वाद दिनका लागि पोखरामा नै पहिलो पटक शुक्रबारदेखि मःमः मेला-२०७० आयोजना गर्दैछ। '१५ थरिका मःम एकै ठाउँमा’ भन्ने उद्घोषका साथमा ट्रेनर नेपालको आयोजनामा पोखरा मलको सहकार्यमा पोखरा मल परिसर, पृथ्वीचोकमा मेला हुनेछ। मेला दुर्इ दिनसम्म चल्नेछ। मेलाको सम्पूर्ण तयारी पूरा भएको ट्रेनर नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए। मेलाको पोखरा… पुरा पढौ

मःमः मेला शुक्रबारदेखि

पोखरा, २ असोज।ट्रेनर नेपाल पोखराले पोखरेलीलाई भिन्न स्वाद दिनका लागि पोखरामा नै पहिलो पटक गर्न लागेको मःमः मेला-२०७० शुक्रबारदेखि सुरु हुँदैछ। '१५ थरीका मःम एकै ठाउँमा’ भन्ने उद्घोषका साथमा ट्रेनर नेपालको आयोजना, पोखरा मलको सहकार्यमा यही असोज ४ र ५ गते पोखरा मल परिसर पृथ्वीचोकमा हुने मःम मेला २०७० को  अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रविन गुरुङले जानकारी दिएका छन्।… पुरा पढौ