कला/मनोरन्जन

लोकदोहोरी गायक प्रजापति सम्मानित

पोखरा, ६ वैशाख। लोकदोहोरी गायक प्रजापति पराजुलीलाई गन्तव्य धम्पुस महोत्सवमा सम्मान गरिएको छ । लोकदोहोरी संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याएकोमा आयोजक लाली गुराँस युवा क्लबले पराजुलीलाई दोसल्ला ओढाउँदै मायाको चिनो प्रदान गरेको थियो । प्रदेश सदस्य इन्द्रधारा बिष्ट, लालीगुराँस युवा क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पराजुलीलाई बिहीबार महोत्सव स्थलमा सम्मान गरेका हुन् । यता, महोत्सवमा बिहीबार पुरुष भलिबलतर्फ ४ खेल सम्पन्न भए । पहिलो… पुरा पढौ

उत्प्रेरणा सांगीतिक मञ्चमा बाल प्रतिभा 

पोखरा, ६ वैशाख । नयाँ वर्ष अवसरमा उत्प्रेरणा सांगीतिक मञ्चमा सय भन्दा बढी बालबालिकालेे प्रतिभा देखाएका छन् । जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कूलले आयोजना गरेको उक्त कार्यक्रममा करिब सय जना बालबालिकाले विभिन्न प्रस्तुति राखेको सेन्टरका प्रबन्ध निर्देशक एवं गायक विनित जोजिजूले बताए। विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा रुची बढाउने उद्देश्यले चित्रकला, गीत संगीत, नृत्य, उत्प्रेरणा जगाउने, उद्घोषण लगायत कृयाकलाप सिकाउने उद्देश्यले तीन हप्ते कोर्ष… पुरा पढौ

लालीगुराँस महोत्सव शुरु

हेमजा, ४ वैशाख ।'धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान, आन्तरिक तथा बाहय पर्यटन प्रवर्द्घन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ माछापुच्छे्र गाउँपालिका-७, धम्पुसमा मंगलवारदेखि गन्तव्य धम्पुस लालीगुराँस महोत्सव-२०७५ शुरु भएको छ । महोत्सव उद्घाटन गर्दै प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको विकासको मुख्य आधार पर्यटन भएको बताए । मन्त्री लम्सालले प्रदेशको नीति तथा कार्यक्रममा पर्यटनपछि उर्जा, कृषि र… पुरा पढौ

पोखरामा पर्यटक दौड

पोखरा, ३० चैत । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा जारी १५ औं फेवा नव वर्ष महोत्सवअन्तर्गत शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगितामा नेदरल्याण्डका विल प्रथम भएका छन् । ८० जना सहभागी प्रतियोगितामा सोही देशका जोर्न भ्यान द्वितीय र बेलायतका टम वुड्स तृतीय भए । महिला तर्फको छुट्टै मुल्यांकनमा वेलायतकी फिलिपा प्रथम, सोही देशकी जेनेला द्वितीय र फ्रान्सकी एमिलि तृतीय भएका छन् । पोखराको हल्लनचोक नजिक… पुरा पढौ

हेमकान्तीको एकल चित्र प्रदर्शनी

पोखरा, ३० चैत। उदीयमान चित्रकार हेमकान्ति गुरुङको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ। 'द जर्नी’ नामक चित्रकला प्रदर्शनीमा हेमकान्तीले कोरेका साना ठूला गरी ४० वटा चित्र प्रदर्शनीमा राखिएका छन्। महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा शुक्रबार सृजनशील कलाकार समूहले प्रदर्शनीको आयोजना गरेको हो। उनका चित्रमा एक्रेलिक र पानी रङ्गका माध्यमबाट बनाइएका चित्र प्रदर्शनीमा राखिएका छन्। पैयँुका फूललाई महिलाको जीवनसँग जोडेर चित्र कोरिएको… पुरा पढौ

फेवा नयाँ वर्ष महोत्सव शुरु

पोखरा, २८ चैत । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखराजस्ता पर्यटकीय क्षेत्र सधैँ खुला हुनुपर्ने बताएका छन् । पर्यटकीय क्षेत्रमा रात्रीसेवा नहुँदा पर्यटकलाई असर पर्ने भएकोले चौबीसै घण्टा खुला हुनुपर्ने अधिकारीको भनाइ छ । फेवाताल किनार कोमागाने पार्कमा बुधबारदेखि शुरु १५ औं फेवा नव वर्ष महोत्सव २०७५ उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले फेवाताल संरक्षणका लागि छुट्टै परियोजनाको काम अघि बढिसकेको… पुरा पढौ

वेगनासमा आजदेखि फिस फेस्टिभल

लेखनाथ, २८ चैत। लेखनाथस्थित होटल तथा रेष्टुरेष्ट एशोसिएसनले लेखनाथ क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बिहीबारदेखि चौथो फिस फेस्टिभल शुरु गर्दैछ । वेगनासतालमा वैशाख १ सम्म चल्ने फेस्टिभलमा २५ वटा स्टल रहनेछन्। फेस्टिभलमा करिब ७० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने तथा ४० लाख रुपैयाँको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । फेस्टिभलमा माछा तथा स्थानीय कृषि उत्पादनबाट बनेका विभिन्न परिकार, मोटरबोटमा ताल… पुरा पढौ

चोकासंग्रह ‘राजमहल’ लिएर आए देशभक्त

पोखरा, २८ चैत । चार महिनायता लगातार कृति सार्वजनिक गर्दैआएका देशभक्तसिंह कुँवरले फेरि चोकासंग्रह पाठकसमक्ष ल्याएका छन् । बहुआयामिक प्रतिभाका धनी कुँवरको चोकासंग्रह 'राजमहल’ प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार विमोचन गरे । मन्त्री गुरुङले प्रदेश ४ संस्कृति र साहित्यको धनी क्षेत्र भएको उल्लेख गर्दै यसको उचित संरक्षण हुनुपर्ने बताए। उनले सर्जकलाई राज्यले सम्मान गर्नुपर्ने बताउँदै स्रष्टा कुँवरलाई… पुरा पढौ

शिक्षा तथा समाजसेवी हेरम्ब अब महाकाव्यमा

पोखरा, २४ चैत । कोइराला सेवा समाज नेपाल जिल्ला कार्यसमिति कास्कीको १८ औं वाषिर्क साधारण सभा अवसरमा शनिबार हेरम्ब महाकाव्य विमोचन गरिएको छ । कवि रामनाथ अधिकारी संगीद्वारा रचित समाजका अगुवा शिक्षासेवी हेरम्व कोइरालाको जीवनीमा आधारित सो महाकाव्य संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले विमोचन गरेका हुन् । महाकाव्यमा ५ सय ९२ पृष्ठ, २ हजार ६ सय ३० श्लोक र २५ वटा छन्द… पुरा पढौ

हेमजामा आलु महोत्सव सुरु

हेमजा, २२ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव-२०७४ शुरु भएको छ। 'सुन्दर ठाउँ हेमजा जाऔ, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक’ मूलनाराका साथ स्थानीय विष्णुुपादुका क्लब तथा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाइको आयोजनामा शुरु महोत्सव चैत ३० सम्म चल्नेछ। महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए। गुरुङले उत्पादन बढेमात्रै नेपाली… पुरा पढौ