कला/मनोरन्जन

विग आइकनमा एक सय ३० जना दोस्रो चरणमा

पोखरा, २१ जेठ।पोखरामा जारी चौथो संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड विग आइकनको पहिलो चरणको अडिसन म·लबार सम्पन्न भएको छ। चार दिनसम्म भएको अडिसनबाट एक सय ३० जनाले अघिल्लो चरणको लागि ग्रिन कार्ड प्राप्त गरेको आयोजक वीग एफमका अध्यक्ष महेश भण्डारीले जनाए। उनका अनुसार पहिलो चरणको अडिसनमा ४८ जिल्लाबाट सात सय ७० जनाले सहभागिता जनाएका थिए। ग्रीन कार्ड प्राप्त गरेका सम्पूर्ण प्रतिस्पर्धीले… पुरा पढौ

हेमजा एफएमको परीक्षण प्रसारण

ढिकुरपोखरी, २० जेठ।हेमजा सञ्चार सहकारी संस्था लिमिटेड कास्की हेमजाको पहलमा स्थापित सामुदायिक रेडियो हेमजा ८८.५ मेगाहर्जको परीक्षण प्रसारण सुरू भएको छ। राधाकृष्ण मन्दिर लामेआहाल लेखनाथका पण्डित महन्त लक्ष्मीशरण उपाध्याय एवं महाकाव्यकार जर्नादन शरण त्रिपाठीले सयुक्तरूपमा स्वस्तीवाचन गराई तीन कन्याबाट रेडियोको जिङ्गल बजाएर परीक्षण प्रसारणको सुरूवात गरेका थिए। सो अवसरमा बोल्दै सञ्चारकर्मी परशुराम अधिकारी, हेमजा सञ्चार सहकारी संस्थाका अध्यक्ष अरूणस्तोप त्रिपाठी,… पुरा पढौ

चित्रकला प्रतियोगितामा तिलष्मी प्रथम

पोखरा, १९ जेठ।अन्नपूर्ण आरोहण दिवसको अवसरमा वि दि अन्नपूर्णाज्ले आइतबार आयोजना गरेको अन्नपूर्ण र पर्यावरण शीर्षकमा विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा टप्स उच्च माविकी तिलष्मी गुरुङ प्रथम भएकी छिन्। विभिन्न विद्यालयका ४३ जना विद्यार्थी सहभागी प्रतियोगितामा ग्लोबल कलेजियटका देवान गुरुङ द्वितीय, शिशु निकेतनका अभिषेक पौडेल तृतीय तथा टप्सकै हरि गुरुङले सान्त्वना स्थान प्राप्त गरे। प्रतियोगिताको निर्णायकमा एलपी गुरुङ, क्षेत्रलाल कायस्थ गोपाल श्रेष्ठ… पुरा पढौ

आश्विनीलाई मिस थकाली नेपालको उपाधि

पोखरा, १८ जेठ। थकाली भाषा र संस्कृतिको सर्म्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेनर नेपालको आयोजनामा आयोजित पहिलो मिस थकाली नेपालको उपाधि आश्विनी थकालीले हात पारेकी छन्। पोखराको सभागृह हलमा शनिबार भएको फाइनल चरणको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिन सफल भएकी हुन्। उपाधिसँगै उनले नगद ५० हजार नगद हात पार्न पनि सफल भइन्। यस्तै गरी प्रतियोगितामा सन्ध्या गौचन… पुरा पढौ

अधिकारीको ‘झटारो’ लोकार्पण

पोखरा,१८ जेठ।साहित्यकार तीर्थराज अधिकारीको मुक्तक सङ्ग्रह 'झटारो’ पोखरामा शनिबार एक समारोहका बीच लोकार्पण भयो। सङ्ग्रहको कवि तेजनाथ घिमिरे र प्राज्ञ सरुभक्तले संयुक्त रूपमा लोकार्पण गरेका थिए। त्यस अवसरमा कवि घिमिरेले साहित्य कला र सङ्गीतले मानिस सुसंस्कृत हुने बताए। साथै उनले बुझ्नेका लागि साहित्य अमूल्य कुरा भएको र नबुझ्नेले अनुत्पादक मान्ने गरेको उल्लेख गरे। प्राज्ञ सरुभक्तले २०३५ सालमा पोखरामा टिकटमा मुक्तक… पुरा पढौ

दोस्रो राष्ट्रिय हाइलाइटस् नेपाल लोकदोहोरी अवार्ड-२०७० हुने

पोखरा, १७ जेठ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौले आगामी जेठ ३१ गते दोस्रो राष्ट्रिय हाइलाइट्स नेपाल लोकदोहोरी अवार्ड-२०७०को आयोजना गर्ने भएको छ। 'हाम्रो अभियान, अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ भन्ने नारामा साथ हुने उक्त अवार्ड विभिन्न १९ विधामा प्रदान गरिनेछ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना… पुरा पढौ

मिस थकाली नेपालको तयारी पूरा

पोखरा, १६ जेठ।थकाली भाषा र संस्कृतिको सर्म्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेनर नेपालको आयोजना र थाक पाँच गाउँ उद्धार समितिको मुख्य प्रायोजन तथा युनाईटेड वर्ल्ड ट्रेड सेन्टरको सहप्रायोजनमा तथा  ग्रिन प्लाई उडको सहयोगमा पहिलो मिस थकाली नेपालको ग्रााण्ड फाइनल शनिबार पोखरा सभागृह हलमा हुँदैछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक रविन गुरुङले जानकारी दिए। जेठ १८ गते पोखरा सभागृहमा… पुरा पढौ

प्रथम मिसेज पोखरा-२०७० सुरु

पोखरा, १५ जेठ।पोखराको एक इभेण्ट्स कम्पनी इभेण्ट्स फोर यू नेपाल प्रालिले विवाहित महिलाप्रति लक्षित गरी प्रथम मिसेज पोखरा-२०७० सुरु गरेको छ। गृहिणी अब घर गृहस्थीमा मात्र होइन, समाज र राष्ट्र विकासमा पनि सक्रिय हुन सक्छन् भन्ने उद्देश्य लिएर गर्न लागेको सो कार्यक्रममा विवाहित महिलाको प्रतिभा, सुन्दरता र क्षमताको आधारमा प्रतियोगिता गराइने जानकारी इभेण्ट्स फोर यूका प्रबन्ध निर्देशक विशाल गुरुङले जानकारी… पुरा पढौ

प्रतिष्ठानद्वारा धादिङका स्रष्टाहरू सम्मानित

धादिङ, १२ जेठ। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराद्वारा धादिङका तीन स्रष्टा सम्मानित भएका छन्। सम्मानित हुने साहित्यकारमा  डिल्लीरमण शर्मा अर्याल, हरि खनाल र दामोदर नलाङी छन्। आदिकवि भानुभक्त आचार्यको दुर्इ शतवाषिर्की तथा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानको नवौँ वाषिर्कोत्सवको अवसरमा उक्त सम्मान गरिएको हो। धादिङवेसीस्थित नीलकण्ठ क्याम्पसको सभाकक्षमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि  प्राध्यापक डा. रविलाल अधिकारी र विशेष… पुरा पढौ

शाकाहारी जीनवशैलीबारे नयाँ कृति बजारमा

पोखरा, ९ जेठ।कस्तो हुन्छ शाकाहारी जीवन शैली - नामक पुस्तक पोखराको बजारमा पनि आइपुगेको छ। शाकाहारी जीवनशैली : हाम्रो आवश्यकता र रोचक वास्तविकताहरुको उल्लेखसहित प्रकाशित उक्त पुस्तकका लेखक भक्तबहादुर क्षत्री हुन्। क्षेत्री कास्कीकै घाचोक गाविसका हुन्। प्रकाशक सरिता देवी क्षत्री रहेको उक्त पुस्तक १७२ पृष्ठको र मूल्य ३१५।- रहेको छ। शुभ र शान्तिका लागि शाकाहारी जीवन शैली भन्ने नारा तथा… पुरा पढौ