कला/मनोरन्जन

अधिकारीको ‘झटारो’ लोकार्पण

पोखरा,१८ जेठ।साहित्यकार तीर्थराज अधिकारीको मुक्तक सङ्ग्रह 'झटारो’ पोखरामा शनिबार एक समारोहका बीच लोकार्पण भयो। सङ्ग्रहको कवि तेजनाथ घिमिरे र प्राज्ञ सरुभक्तले संयुक्त रूपमा लोकार्पण गरेका थिए। त्यस अवसरमा कवि घिमिरेले साहित्य कला र सङ्गीतले मानिस सुसंस्कृत हुने बताए। साथै उनले बुझ्नेका लागि साहित्य अमूल्य कुरा भएको र नबुझ्नेले अनुत्पादक मान्ने गरेको उल्लेख गरे। प्राज्ञ सरुभक्तले २०३५ सालमा पोखरामा टिकटमा मुक्तक… पुरा पढौ

दोस्रो राष्ट्रिय हाइलाइटस् नेपाल लोकदोहोरी अवार्ड-२०७० हुने

पोखरा, १७ जेठ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौले आगामी जेठ ३१ गते दोस्रो राष्ट्रिय हाइलाइट्स नेपाल लोकदोहोरी अवार्ड-२०७०को आयोजना गर्ने भएको छ। 'हाम्रो अभियान, अग्रजलाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ भन्ने नारामा साथ हुने उक्त अवार्ड विभिन्न १९ विधामा प्रदान गरिनेछ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना… पुरा पढौ

मिस थकाली नेपालको तयारी पूरा

पोखरा, १६ जेठ।थकाली भाषा र संस्कृतिको सर्म्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेनर नेपालको आयोजना र थाक पाँच गाउँ उद्धार समितिको मुख्य प्रायोजन तथा युनाईटेड वर्ल्ड ट्रेड सेन्टरको सहप्रायोजनमा तथा  ग्रिन प्लाई उडको सहयोगमा पहिलो मिस थकाली नेपालको ग्रााण्ड फाइनल शनिबार पोखरा सभागृह हलमा हुँदैछ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक रविन गुरुङले जानकारी दिए। जेठ १८ गते पोखरा सभागृहमा… पुरा पढौ

प्रथम मिसेज पोखरा-२०७० सुरु

पोखरा, १५ जेठ।पोखराको एक इभेण्ट्स कम्पनी इभेण्ट्स फोर यू नेपाल प्रालिले विवाहित महिलाप्रति लक्षित गरी प्रथम मिसेज पोखरा-२०७० सुरु गरेको छ। गृहिणी अब घर गृहस्थीमा मात्र होइन, समाज र राष्ट्र विकासमा पनि सक्रिय हुन सक्छन् भन्ने उद्देश्य लिएर गर्न लागेको सो कार्यक्रममा विवाहित महिलाको प्रतिभा, सुन्दरता र क्षमताको आधारमा प्रतियोगिता गराइने जानकारी इभेण्ट्स फोर यूका प्रबन्ध निर्देशक विशाल गुरुङले जानकारी… पुरा पढौ

प्रतिष्ठानद्वारा धादिङका स्रष्टाहरू सम्मानित

धादिङ, १२ जेठ। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराद्वारा धादिङका तीन स्रष्टा सम्मानित भएका छन्। सम्मानित हुने साहित्यकारमा  डिल्लीरमण शर्मा अर्याल, हरि खनाल र दामोदर नलाङी छन्। आदिकवि भानुभक्त आचार्यको दुर्इ शतवाषिर्की तथा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानको नवौँ वाषिर्कोत्सवको अवसरमा उक्त सम्मान गरिएको हो। धादिङवेसीस्थित नीलकण्ठ क्याम्पसको सभाकक्षमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि  प्राध्यापक डा. रविलाल अधिकारी र विशेष… पुरा पढौ

शाकाहारी जीनवशैलीबारे नयाँ कृति बजारमा

पोखरा, ९ जेठ।कस्तो हुन्छ शाकाहारी जीवन शैली - नामक पुस्तक पोखराको बजारमा पनि आइपुगेको छ। शाकाहारी जीवनशैली : हाम्रो आवश्यकता र रोचक वास्तविकताहरुको उल्लेखसहित प्रकाशित उक्त पुस्तकका लेखक भक्तबहादुर क्षत्री हुन्। क्षेत्री कास्कीकै घाचोक गाविसका हुन्। प्रकाशक सरिता देवी क्षत्री रहेको उक्त पुस्तक १७२ पृष्ठको र मूल्य ३१५।- रहेको छ। शुभ र शान्तिका लागि शाकाहारी जीवन शैली भन्ने नारा तथा… पुरा पढौ

प्रतिष्ठानले धादिङका स्रष्टाहरूको सम्मान गर्ने

पोखरा, ८ जेठ।अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले धादिङ जिल्लाका स्रष्टाहरूको सम्मान गर्ने भएको छ। प्रतिष्ठानले आफ्नो नवौं वाषिर्कोत्सव तथा आदिकवि भानुभक्त आचार्यको दुर्इ शतवाषिर्कीको अवसर पारेर उक्त सम्मान कार्यक्रम गर्न लागेको हो। धादिङवेसीमा शुक्रबार एक समारोहबीच धादिङका साहित्यकारहरू डिल्लीरमण शर्मा अर्याल, दामोदर तिमिल्सिना र हरि  खनाललाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। कार्यक्रमका लागि पोखराबाट प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको नेतृत्वमा… पुरा पढौ

कवि प्रतीक्षाको वागी सारङ्गीको परिचर्चा

पोखरा, ४ जेठ।पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा शनिबार कवि सरस्वती प्रतीक्षाको कविता सङ्ग्रह बागी सारङ्गीको परिचर्चा गरिएको छ। परिचर्चा कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा.सुधा त्रिपाठीले कवि प्रतीक्षामा कविता लेख्ने परिपक्वता बढ्दै गएको बताउँदै सशक्त कविको रूपमा स्थापित भएको बताइन्। समालोचक गीता त्रिपाठीले आफूले लेखेका कविताको आफै समीक्षा गर्ने सक्ने कविको रूपमा रहेको बताइन्। प्रा.डा.पशुपतिनाथ तिमल्सेनाले कविले कवितामार्फत् समकालीन युगको समस्याको… पुरा पढौ

पोखरामा गजल उत्सव सम्पन्न

पोखरा, २८ वैशाख।गजल उत्सव शनिबार पोखरामा सम्पन्न भएको छ। गजल सन्ध्या पोखराले आयोजना गरेको उक्त उत्सवको प्राज्ञ बूँद रानाले गजल वाचन गरी उद्घाटन गरेका थिए। कार्यक्रममा डा. टीकाराम भण्डारी, रुपिन्द्र प्रभावी कटु, कपिल अञ्जान, पुष्प अधिकारी ‘अञ्जलि’, भावना पाठक, अमला अधिकारी, बाबु त्रिपाठी, पुरु लम्साल, मानिस, कपिल शर्मा सञ्जोग, उदीपराज ढुङ्गाना, समर प्रकाश, सरस्वती प्रतीक्षालगायतले गजल वाचन गरेका थिए। सो… पुरा पढौ

राष्ट्रिय पर्यटन मेलामा पोखराका व्यवसायी सहभागी

पोखरा, २८ वैशाख।काठमाडौमा शुक्रबारदेखि सुरु पाँचौं राष्ट्रिय पर्यटन मेलामा पोखराका पर्यटन व्यवसायीले पनि सहभागिता जनाएका छन्। पोखरा पर्यटन परिषद्का पदाधिकारीसहित यहाँका व्यवसायी मेलामा सहभागी भएका हुन्। परिषद्का उपाध्यक्ष बसन्तराज दवाडीको नेतृत्वमा पर्यटन व्यवसायीहरू मेलामा सहभागी हुन राजधानी गएका छन्। टोलीमा परिषद्का उपाध्यक्ष दवाडीसहित महासचिव चिरञ्जीवी पोखरेल, कोषाध्यक्ष रामु गौतमलगायतका छन्। मेला आइतबारसम्म चल्नेछ। परिषद्का उपाध्यक्ष दवाडीका अनुसार मेलामा हवाई खेलकुद… पुरा पढौ