कला/मनोरन्जन

बाटुलेचौरमा भदौको तेस्रो साता तीज मेला

पोखरा, ३० साउन।विभिन्न अवसरमा मेला र महोत्सव भइरहने पोखरामा भदौको तेस्रो साता बाटुलेचौर तीज मेला हुने भएको छ। बाटुलेचौर तीज मेला-२०७० मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १५ गतेबाट भदौ २३ गतेसम्म मेला हुने जानकारी दिएको हो। स्थानीय लोक संस्कृति, परम्परा र मौलिकताको जगेर्ना गर्ने, ऐतिहासिक थलो बाटुलेचौर मैदान र महेन्द्रगुफा र चमेरो गुफाको प्रचार-प्रसार गरी वडा… पुरा पढौ

‘क्यान्सरसँगको मेरो जीवन यात्रा’ विमोचन

पोखरा, २६ साउन।साहित्यकार अनिता शर्मा काफ्लेद्वारा लिखित क्यान्सरसँगको मेरो जीवन यात्रा नामक कृति शनिबार एक समारोहबीच विमोचन भयो। तनहुँ सर्म्पर्क समाजद्वारा प्रकाशित उक्त कृतिको अन्तरसमाज महासङ्घ नेपालका अध्यक्ष नीलकण्ठ शर्माले विमोचन गरेका थिए। त्यस अवसरमा प्रमुख अतिथि शर्माले लेखिका अनिता ज्यूँदो शहीद भएको उल्लेख गर्दै आत्मबलकै कारण क्यान्सरमाथि विजय गरेर कृति समेत लेखी लाखौं मानिसलाई पथप्रदर्शन गरेको बताए। शर्माले भने-'क्यान्सर… पुरा पढौ

प्रेमको बकपत्रबारे अन्तरक्रिया, नेपाली कविता कमजोर छैन – श्रेष्ठ

पोखरा, १९ साउन।कवि शशी थापा पण्डितद्वारा लिखित 'प्रेमको बकपत्र’ बारे शनिबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आदिकवि भानुभक्त आचार्यको द्विशतवाषिर्कीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले उक्त कृति प्रकाशनमा ल्याएको हो। श्रृङ्खलाबद्ध प्रेमका कविता रहेको उक्त कृतिमा ४७ वटा कविता सङ्ग्रहित छन्। अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा भएको अन्तरक्रियामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तीथ श्रेष्ठले… पुरा पढौ

पोखरामा राधिका गुरागाईको कविता वाचन

पोखरा, १८ साउन।विराटनगरमा क्रियाशील कवि राधिका गुरागाईले शुक्रबार पोखराका साहित्यकार र साहित्यप्रमीलाई आफ्ना डेढ दर्जन कविता सुनाइन्। लोककवि अलि मियाँको सातौं स्मृति दिवसको सर्न्दर्भमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान कास्कीले गुरागाईको एकल कवितावाचन आयोजना गरेको हो। गुरागाईको मौन आकृति नामको कविता सञ्चयन प्रकाशित छ। कार्यक्रममा उनलाई तीर्थ श्रेष्ठ, सरस्वती प्रतिक्षा,र्र् इश्वरमणि अधिकारीले एक-एक कवितावाचन गरेर सघाएका थिए। कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ… पुरा पढौ

अब पालो मिस दलितको

पोखरा, १८ साउन।नेपालमै पहिलोपटक मिस दलित आयोजना गरिने भएको छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको आयोजना एवं टे्रनर नेपालको सहकार्यमा पोखरामा मिस दलितको आयोजना हुने भएको हो। पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मिस दलितकी कार्यक्रम संयोजक नीशा सुनारले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको विधानमा रही मिस दलितको आयोजना गर्न लागेको बताइन्। सुनारले अविवाहित, नेपाली, प्रवेशिका उत्तीर्ण, न्युनतम पाँच… पुरा पढौ

फिस्टेलमा विग आइकन मुस्कानको सम्मान

पोखरा, १३ साउन।पोखराको पार्दीस्थित फिस्टेल उमाविले आइतबार एक कार्यक्रमको चौथो विग आइकनकी विजेता मुस्कान रानाभाटलाई सम्मान तथा बधाई ज्ञापन गर्‍यो। विजेता सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छिन्। सम्मान गर्दै विद्यालयका सस्थापक प्राचार्य चिनु रानाभाटले सानै देखि स·ीतमा रुचि राख्ने र विद्यालय स्तरीय गायन प्रतियोगितामा विजेता बनन सफल मुस्कानलाई विग आइकनको ताजले थप जिम्मेवारी थपिएको बताए। मुस्कानले आफूलाई स·ीतमा लाग्ने… पुरा पढौ

सविताले जितिन् मिसेस पोखराको उपाधि

पोखरा, १२ साउन।पोखरामा पहिलोपटक आयोजित मिसेस पोखराको उपाधि सविता पाण्डेले जितेकी छिन्। मिसेस क्याटवाकको उपाधि पनि आफ्नै पोल्टामा पारेकी सविताले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिसहित चाँदीको ताज पहिरिन सफल भइन्। प्रतियोगितामा फस्ट रनर अप आशा पहारी र सेकेण्ड रनर अप सविता बराल घोषित भए।पोखरा सभागृहमा शनिबार आयोजित फाइनलमा निर्णायक पूर्वमिस नेपाल निलिमा गुरुङको प्रश्नमा सविताले दिएको उत्तरबाट उपाधि आफ्नो… पुरा पढौ

पोखरा फिल्म सोसाइटीको अध्यक्षमा लामिछाने निर्वाचित

पोखरा, १२ साउन।पोखरा फिल्म सोसाइटीको दोस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा घनश्याम लामिछाने सर्वसम्मत् चयन भएका छन्। दुर्इ वर्षे कार्यकालका लागि सोसाइटीको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः दीपेश प्रधान, विष्णु गौतम, राजेन्द्र अधिकारी र दीपेन्द्र बास्तोला निर्वाचित भएका छन्। सदस्यमा सरोज सापकोटा, सर्वज्ञमान शाक्य, प्रकाश गुरुङ, पूजा गुरुङ, पुष्कर थापामगर, विना विक, महेश भाजु श्रेष्ठ र सागर शाह चयन भएका… पुरा पढौ

चलचित्र कलाकार कल्याण कोषका लागि रकम दिइन्छ : अध्यक्ष रेग्मी

काठमाडौँ, १० साउन। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चलचित्र कलाकार कल्याण अक्षयकोषका लागि विगत वर्षमा झै यस वर्ष पनि सरकारले रकम प्रदान गर्ने जानकारी दिएका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले कोषका लागि रु. एक-एक करोड प्रदान गरेका थिए। हाल सो कोषमा रु. तीन करोडसहित कलाकारबाट सङ्कलित रु. ४० लाखलगायत रु. तीन करोड ४० लाख जम्मा… पुरा पढौ

कृतनामृत भजन सङ्ग्रह लोकार्पण

पोखरा, ७ साउन।राष्ट्रिय परोपकार महासंघ नेपालको परोपकार भजन संकृतन उपसमितिले गुरुपूणिर्माका अवसरमा प्रकाशन गरेको 'कृतनामृत’ भजन सङ्ग्रहको सोमबार गुरुकूल आश्रममा लोकार्पण गरिएको छ। महासंघका केन्द्रीय अध्यक्ष युवापण्डित कमलनयन गौतमले उक्त पुस्तकको लोकार्पण गरेका हुन्। प्रमुख अतिथि गौतमले सङ्ग्रहको विमोचन गर्दै भक्तिमार्ग नै सवोर्युक्तमार्ग भएको दाबी गरे। भक्तिमार्ग भनेको जीवन सफल तुल्याउने मार्ग भएको धारणा व्यक्त गर्दै अझ कलियुगका बेलामा यो… पुरा पढौ