कला/मनोरन्जन

मदरल्याण्डमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम

पोखरा, १५ माघ। पोखरा-७ मा रहेको मदरल्याण्ड उच्च माविमा दुर्इ दिवसीय सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई नाटक, नृत्य, प्रहसन, गायन,अभिनयजस्ता विभिन्न विधामा सहभागी गराइएको थियो। कार्यक्रममा एक सय भन्दा बढी सामूहिक प्रस्तुतिहरू रहेका थिए। स-साना बालबालिकाको आफ्नै अभ्यास, खोजी, सिर्जना र व्यवस्थापनमा तयार गरिएका तीप्रस्तुतिहरू अनुभवी तथा तालिमप्राप्त प्रशिक्षकको सहयोगमा तयार गरिएका भन्दाकुनै कमी… पुरा पढौ

महोत्सको तेस्रो दिनसम्म २१ हजारको अवलोकन, ४५ लाखको कारोबार

वालिङ, १४ माघ। स्याङ्जाको वालिङ खेलमैदानमा जारी चौथो वालिङ महोत्सवमा आइतबार तेस्रो दिन पनि सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो। हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नाराका साथ आयोजित क्षेत्रीय औद्योगिक, कृषि, पर्यटन तथा व्यापार मेलामा आइतबारसम्म २१ हजार दर्शकले अवलोकन गरेका छन् भने सो अवधिमा झण्डै ५५ लाखको कारोबार भएको महासचिव खगेन्द्रप्रसाद अर्यालले जानकारी दिए। महोत्सवमा स्थानिय… पुरा पढौ

मानव मिलन एक चमत्कारिक कथा’ चलचित्रको शुभमुहूर्त

पोखरा, १३ माघ। नेपाल केशरी मणिभद्र मुनिजी महाराजको जीवनीमा आधारित चलचित्र ‘मानव मिलन एक चमत्कारिक कथा’ को शनिबार एक समारोहबीच शुभ मुहूर्त भयो। जैनमुनि मणिभद्रको जन्मस्थान स्याङजा जिल्लाको आर्रुखर्क गाविस-६ गैरीस्वाँरास्थित घरबाट बाजागाजासहित निस्केको र्‍याली स्थानीय शिवालय मन्दिर परिसरमा पुगी समारोहमा परिणत भएको थियो। समारोहका प्रमुख अतिथि स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले परेवा उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए।… पुरा पढौ

दशावतार बालनमा पोखरेली मन्त्रमुग्ध

पोखरा, १३ माघ। सधैजसो राजनीतिक भाषण, सम्मेलन र साङ्ग·ीतिक कार्यक्रम मात्र हुने पोखरा सभागृहमा शनिबार पोखरेली दर्शक फरक खालको दृश्यावलोकन गरी मन्त्रमुग्ध भए। हिन्दू धार्मिक मान्यताअनुसार भगवानका दश अवतारको लीला शनिबार सभागृहमा प्रदर्शन गरियो। पाल्पाको रामपुरबाट कलाकार ल्याएर निःशुल्क यस्तो विरल अवसर हेर्ने चाँजोपाँजो अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले मिलाएको हो। बालन हेर्न प्राज्ञ सरुभक्तलगायत पोखराका लोकवाङमयप्रमीको बाक्लो उपस्थिति थियो। कार्यक्रममा… पुरा पढौ

चौथो वालिङ महोत्सव सुरु आन्दोलनले सरकारको घुँडा टेकाउँछ : कोइराला

वालिङ, १२ माघ। चौथो वालिङ महोत्सव तथा क्षेत्रीय औद्योगिक कृषि, पर्यटन तथा व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ। ‘हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रको खिलाफमा जाने शक्तिहरू आफै पतन भएर जाने बताए। ‘लोकतन्त्रको विरोध गर्नेहरू आफै समाप्त भएर जानेछन्’-सभापति कोइरालाले भने-’प्रजातन्त्रविरोधी भएर देखिएको… पुरा पढौ

वालिङ महोत्सव आजदेखि

वालिङ, ११ माघ। स्याङ्जाको वालिङस्थित वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको चौथो वालिङ महोत्सव ताथ क्षेत्रीय औद्योगिक कृषि, पर्यटन तथा व्यापार मेला आजदेखि सुरु हुँदैछ। माघको २१ गतेसम्म चल्ने मेलाको उद्घाटन नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले शुक्रबार मध्यान्ह १२ बजे उद्घाटन गर्ने आयोजक वालिङ उद्योग वाणिज्य सङ्घले जनाएको छ। ‘हाम्रो गौरब, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल… पुरा पढौ

अलिमियाँ प्रतिष्ठानले बालन प्रदर्शन गर्ने

पोखरा, ११ माघ । अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान, कास्कीले आगामी माघ १३ गते शनिबार पोखरा सभागृहमा  दशावतार बालन लोकनाटक देखाउने भएको छ। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको प्रतिष्ठानले जानकारी दिएको छ। शनिबार बिहान ११: ३० बजे पोखराको पृथ्वीचोकबाट झाँकीसहितको र्‍याली निकालिने पनि सो अवसरमा जानकारी दिइयो। प्रतिष्ठानका सल्लाहकार डा. कुशुमाकर न्यौपानेले दशावतार बालन लोकनाटकको महत्त्वको… पुरा पढौ

लेखनाथ महोत्सवमा सांस्कृतिक र्‍याली निकालिने

लेखनाथ, ११ माघ। लेखनाथ महोत्सव २०६९ अन्तर्गतको नवौं लेखनाथ महोत्सवमा आदिवासी जनजाती र आमा समूहहरूले आ-आफ्नो संस्कृति झल्कने गरी झाँकी, भेषभूषासहितको र्‍याली निकालिने भएको छ। माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने नवौ महोत्सवलाई प्रभावकारी र भव्य बनाउन आफ्नो संस्कृति जगेर्नामा सहयोग पुग्नेगरि आदिबासी जनजाति सांस्कृति झाँकी एवं र्‍याली उपसमितिले बिहीबार राखेको छलफल कार्यक्रममा उपस्थित आमा तथा महिला समूहहरूले… पुरा पढौ

चौथो तनहू“ महोत्सवको तयारी पूरा

पोखरा, १० माघ। चौथो तनहूँ महोत्सव एवं दोस्रो पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी-२०६९को तयारी पूरा भएको छ। आयोजक तनहूँ उद्योग वाणिज्य सङ्घले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो। ‘तनहूँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नाराका साथ यो महोत्सव तनहूँको दमौलीमा माघ १२ गतेबाट सुरु हुने महोत्सव १० दिनसम्म चल्नेछ। तनहूँ उद्योग वाणिज्य… पुरा पढौ

लेखनाथ महोत्सवमा यसपटक पनि कपल डान्स हुने

लेखनाथ, १० माघ। यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने नवौं लेखनाथ महोत्सव २०६९ मा विशेष कार्यक्रमको रूपमा यसपटक पनि जोडी नृत्य गण्डकी तारा हुने भएको छ। महोत्सवको थप आकर्षणका रूपमा जोडी नृत्य गण्डकी तारा -केटाकेटी जोडी नृत्य) आयोजना गरिएको हो। साथै विजेतालाई ४० हजार रुपैयाँका साथमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको स्टेज व्यवस्थापन उपसमितिका संयोजक नेत्रपाणि बास्तोलाले जानकारी… पुरा पढौ