कला/मनोरन्जन

सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

पोखरा, २६ जेठ। मुक्तक मञ्च पोखराद्वारा सञ्चालित राष्ट्रिय मुक्तक पुरस्कार-२०७४ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलाई अर्पण गरिएको छ। साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार कोषबाट नेपाली मुक्तकको उत्थानमा विशेष योगदान पुर्‍याउने स्रष्टालाई उक्त पुरस्कार वितरण गरिदै आएकोमा तेस्रो शृङ्खलामा श्रेष्ठलाई प्रदान गरिएको हो। यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा पुरस्कृत भइसकेका छन्। कार्यक्रमका प्रमुख अतिथि प्रदेश… पुरा पढौ

मिस सी क्वीन सुप्रिमा

पोखरा, २६ जेठ । सुप्रिमा तुलाधरले मिस सि क्वीन-४ को ताज पहिरेकी छन् । द लुक्स फेसन होम्स्ले एसर्इइ परीक्षा दिएर बसेका किशोरीको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले शनिबार आयोजना गरेको सो इभेन्टमा पोखरा तेर्सापट्टीकीले तुलाधरले मिस फोटोजेनिकको सवटाइटल सहित सो ताज पहिरेकी हुन् । शुरुवातदेखि नै दर्शकको निकै हुटिङ पाएकी उनीले पोखराको सेन्ट मेरिजबाट एसर्इइ दिएकी हुन् । प्रतियोगितामा फस्ट रनरअप प्रगति बोर्डिङबाट परीक्षा… पुरा पढौ

गुरुङ चलचित्र ‘मैरिमो’ प्रदर्शन तयारी

लमजुङ, २० जेठ। समाजमा सचेतना फैलाउने उद्देश्यले तयार गरीएको गुरुङ चलचित्र 'मैरिमो’ -सम्झी रहेछु/मिस यु) को जिल्ला सदरमुकाम बेसीशहरमा प्रदर्शनको तयारी गरिएको छ। बेसीशहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा जेठ २६ गते शनिबारका दिन उक्त फिल्म प्रदर्शनको तयारी गरिएको पत्रकार भेटघाटमार्फत आयोजकद्वारा जानकारी गराइएको छ। 'गुरुङ फिल्मको इतिहासमा पहिलोपटक एकसाता लगातार आफ्नो प्रदर्शन गर्न सो गुरुङ चलचित्र 'मैरिमो’ सफल रुप्ामन प्रदर्शन हँदै आएको… पुरा पढौ

पोखरामा कविता कर्न्र्सट

पोखरा, १४ जेठ। पोखरा ३३, भरतपोखरीको शुभतारा युवा क्लबले पहिलो पटक पोखरामा कविता कर्न्र्सट गरेको छ। साहित्यिक राजधानी पोखरामा यसअघि साहित्यिक संस्थाले कविता कर्न्र्सट भए पनि युवा क्लबले गरेको यो कार्यक्रम पहिलो हो। सकारात्मक परिवर्तनका लागि साहित्य भन्ने मूल नारासहित भएको कार्यक्रममा कवि नवराज पराजुलीले आफ्ना कविता प्रस्तुत गरे। युवापुस्तालाई एकीकृत गरी समाजसेवा र समाज परिवर्तनमा अग्रसर गराउन कार्यक्रम आयोजना… पुरा पढौ

आलोकमा विशेष रचनावाचन

पोखरा, १३ जेठ ।आलोक सहित्य सदन पोखराद्वारा आयोजित रचना वचनको विशेष शृङ्खला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यर्चाय नारायणप्रसाद सापकोटाले सदनका गतिविधिको खुलेर प्रशंसा गरे। कार्यक्रममा सदनका सल्लाहकार डा. जगन्नाथ रेग्मी, आनन्दमणि रिजाल, योगराज पौडेललगायतले शुभेच्छा व्यक्त गरेको कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष प्रान्जल, सदस्य श्रीराम अधिकारी गोर्जे, सहित्यकार जुपिटर, नयन ढुङ्गाना, हिम्मत केसी, संयोग भट्टराई , अनिल आर्चाय, तारा… पुरा पढौ

अनुपम साङ्गीतिक साँझ तयारी

पोखरा, १२ जेठ । पाँचौं अनुपम साङ्गीतिक साँझको तयारीका सर्न्दर्भमा शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिएको छ। सहभागीले विगतमा सम्पन्न कार्यक्रमले नेपाली साङ्गीतिक क्षेत्रमा विशेष महत्व राखेको बताएका थिए। संस्थाका सल्लाहकार समेत रहेका पत्रकार बद्रिविनोद प्रतीकले पोखराबाट अनुपम म्युजिकले उद्देश्यमूलक ढङ्गले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको भन्दै इतिहासले यसको मूल्याङ्कन गर्ने राय व्यक्त गरे । पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले सङ्गीत र… पुरा पढौ

मिस सी क्वीन सिजन-४ हुँदै

पोखरा, ९ जेठ। द लुक्स फेसन होम एण्ड इभेन्ट म्यानेज्मेन्ट प्रालिको आयोजनामा जेठ अन्तिम साता पोखरामा मिस सी क्वीन सिजन-४ हुँदैछ। सो प्रतियोगितामा अन्तिम राउण्डका लागि छानिएका प्रतिष्पर्धीहरु यतिखेर विभिन्न तालिममा व्यस्त छन्। प्रतिष्पर्धीमा रोजिना केसी, पूजा बास्तोला, समीक्षा पौडेल, प्रेरणा गुरुङ, सुप्रिमा तुलाधर, नवीना तामाङ, अनिशा श्रेष्ठ, सोनी पौडेल, एलिना श्रेष्ठ, प्रियंका कार्की र दीया गुरुङ गरी ११ जना… पुरा पढौ

‘मनोरञ्जन व्यवसाय मर्यादित बनाऊ’

पोखरा, ८ जेठ। मनोरञ्जन क्षेत्रका व्यवसाय मर्यादित बनाउनुपर्ने एक कार्यक्रमका वक्ता जोड दिएका छन्। यस खालकोे व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउन स्वयं व्यवसायी सच्चिनुपर्ने उनीहरुको जोड छ । शक्ति समूहद्वारा पोखरामा मंगलबार आयोजित 'मनोरञ्जन क्षेत्रका व्यवसायहरुप्रति मर्यादित दृष्टिकोण सम्बन्धमा’ विषयक अन्तरक्रियामा वक्ताले यस्तो बताएका हुन्। सहभागीले मनोरञ्जनका क्षेत्रहरुमा व्यवसाय गर्ने सञ्चालकले श्रमिकलाई सम्झौतापत्र प्रदान गर्नुपर्ने सुझाव दिए। व्यवसायी र श्रमिकबीच… पुरा पढौ

‘बितेका कुरा’ मञ्चन शुरु

पोखरा ३ जेठ । पोखरा थियटरमा बिहीबारदेखि 'बितेका कुरा’ मञ्चन शुरु भएको छ। नाटकमा मानिसको विगत र वर्तमानबीचको सम्बन्ध चित्रण गरिएको छ। कक्षा ११ को ऐच्छिक नेपाली पाठ्यक्रममा समेत समेटिएको सो नाटकले दर्शकलाई घरी हसाँउछ, घरी गम्भीर बनाउछ। समाजमा घट्ने घटनालाई यथार्थचित्रण गरिएको यो नाटक सन्देशमूलक रहेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तन कार्कीले जनाए । मञ्चन समारोहमा पुगेका संगीत नाट्य… पुरा पढौ

सडक बालबालिका आधारित वृत्तचित्र ‘प्रयास’

पोखरा, ३ जेठ । सामाजिक वृत्तचित्र 'प्रयास’ यही जेठ ५ गते प्रिमियर सो हुने भएकोे छ। सामाजिक परिवेशमा सडकका बालबालिकाको विषय समेटिएर निर्माण गरिएको वृत्तचित्र 'प्रयास’ शनिबार प्रिमियर शो हुने भएको छ । मोइन मिडिया प्रालिले बालबालिका तथा युवालाई कुलतमा फस्नबाट निरुत्साहित गर्दै वर्तमान समयमा बालबालिकाले चाहेर बाल विवाह गर्न नहुने सन्देश प्रवाह गर्न वृत्तचित्र निर्माण गरेको प्रालि अध्यक्ष जैनव खातुनले बताइन्।… पुरा पढौ