कला/मनोरन्जन

लेखनाथ महोत्सव सकियो

लेखनाथ, ८ फागुन। लेखनाथको तालचोकमा सञ्चालित १३ औं संस्करणको लेखनाथ महोत्सव लक्ष्य अनुसारकै सफलता हात पार्दै आइतबारदेखि सकिएको छ। 'महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि भन्ने नाराका साथ पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेलाको रुपमा सञ्चालित महोत्सवको अन्तिम दिन दर्शकको उल्लेख्य भीड थियो। अन्तिम दिनमात्र करिब २० हजार दर्शक भित्र्याउन सफल भएको प्रचारप्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारी बताउँछन्। यो… पुरा पढौ

अनेसास गण्डकीको स्थापना दिवस

पोखरा, ८ फाल्गुन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकीले स्रष्टा सम्मान, वेबसाइट शुभारम्भ, आजीवन सदस्यता वितरण, रचनावाचनलगायतका कार्यक्रम गरी प्रथम स्थापना दिवस मनाएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीलेसमारोहको उद्घाटन गर्दै अनेसास खुल्ला आकाश भएको धारणा राखे। प्रमुख अतिथि लेकालीले स्रष्टा, साधकलाई विश्वव्यापी सञ्जालमा जोड्ने उत्कृष्ट स्थल अनेसास भएकाले सबै वाङ्मयसेवी यसको छत्रछायाँमा विचरण गर्न… पुरा पढौ

‘फट्के’ ले दर्शकको मन छोयो

लमजुङ, ५ फागुन। परिवारको खुसीका लागि गाउँले जीवनमा गरिने मर्मस्पर्सीघट्नाक्रम तथा भावना समेटेर तयार पारिएको नाटक 'फड्के’ वेसीसहरमा मञ्चन गरिएको छ। लमजुङमा नवस्थापित एकमात्र 'मञ्जरी नाट्य समूह’ द्वारा आयोजनामा नाटक प्रदर्शन हेर्न हलमा दर्शक खचाखच भरिएका थिए। गाउँले जीवनको परिवेशलाई आँशु र हाँसोको संगम बनाएर नाटकलाई उत्कृष्ट बनाउने प्रयास गरिएको छ। वियोगान्तक कथामा आधारित भए तापनि नाटकमा हाँसोलाई समेएकिो लेखक… पुरा पढौ

लेखनाथ महोत्सवको तयारी पूरा

लेखनाथ, २५ माघ। समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको १३ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा अन्य सामाजिक संघ, संस्थाको सहकार्यमा हुन लागेको महोत्सवबारे जानकारी दिने उद्देश्यले मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको तयारी पूरा भई माघ २७ गते उद्घाटनको संघारमा रहेको जानकारी गराइएको हो। 'महोत्सव… पुरा पढौ

वालिङ महोत्सवमा १२ करोड कारोबार

वालिङ, २३ माघ। स्याङ्जाको वालिङ खेल मैदानमा आइतबार सकिएको छैटौं वालिङ महोत्सवमा १२ करोड बढी आर्थिक कारोबार भएको छ। माघ १३ गतेदेखि सुरु भएको छैटौं वालिङ महोत्सवमा तीन लाख बढीले अवलोकन गरेको संघका महासचिव गिरमान गुरुङले बताए। महोत्सव अवधिभर एक करोड १६ लाख आम्दानी र ७० लाख खर्च हुने प्रारम्भिक अनुमान थियो। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनको मिति… पुरा पढौ

लाहाचोकमा दोहोरी गीत प्रतिष्ठान इकाइ

पोखरा, १७ माघ। कास्कीको लाहाचोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान इकाइ कार्यसमिति गठन गरिएको छ। प्रतिष्ठानको आयोजना तथा लाहाचोक एकता समाजको व्यवस्थापनमा कार्यक्रम भएको हो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान इकाइ अध्यक्षमा लक्ष्मी शाही, उपाध्यक्षमा  लीलादास अधिकारी, सचिवमा केशवराज अधिकारी, कोषाध्यक्षमा गंगा रानाभाट, सदस्यमा वीरबहादुर र्घर्ती क्षेत्री, कल्पना अधिकारी, होमबहादुर नेपाली र खडानन्द रानाभाट छन्। कार्यक्रममा लाहाचोक गाउँको… पुरा पढौ

खैरेनीटार महोत्सवका संयोजक चयन

खैरेनीटार, १५ माघ। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा चैत २१ देखि बैशाख २ सम्म हुने नवौं खैरेनीटार महोत्सवका लागि संयोजकहरू चयन गरिएको छ। महोत्सवको संरक्षकमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित छन् भने मूल संयोजक तथा निर्णयक समिति संयोजकमा अर्जुनकुमार श्रेष्ठ र सह-मूलसंयोजकमा तिलकबहादुर खड्का छन्। निर्देशकमा हरिकुमार श्रेष्ठ, सहनिर्देशकमा रामलाल हिराचन, आर्थिक… पुरा पढौ

महोत्सवबाट झण्डै तीन करोड

पोखरा, १२ माघ। कास्कीको ढिकुरपोखरी-४ स्थित माछापुच्छ्रे मावि/शिक्षा क्याम्पसमा आयोजित ढिकुरपोखरी शैक्षिक एवं धार्मिक महोत्सव जिन्सीसहित दुर्इ करोड ७० लाख रुपैयाँ संकलन गर्दै बुधबार सकिएको छ। आठ दिनसम्म सञ्चालित महोत्सवमा करिब ८० मुरी धान र २५ मुरी चामल, विद्यालयको खेल मैदान निर्माणका लागि करिब तीन आना जग्गा तथा दुर्इ लाख बराबरको जग्गासमेत दान प्राप्त भएको महोत्सव मूल आयोजक समितिका महाचिव… पुरा पढौ

पोखरामा भारतीय सांस्कृतिक प्रस्तुति

पोखरा, ९ माघ। वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले नेपाल-भारतबीच गहिरो सहकार्य र सांस्कृतिक सम्बन्ध रहेको बताएका छन्। उनले अतुलनीय मित्रताको सम्बन्ध कायम रहेका दुर्इ छिमेकीबीच साँझा सांस्कृतिक मूल्य रहेको उल्लेख गरे। भारतीय राजदूतावासले पोखरामा आइतबार आयोजना गरेको सांस्कृतिक प्रदर्शनीमा उनले नेपाल-भारतबीच बहुआयामिक सम्बन्ध रहेको चर्चा गरे। दुर्इ देशबीच औपचारिक सम्बन्धमात्र नभई जनता-जनताबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै… पुरा पढौ

चिनियाँ नयाँ वर्षमा वसन्त कला महोत्सव

पोखरा, ९ माघ। चिनिया नयाँ वर्षको अवसरमा पोखरामा आयोजित वसन्त कला महोत्सवमा चिनिया पर्यटक रमाएका छन्। चीनको न्यूज एजेन्सी सिन्हृवा समाचार एजेन्सीको मुख्य आयोजना तथा चिनिया उद्यमी मञ्च, पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ पोखरा, रेबान पोखरा, पोखरा उपमहानगरपालिका, नेपाल चीन जनमैत्री संघ पोखरा र पोखरेली युवा उद्यमी मञ्चको सहआयोजना र नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा पोखराको लेकसाइडस्थित अम्बोटमा शनिबार… पुरा पढौ