कला/मनोरन्जन

समिभञ्ज्याङ गीतको छायाङ्कन

लमजुङ, २४ फागुन। लमजुङको समिभञ्ज्याङको विषयमा तयार पारिएको गीतको म्यूजिक भिडियो छायाङ्कन गरिएको छ। साविक समिभञ्ज्याङ गाविस र हालको मध्यनेपाल नगरपालिकाको वडा नं. ८ र ९ का विभिन्न ठाउँ, संस्कृति, परम्परा र जनजीवन समेटेर छायांकन गरिएको भिडियोको निर्देशन सुरज गुरुङले गरेका हुन्। ‘उद्वेलन’ नामक गजल सङ्ग्रह प्रकाशन तयारी गरेका साहित्यकार गुरुङले यसअघि ‘अनि हरिभक्त फर्किएनन्’ नामक वृत्तचित्र सहनिर्देशन गरेका थिए।… पुरा पढौ

पोखरामा घन्किँदैछ नेपथ्य

पोखरा, २३ फागुन। संगीतमार्फत् सामाजिक सेवामा अग्रसर नेपथ्य ब्याण्ड ३ वर्षपछि पोखरामा पुनः गुञ्जिने भएको छ । कास्कीका ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले ब्याण्डले आर्थिक श्रोत संकलनस्वरुप कार्यक्रम गर्न लागेको हो । आगामी चैत २६ गते पोखरा रंगशालामा नाइट लाइभ प्रस्तुति गर्ने तयारी भइरहेको आयोजकले पोखरामा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘फेरि उठ्नेछ नेपाल’ नामक इभेण्टको… पुरा पढौ

मिस कल्चर पश्चिमाञ्चललाई गोर्खा ब्रुअरीको साथ

पोखरा, १९ फागुन। पोखरामा हुन लागेको मिस कल्चर पश्चिमाञ्चल २०१७ लाई गोर्खा बु्रअरीले मुख्य प्रायोजन गर्ने भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले बैशाख ९ मा मिस कल्चर पश्चिमाञ्चल गर्दैछ । गोर्खा बु्रअरीका मार्केटिङ डाइरेक्टर वैभव शर्मा, सेल्स म्यानेजर सुदीपराज विष्ट, एरिया सेल्स म्यानेजर चक्र बोहरा र पुष्पाञ्जलीकी अध्यक्ष… पुरा पढौ

पोखरा रंगशालामा नेपथ्य घन्किने

पोखरा, १८ फागुन । फेरि उठ्ने छ नेपाल इभेण्टको दोश्रो संस्करणअन्तर्गत नेपथ्य व्याण्डले चैत २६ मा पोखरा रंगशालामा लाइभ कर्न्र्सट गर्ने भएको छ । इभेण्टमार्फत नेपथ्य ब्याण्ड ३ वर्षपछि पोखरेली आँगनमा घन्किने भएको हो। नेपथ्यको लाइभ प्रस्तुति पोखरेलीको इच्छा र चाहनाअनुसार आयोजना हुने किरण गुरुङले बताए। गुरुङ र सोनाम गुरुङको आयोजनामा कास्की ल्वाङघलेलको गौरीशंकर मनिलाल माविको सहयोगार्थ उक्त कार्यक्रम हुन लागेको हो।… पुरा पढौ

तानसेनमा सडक खाना महोत्सव

पाल्पा, १७ फागुन। पाल्पा महोत्सव २०७३ चलिरहेको बेला मखनटोल टोल विकास संस्था तानसेनले मुख्य बजार मखनटोलमा एकदिने सडक खाना महोत्सव गर्ने भएको छ। चौथौ संस्करणको रुपमा आयोजना गरिएको खाना महोत्सवमा स्थानीय नेवारी, मगरी, थकाली, मुस्िलम सहित जातीय पहिचान झल्किने परिकारको स्वाद लिन पाइने भएको  छ। फागुन २० गते हुने सडक खाना महोत्सवमा ४० वटा स्टलमा खाना परिकारसं’ग सांस्कृतिक कार्यक्रमसमेत हुने… पुरा पढौ

हेमजा आलु महोत्सवमा दुर्इ करोड कारोबार लक्ष्य

पोखरा, १६ फागुन। ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ हुने आठौं हेमजा आलु महोत्सव-२०७३ तयारी तीव्र पारिएको छ। फागुन २३ देखि चैत १ गतेसम्म हेमजाको विष्णुपादुका खेल मैदानमा हुने महोत्सव सफल बनाउन गठित विभिन्न उपसमितिले तयारी तीव्र पारेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यस क्षेत्रको समग्र कृषि, पर्यटन, व्यवसाय, संस्कृति,… पुरा पढौ

भुषाललाई अलिमियाँ लोक वाङमय पुरस्कार

पर्वत, १६ फागुन। लोकगायक युवराज भुषाललाई यस वर्षको अलिमियाँ लोक वाङमय पुरस्कारबाट सम्मानित गरिएको छ। लोककवि अलिमियाँको जन्मजयन्ती अवसरमा प्रत्येक वर्ष फागुन १५ गते वितरण गरिने उक्त पुरस्कारबाट भुषाल सम्मानित भएका हुन्। आइतबार लोककवि अलिमियाँको ९९ औँ जन्मजयन्तीको अवसरमा उनलाई २० हजार नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो। दक्षिणी पर्वतको वहाकीठाँटी गाविस वडा नं. ६ लिम्सिङमा जन्मेर नेपाली मौलिक लोकसंस्कृतिको… पुरा पढौ

फिस फेस्टिभलमा फस्टायो माछा कारोबार

लेखनाथ, १६ फागुन। पर्यटन तथा प्रवर्द्धनका लागि वेगनासताल किनारमा सञ्चालित माछा महोत्सव लक्ष्यअनुसार सफलता हात पार्दै सोमबार सकिएको छ। तीन दिनसम्म सञ्चालित फिस फेस्टिभलमा करिब चार हजार किलो माछा बिक्री भएको छ । महोत्सवको ७० हजार दर्शक अवलोकन गरेको आयोजकको दाबी छ । फेस्टिभल समापनमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले मेला तथा महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै यहाँ रहेका प्रकृतिक सम्पदाको… पुरा पढौ

वेगनास किनारमा फिस फेष्टिवल

लेखनाथ , १४ फागुन। लेखनाथ नगर क्षेत्रमा माछा र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो वेगनास फिस फेस्टिवल शनिबारबाट सुरु भएको छ। 'बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने नाराका साथ फागुन १६ गतेसम्म बेगनासताल किनारमा हुने फेस्टिवलको क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले उद्दघाटन गरिन्। खतिवडाले यस क्षेत्रको समग्र आर्थिक उन्नतिका महोत्सवले टेवा पुर्‍याउने बताइन्। खतिवडाले पोखरा आएका पर्यटक लेखनाथसम्म आई… पुरा पढौ

तराना साँङ्गीतिक साँझ तयारी

पोखरा, १४ फागुन। तराना म्युजिक सेन्टरले आयोजना गर्ने तराना साङ्गीतिक साँझ २०७३ को तयारी पूरा भएको छ। उदिम मिडिया प्रालिको व्यवस्थापनमा शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख एवं कार्यक्रम संयोजक श्रीमान् थुलुङले फागुन २१ गते शनिबार हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। कार्यक्रमको मुख्य प्रायोजक ग्लोरी फेशन होम पोखराका प्रोपाइटर शान्ति श्रीसमगरले संगीतमा पहिलेदेखी नै रुचि भएकाले सांगीतिक… पुरा पढौ