कला/मनोरन्जन

‘संचेतना’को विमोचन

पोखरा, १२ चैत। ‘संचेतना’ विशेषाड्ढको पोखरामा एक कार्यक्रमबीच शनिबार विमोचन गरिएको छ। कम्युनिष्ट योद्धा जयप्रकाश बास्तोलाको जीवनी, व्यक्तित्व र उनको योगदान एवम् केही स्वतन्त्र प्रकृतिका वैचारिक पक्षलाई उजागर गर्ने उद्देश्यले लेख रचनाको संग्रह गरिएको ‘संचेतना’को पूर्व गभर्नर डा दीपेन्द्रबहादुर क्षत्रीले विमोचन गरेका हुन्। पुष्पमकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराले प्रकाशन गरेको ‘संचेतना’ मा वामपन्थी बुद्धिजीवी मोदनाथ पश्रति, रामराज रेग्मी, शेषमणि आचार्य,… पुरा पढौ

पोखरा मन्टेश्वरीको अभिभावक दिवस

पोखरा, १२ चैत। पोखरा मन्टेश्वरी किन्डर होमले १४ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस मनाएको छ । अभिभावकको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा कास्कीका निमित्त जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले उद्घाटन गरेका थिए। कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल, पोखरा मेडिकल साइन्स एकेडेमीका उपकुलपति डा बुद्धिबहादुर थापा, मणिपाल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा बिएम नागपाल थिए। पोखरा मन्टेश्वरी किन्डर होमका प्रिन्सिपल… पुरा पढौ

ताङतिङमा चैते मेला

पोखरा, १२ चैत। ताङतिङ युवा क्लबको आयोजनामा ताङतिङमा चैत २२ देखि २५ सम्म हुने चैते मेलाको तयारी तीव्र पारिएको छ । आयोजकले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । ‘मेलाको तयारी करिब अन्तिम चरणमा छ, प्रचारप्रसार तीव्र पारिएको छ’- क्लबका अध्यक्ष क्षेत्रकुमार गुरुङले भने-’केही समय प्रचार गरेपछि आन्तरिक तयारीमा जुट्नेछौं । यो वर्षको मेला यसका भेलाभन्दा भिन्न हुनेछ।’ ताङतिङको प्रचारप्रसार… पुरा पढौ

टोनी हेगनका दुर्लभ तस्विर पोखरामा

पोखरा, ९ चैत।फोटोग्राफर टोनी हेगनले पचासको दशकमा नेपालका विभिन्न ठाउँमा खिचेका फोटो पोखरामा पहिलोपटक प्रदर्शन गरिएको छ । प्राचीन नेपाल झल्काउने भूगर्भविद् स्वर्गीय हेगनका तस्विर बुधबारदेखि पोखरा पर्वतीय संग्रहालयमा प्रदर्शनीमा राखिएको हो । नेपाल पर्वतारोहण संघको आयोजना तथा नेपाल पर्वतीय संग्रहालयको व्यवस्थापनमा भएको प्रदर्शनी शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा सुरेशराज शर्मा, स्व. हेगनकी छोरी क्याटरिन हेगन, स्वीट्जरल्याण्ड दूतावासका… पुरा पढौ

‘निर्भय’ यूनिट पोखरामा

  पोखरा, ९ चैत। नेपाली कथानक चलचित्र ‘निर्भय’ युनिट यतिबेला प्रचारमा व्यस्त छ । शुक्रबार रिलिज हुने फिल्म ‘निर्भय’ को रिलिज डेट नजिकिँदै गर्दा चलचित्र युनिट पोखरा आइपुगेको हो। पोखरामा पत्रकार सम्मेलनमार्फत् फिल्म युनिटले फिल्म राम्रो बनेको दाबी गरेको छ। प्रसिद्ध सिने आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘निर्भय’मा एउटा राष्ट्रसेवक सिपाहीको भूमिकालाई मुख्य कथा बताइएको चलचित्रका निर्माता देवीप्रसाद पाण्डेले बताए। करिब… पुरा पढौ

अंशु भइन् मिस नेवाः पोखरा

पोखरा, ६ चैत । नेवा खलः कास्कीको आयोजनामा पोखरामा भएको मिस नेवा पोखरा नेपाल सम्वत् ११३७ को उपाधि अंशु शाक्यले हात पारेकी छन् । उनले मिस ट्यालेन्टको उपाधि पनि आफ्नै पोल्टामा पारिन् । पोखरा तेसापट्टीकी २० वर्षीया शाक्यले प्रतिष्पर्धाको फाइनलमा निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिँदै १७ प्रतिस्पर्धीलाइ पछाडि पार्दै उपाधिसहित ४० हजार नगद, सिजि ब्राण्डको ३२ इञ्चको एलइडि टिभी पुरस्कार प्राप्त गरिन् । त्यस्तै,… पुरा पढौ

पश्चिमाञ्चल ‘गौरव पुरस्कार’ कपिललाई

पोखरा, ५ चैत। पोखरा गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्थापना गरेको पश्चिमाञ्चल ‘गौरव पुरस्कार’ बाट पहिलो पटक डा कपिल अधिकारी सम्मानित भएका छन्। विभिन्न सामाजिक, आर्थिक, व्यवसायिकलगायत क्षेत्रमा विशेष योेगदान दिने व्यक्तिलाई पश्चिमाञ्चलले हरेक २ वर्षमा उक्त अवार्ड दिने घोषणासमेत गरेको छ । पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीसहित अतिथिले शनिबार अवार्डसहित नगद २५ हजार रुपैयाँ अधिकारीलाई हस्तान्तरण गरे । पोखरा गणेशटोेलका अधिकारी उक्त… पुरा पढौ

‘नेपालकी छोरी’ विमोचन

पोखरा, १ चैत । म्यूजिक भिडियो ‘नेपालकी छोरी’ सोमबार सार्वजनिक गरिएको छ। नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, मगर लेखक संघका अध्यक्ष रुद्र सन्देश मगर र समाजसेवी भीमबहादुर श्रीष मगरले उक्त म्यूजिक भिडियो विमोचन गरेका हुन्। टार्इगर्स फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा मोडल सुनिता पुन मगरले नृत्य र अभिनय गरेकी छन्। गोविन्द पुन मगरको शब्द र निर्देशन,… पुरा पढौ

‘ना’मा भट्टराई

पोखरा, २८ फागुन । नेपाल हवाई खेलकुद संस्था (ना) को पोखरामा शनिबार भएको १५ औं साधारणसभा तथा सातौं अधिवेशनबाट योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । भट्टराई यसअघि पनि अध्यक्ष थिए । कार्यसमिति प्रथम उपाध्यक्षमा सोभित बानियाँ, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, प्राविधिक उपाध्यक्षमा रविन गुरुङ, महासचिवमा वसन्तराज दवाडी, सचिवमा इन्द्रप्रसाद भण्डारी, कोषाध्यक्षमा कृष्णहरि सुवेदी, सहकोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना रहेका छन् । सदस्यमा… पुरा पढौ

वाषिर्कोत्सवमा रेडियो जननी अवार्ड र सम्मान

पोखरा, २८ फागुन। रेडियो जननीले विभिन्न व्यक्तिलाई जननी अवार्ड र जननी सम्मान प्रदान गर्दै स्थापनाको तेस्रो वाषिर्कोत्सव मनाएको छ । १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवस तथा जननीको चौथो वर्ष प्रवेश अवसरमा पोखराका २९ वटै वडाका क्रियाशील महिलाको समूहमध्ये उत्कृष्ट तीन समूहलाई जननी अवार्ड-२०७३ प्रदान गरिएको हो । यस्तै, विभिन्न क्षेत्रमा सक्रिय रही विशिष्ट योगदान पुर्‍याएका ११ महिलालाई जननी सम्मान-२०७३ बाट सम्मान गरियो ।… पुरा पढौ