कला/मनोरन्जन

फूलबारीमा धरहरा आमा समूह प्रथम

पोखरा, १० भदौ। पोखरा ११, फूलबारीमा भएको तीजगीत प्रतियोगितामा धरहरा आमा फूलबारी समूह प्रथम भएको छ। फूलबारी क्लबको मुख्य आयोजना र वडा नं. ११ का महिला तथा आमा समूह सहआयोजनामा भएको प्रतियोगितामा आदर्श समाज समूह द्वितीय, सिद्धेश्वर महिला समूह तृतीय र कालिका आमा समूह काहुँ सान्त्वना भए। उत्कृष्ट नृत्यमा प्रगति टोल आमा समूह र भेषभूषामा मुना बास्तोला अधिकारीको समूहले प्राप्त… पुरा पढौ

एपीएफलाई उपाधि, सरस्वती उत्कृष्ट

पोखरा, ८ भदौ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । तीज अवसरमा बिहीबार इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गराउँदै एपीएफले दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । पहिलो संस्करणमा नेपाल पुलिसलाई हराउँदै उपाधि जितेको उसले त्यसयता लगातार… पुरा पढौ

खैरेनीटारमा तीज गीत नृत्य प्रतियोगिता

खैरेनीटार, ८ भदौं । कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघ, शुक्लागण्डकीको आयोजनामा खैरेनीटार बजारमा खुल्ला तीज गीत नृत्य प्रतियोगिता भएको छ । प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले सभ्य समाज निर्माण र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताए । शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले समय अनुसारका कला र संस्कृतिको संरक्षणमा गर्नुपर्ने वताईन् । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का… पुरा पढौ

लोकदोहोरी हेमजा इकाइ प्रथम

हेमजा, ८ भदौ। विष्णुपादुका युवा क्लबको संयोजन तथा स्थानीय आमा समूहको आयोजनामा बिहीबार भएको खुला तीज गीत प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान हेमजा इकाइ प्रथम भएको छ। १४ समूहलाई पछि पार्दै हेमजा इकाइ प्रथम भएको हो। प्रतियोगितामा कामधेनु महिला कृषक समूह द्वितीय, माछापुच्छे्र सेवा समाज तृतीय, राधाकृष्ण आमा समूह र नवजागरण आमा समूह सान्त्वना भए। प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले… पुरा पढौ

गुरुङ फिल्म एशोसिएसनमा घले

लमजुङ, ६ भदौ । गुरुङ फिल्म एशोसिएसन, जिल्ला अध्यक्षमा टीकाराम घले निर्विरोध चयन भएका छन् । जिफानका केन्द्रीय कार्यवाहक अध्यक्ष राजेश गुरुङको प्रमुख आतिथ्यता भएको प्रथम अधिवेशनले घलेलाई अध्यक्षमा चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा नर्दिमा गुरुङ, सचिवमा खेमराज घले, सहसचिवमा विष्णु गुरुङ कोषाध्यक्षयमा खुसी गुरुङ, सहकोषाध्यक्षमा भारती घले छन् । सदस्यमा सोमकुमारी गुरुङ, तीर्थ गुरुङ, कमल गुरुङ, भीम गुरुङ, संगीता गुरुङ, देउता गुरुङ… पुरा पढौ

बाटुलेचौर तीज मेलाको लोकनृत्यमा प्रगति बोर्डिङ प्रथम

पोखरा, ६ भदौ । बाटुलेचौरमा जारी ऐतिहासिक तीजमेलामा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता भएको छ । पोखराका विभिन्न १९ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा प्रगति इङ्लिस बाोर्डिङ स्कुल प्रथम, बेसलाइन मावि द्वितीय र कास्की मोर्डनाइज तृतीय भए। विजयीलाई क्रमशः आठ हजार, छ हजार, चार हजार रुपैयाँ साथमा प्रमाणपत्र प्रदान गरिएको क्लबका सचिव मोहन थापाले जानकारी दिए। यसअघि प्रतियोगिता उद्घाटन गर्दै एन्फाका केन्द्रिय उपमहासचिव एवं… पुरा पढौ

सुनौलोको तीजगीतमा हेमजा इकाइ पहिलो

पोखरा, ६ भदौ । सुनौलो एफ एमले आयोजना गरेको कोसेली खुल्ला तीज गीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान हेमजा इकाइ प्रथम भएको छ । यस्तै, परोपकार सर्वेश्वर नारी समूह द्वितीय, विश्वकर्मा महिला समूह क्रमशः दोस्रो र तेस्रो भए । अमरसिंह दृष्टिविहीन सान्त्वना भयो । विजेताले हङकङ व्युटी इन्स्टिच्युट एण्ड कलेजले प्रायोजन गरेको ११ हजार एक सय एघार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै,… पुरा पढौ

लामाचौर तीज महोत्सव जारी

पोखरा, ५ भदौ। करुणानिधि एजुकेशन फाउण्डेशन लामाचौर तीज महोत्सव तथा अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको विजेता बनेको छ। करुणानिधिले लमजुङको इशानेश्वर माविलाई २३-२५, २५-९, २५-१० र २५-१० ले हराउँदै प्रतियोगिताको विजयी भएको हो । जितसँगै करुणानिधिले २५ हजार रुपैयाँ' र ट्रफी हात पारेको छ। त्यस्तै, उपविजेता इशानेश्वरले १५ हजार र ट्रफी हात पार्‍यो। अन्तरविद्यालय जोडी नृत्य प्रतियोगितातर्फ लामाचौरको प्रगति बोर्र्डिङ स्कुल र… पुरा पढौ

देवीस्थान भजन समूह प्रथम

पोखरा, ५ भदौ । देवीस्थान भजन समूह पोखरा २५, हेमजा खुल्ला तीज गीत प्रतियोगिता-२०७४ मा प्रथम भएको छ । रेडियो हेमजा ८८.५ मेगाहर्जद्वारा आयोजित उक्त प्रतियोगितामा १७ समूहलाई पछि पार्दै देवीस्थान भजन समूह प्रथम हुन सफल भएको हो । भारतीय भूपू सैनिक कल्याणकारी समिति, हेमजाको सहआयोजनामा सम्पन्न उक्त प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान इकाइ कमिटी हेमजा द्वितीय, गौरीशंकर आमा समूह हेमजा तृतीय… पुरा पढौ

खुला गजल वाचनमा अन्जान प्रथम

पोखरा, ५ भदौ। १५१ औं मोती जयन्तीको अवसरमा शुक्लागण्डकी एफएम र शुक्ला साहित्य संगम तनहुँको आयोजनामा भएको खुला वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा २५ जनालाई पछाडि पार्दै अन्जान यात्री प्रथम हुन सफल भएका छन्। यस्तै, तोया गैह्रे निदोर्षले द्वितीय, दीपकराज त्रिपाठीले तृतीय, शान्ता बास्तोला र काजी सुनारले तृतीय स्थान प्राप्त गरे। विजेतालाई क्रमशः पाँच हजार, तीन हजार, एक हजार… पुरा पढौ