कला/मनोरन्जन

बुद्धिको सदुपयोग साहित्य

महात्मा गान्धी भन्नुहुन्छ, 'टाउकोको बुद्धि जति सदुपयोग हुन्छ, त्यो मात्रै बुद्धि हो अरु व्यर्थैको भारी!’ यही आलोकमा बुद्धिजीको सद्बुद्धि सलामयोग्य लाग्यो। एक गृहिणी जसलाई नामको चको भोक छैन। साहित्यकार पनि होइनन्। पोखराका धनाढ्य १० हजार जनालाई गन्दा अन्तिमतिर मात्रै बुद्धिको नाम आउला तर उनै पोखरा-१६ की श्रीमती बुद्धि गुरुङले दीपशिखा साहित्य सङ्गमलाई ५ लाख रूपैयाँ आर्थिक सहयोग दिइन्। धेरैले ज्रि्रो… पुरा पढौ

रामानन्द स्वामीको स्मृतिमा कवि सम्मेलनको तयारी

पोखरा, १६ साउन।ब्रह्मलीन स्वामी डा. रामानन्द गिरीको स्मृतिमा कवि सम्मेलन हुने भएको छ। पुरुन्चौरको काउरेस्थित अम्बरेश्वर सन्यास आश्रममा यही साउन १९ गते शनिवार सम्मेलन गर्ने तयारी भइरहेको आश्रम व्यवस्थापन समितिका सचिव नारायण अधिकारीले जानकारी दिए।सो आश्रमका पीठाधीशसमेत रहेका डा. गिरी २०७४ असार २४ गते गुरु पूणिर्माका दिन ब्रह्मलीन भएका थिए। महेश सन्यास आश्रम एवम् महेश संस्कृत गुरुकुल आश्रम देवघाटका संस्थापक… पुरा पढौ

‘डेरा सरी सरी’ बजारमा

पोखरा, १६ साउन । हरितालिका तिज नजिकिँदै गर्दा कलाकार रामजी पौडेल, सरस्वती परियार र माया गिरीले 'डेरा सरी सरी’ बोलको गीत बजारमा ल्याएका छन्। गीतमा डेरामा बस्नेहरुका पीडा समावेश गरिएको छ। एक महिना एउटा घरमा बसेपछि त्यसपछि डेरा सर्नुपर्ने बाध्यता गीतमार्फत प्रस्तुत गरिएको छ । गायक रामजी पौडेलको शब्द तथा लय रहेको गीतमा रामजी पौडेल, माया गिरी ,सरस्वती परियार, रत्न रसाइली र… पुरा पढौ

मोनिका बनिन् मीस क्विन लमजुङ

लमजुङ, १४ साउन । बेसीशहरकी मोनिका गुरुङले मिस क्वीन लमजुङ-२०१८ को ताज पहिरेकी छन् । जिल्ला सदरमुकाममा मिस क्विन लमजुङ - २०१८ को घोषणा गरेस'गै मोनिका गुरुङले मीस क्विन लमजुङ २०१८ को ताज चुमेकी हुन् ग्रान्ड फिनालेमा अन्य ७ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मोनिकाले मिस क्विन लमजुङको उपाधि जितेकी हुन् । उनले मिस क्विन लमजुङको ताजस'गै नगद ५० हजारसहित ट्रफी, मायाको… पुरा पढौ

धमेन्द्रलाई, दयाशंकर पत्रकारिता सम्मान

पोखरा, १३ साउन ।सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका कम्युनिष्ट स्टालिन र किमजोङ उनको प्रशिक्षणले नभई मदन भण्डारीको उपज भएको बताएका छन् । दयाशंकर स्मृति पत्रकारिता सम्मानबाट पत्रकार धमेन्द्र झालाई सम्मान गरेपछि सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टको दुर्इ तिहाइबाट नआत्तिन आग्रह गरे । 'काँग्रेस पनि नेपालकै माटोमा हुर्किएको हो । कम्युनिष्ट पनि यही माटोको उत्पादन हो,’ उनले भने, 'कम्युनिष्टले जित्दा चाहीँ आत्तिनुपर्ने के… पुरा पढौ

‘अटलबहादुरको आतंक’ मञ्चन

पोखरा, ७ साउन । पोखरा थिएटरको तेस्रो प्रस्तुति 'अटलबहादुरको आतंक’ सोमबारदेखि पोखरामा मञ्चन शुरु भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नाटक मञ्चन कार्यक्रमको शुरुवात गरे । नाटक हेरिसकेपछि उनले नाटकले सबैको मन जित्ने विश्वास व्यक्त गरे । उनले गण्डकी प्रदेश सरकारले नाट्य एकेडेमी खोल्नको निमित्त बजेट छुट्टाइएको जानकारी दिए। नाटक विधालाई माथि उठाउन व्यक्तिगत रुपमा नाटकघर सञ्चालन गरेकोमा उनले पोखरा… पुरा पढौ

अम्बिकाद्वयको ‘फूल फुल्यो’ गीतको समीक्षा

पोखरा, ५ साउन ।साहित्यकार एवं गायिका अम्बिका भण्डारीको स्वर तथा लयमा रहेको अम्बिका नेपालको तीज गीत 'फूल फुल्यो’ को म्यूजिक भिडियोको समीक्षा कार्यक्रम शनिवार पोखरामा सम्पन्न भएको छ। समीक्षा कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख माननीय सिर्जना शर्माले फूल फुल्यो बोलको गीतले हाम्रो मौलिकता झल्काएको भन्दै खुसी व्यक्त गरिन्। उनले हिजो आजका गीतमा विकृति बढ्दै गएको गएकाले त्यसलाई निरुत्साहित पार्न सबैले… पुरा पढौ

मनको फोटोग्राफर विमोचन

पोखरा, ५ साउन।खेमलाल पौडेल (विकास)को मनको फोटोग्राफर विविध संग्रहको शनिवार विमोचन भयो। १०८ पृष्ठको उक्त पुस्तकमा लेखकका सात कथा, २१ कविता, चार निबन्ध र १९ गीत समावेश रहेका छन्। संग्रहको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीप तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयुक्त रुपमा विमोचन गरे। त्यस अवसरमा प्रमुख अतिथि समीपले लेखकको पहिलो कृतिबाट राम्रो लेख्न… पुरा पढौ

‘चि मुसी चि’ प्रचारमा फिल्म यूनिट

पोखरा, १ साउन । नेपाली फिल्म 'चि मुसी चि’ को रिलिज डेट नजिकिँदा निर्माण यूनिट प्रचार क्रममा देश दौडाहामा छ । पोखरा आएको निर्माण पक्षले मंगलबार पत्रकार सम्मेलन गरी फिल्मबाट निकै आशा गरेको बतायो । साउन ११ देखि देशव्यापी प्रदर्शन हुने सो फिल्मका निर्देशक दिनेश श्रेष्ठले फिल्मको शीष्ाक कमेडी जस्तो लागे पनि फिल्म म्यूजिकल ड्रामा जानरामा बनेको बताए। 'चि मुसी चि बालापनको खेल… पुरा पढौ

दरौ सिरुबारी सार्वजनिक

पोखरा, ३२ असार। लोकगायक राजु परियारको बहुप्रतिक्षित म्यूजिक भिडियो 'दरौ सिरुबारी’ युट्वमार्फत सार्वजनिक भएको छ। सो भिडियोलाई श्यामशुक्ला फिल्म प्रोडक्सन, पोखराको आधिकारिक युट्व च्यानल श्याम शुक्ला इन्टरटेनमेन्टले शुक्रबार सार्वजनिक गरेको हो । गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङको प्रस्तुतिमा लालीगुराँस ड्रेस तथा कल्चर सेन्टरले निर्माण गरेको दरौ सिरुबारीले यसअघि सवोर्त्कृष्ट लोकगीत, म्यूजिक खबर अवार्ड-२०७२ र चौथो बायो अवार्ड २०७३ जितेको थियो । सुन्दर… पुरा पढौ