कला/मनोरन्जन

छन्दमा रमाए राजधानीका कवि

लमजुङ, १२ कात्तिक।राष्ट्रकविको जिल्ला लमजुङमा आयोजित एक विशेष कवि गोष्ठीमा छन्द कविता सुनेर राजधानीका कवि रमाए। नेपाली कलासाहित्य डटकम प्रतिष्ठान काठमाडौँ तथा सवोर्दय सेवा आश्रम लमजुङको आयोजनामा कार्यक्रम गरिएको हो। सो अवसरमा ठाडोभाका लोककला प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष मातृक खनाल, उपाध्यक्ष युवराज घिमिरे, कार्यकारी सदस्य एवम् चिति साहित्य समाजका अध्यक्ष रुद्रनिधि तिवारी, कविहरू तेजनारायण अधिकारी, मुक्तिनाथ अधिकारी, कृष्ण डिसी, लक्ष्मीप्रसाद मिश्रले… पुरा पढौ

भेडीखर्केको स्मृतिमा ठाडोभाकाको खुला दोहोरी प्रतियोगिता

लमजुङ, १२ कात्तिक। लमजुङमा ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी, भेडीखर्केको ४५औँ पुण्यतिथि मनाइएको छ। त्यसै सर्न्दर्भमा आयोजना गरिएको ठाडोभाकाको खुला दोहोरी गीत र नृत्य प्रतियोगितामा २७ टिमले भाग लिएका थिए। लोकगायक एवम् एसविआई बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए। उनले ठाडोभाका शिरोमणि भेडीखर्केले जीवन समर्पण गरेर बचाएको ठाडोभाकालाई जोगाउने दायित्व अब हामीहरूको काधमा आएको बताए। सुन्दरबजार नगरपालिकाका… पुरा पढौ

ग्याल्छेनको पहिलो एकल साँझ

पोखरा, कात्तिक ११ गते। गायक कर्म ग्याल्छेनको एकल साँझमा उपस्थित दर्शन मन्त्रमुग्ध बनेका छन् । पोखरा उद्योग वाणिज्य संघमा शनिबार भएको उक्त साँझमा कर्मले एक दर्जन तथा गायिका शीतल थापा र रोशनी गुरुङको दुर्इ दुर्इ वटा गाउँदा दर्शन मुग्ध बनेका हुन् । गायक कर्मले गोपाल योन्जनको 'बनेको छ पहाराले यो छाती मेरो..’ बोलको राष्ट्रिय गीतबाट गायन शुरु गरी 'तिमी पूर्र्वी भेगैमा...’ बोलको… पुरा पढौ

बालबालिकासँग सुगम संगीत यात्रा

पोखरा, ९ कात्तिक।  सुगम संगीत यात्राको २८ औं शृंखला अभिभावकविहीन बालबालिकासँग मनाइएको छ। पोखरा १८, सेदीबगरस्थित बालकल्याण संस्थामा बिहीबार सुगम संगीत यात्राको २८ औं शृंखला मनाइएको हो। बालकल्याण संस्थाले संगीत यात्राको व्यवस्थापन गरेको थियो। रेन्बो चिल्ड्रेन होमका बालबालिकाद्वारा स्वागत गीतबाट शुरु यात्रामा चर्चित गायक कर्मा ग्याल्जेन लामाले 'मानव भई जन्मेकोमा गर्व गर्नुपर्छ’ भन्ने बोलको गीत प्रस्तुत गरे। संगीत यात्रामा पोखराका… पुरा पढौ

भ्वाइस अफ त्रिवेणी २०७४ को तयारी

पोखरा, ७ कात्तिक। त्रिवेणी संगीतालय पोखराले विशेष सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। पोखरालाई कर्मथलो बनाई ख्यात्रि्राप्त कलाकारको विशेष प्रस्तुतिको रुपमा 'भ्वाइस अफ त्रिवेणी-२०७४’ कार्यक्रम प्रस्तुत गर्न लागिएको हो। कलाकारलाई पुरस्कृत गर्ने उद्देश्य साथ स्थापना भएको त्रिवेणी संगीत पुरस्कार कोषको सहयोगार्थ आयोजित उक्त कार्यक्रम कार्त्तिक २५ गते पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। कार्यक्रममा… पुरा पढौ

हेमजा साहित्य प्रतिष्ठानमा सम्मान

पोखरा, ७ कात्तिक। हेमजा साहित्य प्रतिष्ठान हेमजाले १०९ औं लक्ष्मी जयन्ती विशेष समारोहका साथ मनाएको छ। प्रतिष्ठानले देवकोटाको चर्चा, रचना वाचन, कृति लोकार्पण र स्रष्टा सम्मानसहितका कार्यक्रम गरेर देवकोटा जयन्ती मनाएको हो। प्रमुख अतिथि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकालले प्रतिष्ठानको मुखपत्र हिमशिखरको १८ औं अंकको लोकार्पण गरे। उनले हेमजाले आफूलाई नेपाली साहित्यका क्षेत्रमा पृथक पहिचान बोकेको स्थलका रुपमा चिनाउन… पुरा पढौ

कुँवर मिलन समाजको भैलो

पोखरा, ७ कात्तिक। कुँवर मिलन समाज पोखरा लेखनाथ १५ रामबजारले अक्षयकोष स्थापनाका लागि देउसीभैलो खेलेको छ। समाजका पदाधिकारी र कुँवर बन्धुबीच आत्मियता र एकतालाई प्रगाढ बढाउन खेलिएको उक्त भैलोमा दुर्इ लाख २५ हजार रुपैयाँ संकलन भएको समाजका सचिव नीमबहादुर कुँवरले जानकारी दिए। कात्तिक २ गते कुकर तिहारका दिन कुकुरको पूजा गरेर समाजका ज्येष्ठ सदस्य ९० वर्षीया दीपा कुँवर थापाले उद्घाटन… पुरा पढौ

इन्दिरा अब पुस्तकमा

पोखरा, ६ कात्तिक । सामाजिक अभियन्ता इन्दिरा पौडलले अभियानमार्फत गरेका सामाजिक कार्य समेटिएको पुस्तक 'सामाजिक अभियन्ता इन्दिरा’ विमोचन भएको छ। पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पुस्तक विमोचन गर्दै पौडेलले सामाजिक जागरण ल्याउन दिएको योगदान धेरैका लागि उदाहरणीय भएको उल्लेख गरे। 'यहाँजस्ता समाजमा विभिन्न तरिकाले अभियान नै चलाएर योगदान दिनेहरूले समाज परिवर्तनका लागि जागरण नै ल्याउनुभएको छ’-उनले भने-'समाजसेवा जस्तो विविध विषयमा… पुरा पढौ

महाकवि देवकोटा पुरस्कार वियोगीलाई

पोखरा, ६ कात्तिक । महाकाव्यकार माधव वियोगीलाई २०७४ सालको महाकवि देवकोटा पुरस्कार प्रदान गरिने भएको छ। नेपाली वाङ्मय प्रतिष्ठान, काठमाडौंद्वारा प्रदान गरिने उक्त पुरस्कार महाकाव्यलेखनका माध्यमबाट नेपाली भाषासाहित्यको विकासमा विशिष्ट योगदान गरेवापत वियोगीलाई प्रदान गर्न लागिएको हो। प्रतिष्ठानका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालका अनुसार यसअघि उक्त पुरस्कारबाट डा मोदनाथ प्रश्रति, संस्कृतिविद् सत्यमोहन जोशी, कविवर भानुभक्त पोखरेल, डा केशवप्रसाद उपाध्याय, डा महादेव अवस्थी… पुरा पढौ

‘तिहारको खेल, मज्जाको खेल’ मा ३३ हजार जिते

पोखरा, ५ कात्तिक। तिहारको अवसर पारेर बिग एफएम पोखराले तीन दिनसम्म सञ्चालन गरेको रेडियो गेम शो 'तिहारको खेल मज्जाको खेल’ मा दर्जन स्रोताहरुले सहभागिता जनाउँदै नगद जितेका छन्। कुकुर तिहार, लक्ष्मीपूजा र गोर्बर्द्धनपूजाको दिन खेलाइएको सो खेलमा उनीहरुले एक रुपैंयादेखि १२ हजार रुपैंयासम्म जित्न सफल भएका हुन्। १२ जनाले कूल ३३ हजार चार सय ७१ जितेका छन्। वर्षेनी आयोजना गर्दै… पुरा पढौ