कला/मनोरन्जन

आठौं सिलिङ्गे महाशिवरात्री मेला सम्पन्न

पोखरा, २ फागुन।धार्मिक पर्यटनको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा टेवा दिने उद्देश्यले पोखरा-२६ जलधारेमा आठौं सिलिङ्गे महाशिवरात्री मेला सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सभासद सूर्यबहादुर केसीले हिन्दू धर्मबाट नै अन्य विभिन्न धर्म जन्मिएको बताए। केसीले पुरानो धर्म नै हिन्दू धर्म भएकाले सबै धर्मको सम्मान गरिनुपर्नेमा जोड दिए। जटाशंकर धार्मिक विकास समितिले आयोजना गरेको मेलामा युवा पण्डित रामप्रसाद सिग्देलको प्रमुख वाचक… पुरा पढौ

स्कोप कास्कीको नृत्य प्रतियोगिता

पोखरा, २० माघ। स्कुल क्लष्ट अल ओभरअल प्रोग्राम (स्कोप) द्वारा आयोजित अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगितामा सनफ्लावरी बोर्डिङ स्कुल प्रथम भएको छ । प्रतियोगितामा ज्ञानकुञ्ज बोर्डिङ स्कुल द्वितीय र सरस्वती माविले तृतीय भए । प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा ज्ञानबहादुर कार्कीले विजेतालाई पुरस्कार वितरण गर्दै विद्यार्थीको बहुमुखी प्रतिभाको प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलाप अति आवश्यक रहेकामा जोड दिए । संस्था अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतमा भएको… पुरा पढौ

लेखनाथ महोत्सवमा उर्लियो जनसागर

लेखनाथ, २० माघ। १४ औं संस्करणको लेखनाथ महोत्सवको दशौं दिन आईपुग्दा दर्शकको चापसँगै कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ। हालसम्म करिब १४ करोडको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले बताए। दशौ दिन शनिबारमात्र करिब ४ करोड बराबरको कारोबार भएको र उक्त दिन ५० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको दाबी छ। दर्शकको उल्लेख्य सहभागिताले बिहानैदेखि साँझसम्म व्यवस्थापनमा आयोजकलाई… पुरा पढौ

मिस नेवाःमा २६ छानिए

पोखरा, १७ माघ । सिजी मिस नेवाः ११३८ को पहिलो राउण्डको अडिसनबाट २६ प्रतियोगी अघिल्लो चरणमा प्रवेश गरेका छन् । नेवा खलःकास्कीले प्रतियोगिताका लागि फाराम भरेकामध्ये मंगलबार परिचय र पहिलो राउण्डको अडिसनबाट २६ जना प्रतियोगी छानेको हो । प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका  युवती सहभागी छन् । मिस नेवाले ४० हजार, ३२ इञ्चको सिजी टिभी र गिफ्ट हृयाम्पर पाउनेछन् । यस्तै, उपविजेताले २५… पुरा पढौ

जमघटस्थल बन्दै लेखनाथ महोत्सव

लेखनाथ, १६ माघ । १४ औ संस्करणको लेखनाथ महोत्सव पुराना साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटको स्थल बनेको छ । हंसपुर घर भएका नवीनबाबु पौडेल मंगलबार जब महोत्सव स्थलमा छिरे उनले आफ्ना सहपाठीदखि बाल्यकालका चिरञ्जीवी सुवेदी, मुरारी शर्मा, होमनाथ पौडेल लगायत साथी भेट्न पाउँदा महोत्सवले जुटाएको अवसरप्रति आभार व्यक्त गरे । उनीजस्तै पोखरा ३१ की ७७ वर्षीया चीत्रकुमारी भण्डारी महोत्सव छिरेपछि आफ्ना इष्टमित्र र… पुरा पढौ

स्वर्णमहोत्सव मनाउन छलफल

हेमजा, १६ माघ।पोखरा-२५, हेमजास्थित विष्णुपादुका माध्यमिक विद्यालयको आगामी भदौ ४ मा हुने स्वर्णमहोत्सव सर्न्दर्भमा मंगलबार सरोकारवालासँग छलफल गरेको छ। विद्यालयले कार्य योजना बनाइ महोत्सव सम्पन्न गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरेको हो। उक्त भेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुंर्गादत्त पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। जसको उपाध्यक्षमा दानबहादुर थापा, टेकबहादुर थापा, कृष्णबहादुर थापा, शान्ति पौडेल, प्रेमबहादुर थापा, झविलाल… पुरा पढौ

रत्यौली, पप र दोहोरी आकर्षण

लेखनाथ, १४ माघ । जारी लेखनाथ महोत्सवमा रत्यौली महिलाको लागि, पप युवाका लागि र लोकदोहोरी सबैका लागि आकर्षण बनेका छन् । २०५७ सालदेखि प्रतियोगितात्मक रुपमा दोहोरीगायक प्रजापति पराजुलीले शुरु गरेको रत्यौलीले अहिले प्रायः सबै मेला महोत्सवको माहोल तताउने गरेको छ। यसैगरी, लाइभ पप कर्न्सटमा युवाको उपस्थिति बाकलो देखिन्छ भने अपरान्हतिर हुनेे लोकदोहोरीमा सबै समूहका दर्शक गीतको तालमा स्टेज अगाडि होस वा आफू… पुरा पढौ

महोत्सवमा एकैदिन ३० हजार दर्शक

लेखनाथ, १३ माघ। लेखनाथ महोत्सवको तेस्रो दिन शनिबार दर्शकको उल्लेख्य सहभागिताले महोत्सवस्थल खचाखच भयो। साँझसम्म दर्शक व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो। सार्वजनकि बिदा परेकाले अभिभावक आफ्ना बालबच्चा च्यापेर महोत्सवस्थल प्रवेश गर्नेहरुको संख्या बाक्लो देखिन्थो भने विद्यार्थीदेखि कर्मचारीको उपस्थितिले गर्दा दर्शक संख्या सोचे भन्दा बढी भएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी बताउँछन्। महोत्सवस्थलमा छिरेका दर्शक आफूले रोजेका… पुरा पढौ

प्रदेश ४ को पहिलो नाटक घर

पोखरा, १३ माघ। पोखरामा पहिलो नाटक घर निर्माण सम्पन्न भएको छ। गैह्रापाटनमा प्रदेश ४ कै पहिलो नाटक घर 'पोखरा थियटर’ निर्माण भएको हो। थियटरमा पोखराका रंगकर्मीद्वय परिवर्तन र दिलप्रसाद गुरुङ 'दिलु' र पूर्व यातायात व्यवसायी शंकरनाथ कोइरालाको संयुक्त लगानी छ। १० महिना लगाएर निर्माण गरिएको थियटरमा ८० लाख लगानी रहेको पोखरा थियटरका अध्यक्ष परिवर्तनले बताए। १० वर्षको लागि जग्गा लिजमा… पुरा पढौ

सामुदायिक रेडियोको सातबुँदे घोषणापत्र

पोखरा, १३ माघ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को आयोजनामा पोखरामा भएको रेडियो प्रसारक संघको १३ औं वाषिर्क साधारण सभा तथा राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । घोषणापत्रमा 'घरघरमा रेडियो, जनजनमा खबर, सुसूचित र जिम्मेवार नागरिक समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ सकारात्मक सामाजिक रुपान्तरण अभियान सञ्चालन गर्ने प्रतिबद्धतासमेत उल्लेख छ । सम्मेलनले महिला तथा पछाडि पारिएका समुदायको… पुरा पढौ