कला/मनोरन्जन

लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार गजमेरलाई

पोखरा, १४ फागुन । लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार-२०७४ बाट संगीतकार रञ्जित गजमेर पुरस्कृत हुने भएका छन् । नेपाली वाद्य मादललाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउन गरेको योगदान तथा नेपाली चलचित्र संगीत क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकोमा उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिने संगीत प्रशिक्षण केन्द्र, पोखराले जनाएको छ । पुरस्कार राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र रहेको छ । केन्द्रका सल्लाहकार तीथ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा… पुरा पढौ

सुन्दरबजार महोत्सव शुरू

लमजुङ, १४ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो प्रदेशलाई सुशासनका लागि नमूना प्रदेश बताउने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहजिल्ला लमजुङको सुन्दरबजारमा आयोजना भएको आठौँ सुन्दरबजार महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सुशासन नभएसम्म जनताको विश्वास जित्न नसकिने उल्लेख गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने कानूनको तर्जुमा गर्न लागिएको बताए । उनले भने, 'भ्रष्टाचार अन्त्यका… पुरा पढौ

बेगनासमा फिस फेस्टिबल तयारी

लेखनाथ १३, फागुन। लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसिएसनले नयाँ वर्ष २०७५ साल अवसरमा बेगनासमा तीनदिने फिस फेस्टिबल आयोजना गर्ने भएको छ। विगत महोत्सवभन्दा यस वर्षको महोत्सवलाई पृथक र प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि नयाँ वर्ष रोजिएको एशोसिएसनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए। आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले चौथो संस्करणको माछा महोत्सव आगामी चैत २९, ३० र… पुरा पढौ

नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कार बन्धुलाई

पोखरा, १२ फागुन। नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट भाषाविज्ञ प्राडा चूडामणि बन्धुलाई सम्मान गरिने भएको छ। पुरस्कार सञ्चालन गर्दै आएको शुक्ला साहित्य प्रतिष्ठानले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नेपाली भाषा तथा व्याकरण विद्यामा अतुलनीय योगदान पुर्‍याएकोमा प्राडा बन्धुलाई सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो। चैत ३ गते एक कार्यक्रम गरी उनलाई पुरस्कार नगद २० हजार १ सय १ रुपैयाँ… पुरा पढौ

सुन्दरबजार महोत्सव आजदेखि

लमजुङ, १२ फागुन। आठौं सुन्दरबजार महोत्सव आइतबार शुरु हुँदैछ । महोत्सवको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ । लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइ अध्यक्ष एवं महोत्सव मूलआयोजक समिति संयोजक सोमबहादुर न्यौपानेले फागुन २१ सम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए । महोत्सवका आकर्षकमा औद्योगिक एवम् व्यापारिक प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, माविस्तरको लोक नृत्य… पुरा पढौ

हिसान लोकनृत्यमा मेरिगोल्ड उत्कृष्ट

पोखरा, ९ फागुन । उच्च माध्यमिक विद्यालय एशोसिएसन कास्कीले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्र्डिङ स्कूल उत्कृष्ट भएको छ। प्रतियोगितामा भाष्कर मेमोरियल स्कूल द्वितीय, पोखरा लिङ्कन कलेज तृतीय, ग्लोबल कलिजियट र पोखरा युनाइटेड स्कूल सान्त्वना भए । उत्कृष्ट भेषभूषातर्फ मदरल्याण्ड स्कूल विजयी भएको कार्यक्रम संयोजक दिवाकर जैसीले जानकारी दिए। प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठ, हिसान कास्कीका अध्यक्ष रामजी शर्माले विजयीलाई नगद… पुरा पढौ

स्याङ्जा महोत्सव सम्पन्न

स्याङ्जा, ८ फागुन । स्याङ्जा महोत्सव मंगलबार सम्पन्न भएको छ। 'स्याङ्जा महोत्सवको आधार, पर्यटन र कृषि नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने मुल नाराकासाथ स्याङजाको पुतलीबजार १ मालेबगर खेलमैदानमा गत माघ २६ गतेदेखि स्याङ्जा महोत्सव सुरु भएको थियो। समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले कृषि र जल क्षेत्रमा प्रचुर संभावना बोकेको स्याङ्जालाई औधोकिरण मार्फत अघि बढाउनु पर्नेमा जोड दिए। सुन्तला, कफी, अदुवाखेती… पुरा पढौ

मगर भाषामा कविता प्रतियोगिता

पोखरा, ५ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेव्रअरी २१ को सर्न्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्याङ्जा हरिनास गाउँपालिकामा मातृभाषामा साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रतियोगीले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए । कुल १० जना प्रतियोगी सहभागी प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै १ हजार ५ सय रुपैयाँ पुरस्कार पाइन् । प्रतियोगितामा अनुशा थापामगर र… पुरा पढौ

पोखरा थिएटर सञ्चानलमा

पोखरा, २ फागुन। प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थिएटर बुधबारदेखि औपचारिक रुपमा  सञ्चालनमा आएको छ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गर्न्धर्व नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे। समारोहमा बोल्दै दुवैजनाले पोखरा थिएटर उद्घाटन गर्न… पुरा पढौ

शिवभजन प्रतियोगितामा सगरमाथा प्रथम

हेमजा, २ फागुन ।कास्कीको अन्नपूर्ण गाउँपालिका-३, पाउँदुर धारापानी शिवालय व्यवस्थापन समितिको आयोजनामा सम्पन्न शिवभजन प्रतियोगितामा सगरमाथा आमासमूह प्रथम भएको छ। उक्त प्रतियोगितामा समाजसेवा युवा परिवार दोस्रो, नवज्योति महिलासमूह तेस्रो तथा वातावरणीय आमासमूहको टोली सान्त्वना हुन सफल भएका छन्। प्रथम, द्वितिय, तृतीय र सान्त्वना भएसंगै ति समूहहरुले क्रमश रु. ८ हजार, ६ हजार, ४ हजार र १ हजार साथमा प्रमाणपत्र पुरस्कार हात… पुरा पढौ