राजनिती

एमाले-माओवादी एकता जटिल बन्दै   

काठमाडौं, १५ वैशाख। एकताको लागि विवादित विषयमा सहमति गर्ने जिम्मा भएको शीर्ष नेतृत्वले पनि सहमति जुटाउन नसकेपछि एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया जटिल बन्दै गएको छ। उच्चस्तरीय कार्यदल तहमा सहमति हुन नसकेपछि सहमतिको जिम्मा दुवै दलका अध्यक्षलाई दिइएको थियो। एकताका लागि जनयुद्धलाई हेर्ने दृष्टिकोण, केन्द्रीय समितिमा समायोजनको प्रतिशत, चुनाव चिन्ह लगायतमा विवाद कायम छ। एमाले अध्यक्ष केपी शर्मा ओली… पुरा पढौ

नेतृत्व हस्तान्तरण गर : काँग्रेस युवा नेता

काठमाडौं, ११ वैशाख । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवा नेताले पार्टीलाई पुनः नेपाली राजनीतिको शीर्षस्थानमा फर्काउन तत्काल महाधिवेशनको घोषणा गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । युवा नेतातर्फबाट गगन थापाले प्रस्तुत गरेको लिखित प्रस्तावमा पार्टीको पराजयलाई विपक्षी गठबन्धनलाई मात्र कारण मान्न नहुने उल्लेख गर्दै २०४८ सालयता काँग्रेसले जनतासामु गरेका वाचा पूरा गर्न नसकेकोले अहिले आएर पार्टीयो हालतमा आएको… पुरा पढौ

मोदीको नेपाल भ्रमण मिति तय

काठमाडौं, वैशाख १०। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख अन्तिम साता दुर्इदिने नेपाल भ्रमणका लागि आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ गते नेपाल आउने निश्चित भएको श्रोतले जनाएको छ। परराष्ट्र मन्त्रालयले भ्रमण तालिका औपचारिक रुपमा सार्वजानिक भने गरेको छैन। मोदीको भ्रमण मिति बारेमा भारतीयपक्षले पठाएको तालिकालाई प्रधानमन्त्रीको कार्यालयले अनुमोदन गरेको श्रोतको भनाइ छ।… पुरा पढौ

लोकतन्त्र दिवस : गणतन्त्रको जग

काठमाडौँ, ११ वैशाख : तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी सोमबार देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए। संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चल्यो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर… पुरा पढौ

एकताप्रक्रियाबाट पछि नहट्ने ओली, र प्रचण्डको प्रतिबद्धता

काठमाडौ ९ बैशाख । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीएकतालाई सफल पार्नेबाहेक अको विकल्प नभएको बताएका छन् । उनले बरु खुट्टा ताछेर भएपनि जुत्ता मिलाउनुपर्ने उद्घोष समेत गरे । कम्युनिष्ट पार्टीस्थापना दिवसको अवसरमा आइतबार काठमाडौमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिष्टहरु मिल्न खोज्दा अनेक गरेर छिन्नभिन्न पार्ने काम गरेको भन्दै माओवादी- एमाले एकतालाई अब कसैले… पुरा पढौ

सरकार अधिनायकवादतर्फ : देउवा

काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुन लागेको बताएका छन् । काठमाडौंमा शनिबार एक कार्यक्रममा उनले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरु गर्न खोजेको आरोप लगाए । 'यसले स्पष्ट भइसकेको छ, अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्ने प्रयास भइरहेको छ,’ उनले भने । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले… पुरा पढौ

दुवै अध्यक्षको वार्ता

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टीएकीकरणलाई निष्कर्षमा पुर्‍याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच शनिबार पनि वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा २ घण्टासम्म ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गम्भीर छलफल भएको हो । पार्टीएकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।… पुरा पढौ

‘चीन सहयोग मुख्य ५ क्षेत्रमा’

काठमाडौं, ८ वैशाख ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चीनसँग सहयोगका पाँच क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् । यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश र्फकेका ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै 'एकक्षेत्र एकमार्ग’ -बिआरआई) अर्न्तर्गत सहयोगका लागि नेपालले निर्धारण… पुरा पढौ

संसद्मा दिनहुँ सरकारको गुनासो

पोखरा, ६ वैशाख । बिहीबारको प्रदेशसभा बैठकबाट काँग्रेस सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबारे गुनासो पोखे । प्रधानमन्त्रीको रारा सम्मेलन र त्यससँग जोडिएका अरु क्रियाकलापप्रति खड्काले कटाक्ष गरेका हुन् । 'कमजोर स्वास्थ्यको बाबजुद पनि दुर्गम उच्च हिमाली क्षेत्रबाट भएको प्रधानमन्त्रीज्यूको सम्बोधनले निरन्तरताको क्रम भंगतामात्रै गरेन, पर्यटन प्रवर्द्धनका सकारात्मक सन्देश प्रबाह भएका छन् । नेपाली काँग्रेसले पनि परम्परावादी प्रतिपक्षतालाई तोडेर समर्थन गरेको छ,’… पुरा पढौ

नेविसंघलाई बलियो बनाइ अघि बढ्नुस् : सभापति देउवा

काठमाडौँ, ६ वैशाख : नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिएका छन्। नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको प्रतिनिधि संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, "लोकतन्त्रमाथि खतरा आउन… पुरा पढौ