राजनिती

एमाले माओवादीको कम्युनिजम् हेरौं न : पौडेल

पोखरा, ३ वैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुर्इ पार्टीमिलेर सिंगो नेपाल कम्युनिष्ट पार्टीबनाउने भन्दै चुनावमा जितेर आएका एमाले र माओवादी केन्द्रलाई कम्युनिजम् कस्तो हुन्छ लागू गरेर देखाउन चुनौती दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश कार्य समिति-४ को आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा पोखरामा सोमबार आयोजना गरेको पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले अब… पुरा पढौ

काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा समवेदना व्यक्त

पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले मातृशोकमा रहेका पत्रकार हेमराज बराल परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता पौडेलले सोमबार बराल निवास पोखरा ७, नुवारथोकमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् । सो क्रममा नेता पौडेलले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बराल परिवारले पुर्‍याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने… पुरा पढौ

संसद्मा पहिलो पटक विरोधको आवाज 

पोखरा,  ३० चैत । शुक्रबार ११ बजेका लागि डाँकिएको प्रदेशसभा बैठक पौने २ बजेतिर शुरु भयो। सभामा सभामुख प्रवेश गरेपछि सदाझैं राष्ट्रिय धून बज्यो। लगत्तै सभामुखले बैठकको काम थाले। काँग्रेसका सांसद कुमार खड्का उठेर बैठकको नियमापत्ति जनाए। सभामुखले बोल्ने समय दिएपछि उनले सांसदले उठाएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हुन्। प्रदेशसभा नियमावलीमा बैठकका बेला शून्य समय र विशेष समयमा सांसदले… पुरा पढौ

सिंहदरबारको लडाइले काँग्रेस कमजोर : भण्डारी

पोखरा, २८ चैत। नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीभत्र सिंहदरबारको लर्डाईं मात्र भएका कारण पार्टीकमजोर बनेको बताएका छन्। पार्टी कार्यकर्ता, राष्ट्रियता, सँस्कृतितर्फ नभई नेताहरु सिंहदरबार पस्ने लर्डाईंमा मात्र लागेकाले पार्टीकमजोर भएको उनको भनाइ छ। 'रोग सिंहदरबारको लर्डाईं हो,’ उनले भने, 'पार्टीभत्रको यो रोग अन्त्य गर्न मुखबाट औषधि खुवाएर हुँदैन, इन्जेक्सन नै लगाउनुपर्छ।’ महाभारतमा कृष्ण, अर्जुन र भीष्मपितामहको प्रसंग कोट्याउँदै… पुरा पढौ

मुख्यमन्त्रीको तलब ६१ हजार

पोखरा, २६ चैत । प्रदेश ४ का मुख्यमन्त्रीले ६१ हजार रुपैयाँ तलब पाउने भएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको तलब सुविधा कायम गरेको हो । मुख्यमन्त्री र मन्त्रीहरुको सुविधाबारे बनेको विधेयक पारित गरेपछि यहाँका मन्त्रीहरुलाई तलब खाने बाटो खुलेको हो । सुविधासम्बन्धी कार्यविधिमा मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० कायम गरिएको छ । यसबाहेक उनले गाडी, आवास र फर्निचरको… पुरा पढौ

राष्ट्रपति ट्वीटरमा

काठमाडौं, २६ चैत। राष्ट्रपति विद्यादेवी भण्डारी माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर हृयान्डिल एट प्रेसिडेन्डटअफएनपी रहेको छ। राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिकाशिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सह्राहना गरेकी छन् । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध पक्षको प्रयासको सफलताको शुभकामना भनिएको छ । पुरा पढौ

‘श्वेतपत्र निराशाको लालपत्र’

काठमाडौं, २६ चैत । नेपाली काँग्रेसले सरकारले जारी गरेको श्वेतपत्र निराशाको 'लालपत्र’ भएको दावी गरेको छ । पार्टीकार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेसले अनेक प्रतिकूलता र निराशाबीच सम्पन्न भएका सबै निकायका निर्वाचनले देशभर नै नयाँ उत्साह सञ्चार भएको बेला सरकारले विगतका सरकारका सबै निर्णय गलत रहेको भ्रम छर्ने प्रयत्न गरेको समेत जनाएको छ । वर्तमान सरकारले विगतका सरकारहरुले हासिल गरेको आर्थिक उपलब्धिलाई… पुरा पढौ

देशको सम्बन्ध थप उचाइमा पुर्‍याइने

  भारत, २४ चैत। नेपाल र भारतका प्रधानमन्त्रीले दुर्इ देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेद्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भारतको तीनदिने राजकीय भ्रमणका सिलसिलामा शनिबार यहाँ सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको छ । दुवै देशका प्रधानमन्त्रीले बहुआयामिक नेपाल-भारत सम्बन्धका सबै पक्षमा… पुरा पढौ

अतिवादीविरुद्ध सरकार कडा : गृहमन्त्री

चितवन, २४ चैत  । गृहमन्त्री रामबहादुर थापाले अतिवादी क्रियाकलापविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले शनिबार भरतपुर विमानस्थलमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलना बोल्दै थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका क्रियाकलाप अतिवादी खालका हुँदै गएको बताए । राजनीतिक मुद्दा व्यवस्थापन गर्न सरकार तयार रहेको बताउँदै उनले अराजनैतिक क्रियाकलाप गर्ने छुट कसैलाई… पुरा पढौ

प्रधानमन्त्री ओली भारत जाँदै

काठमाडौं, २२ चैत। तीनदिने राजकीय भ्रमणको लागि प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार भारत जाँदैछन्। उनी बिहान ९ बजे भारतको राजीधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारत भ्रमणको समयमा प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा बस्नेछन्। समकक्षी नरेन्द्र मोदीसँग शनिबारमात्र भेटवार्ता हुने तय भएको भ्रमण तालिका अनुसार प्रधानमन्त्री ओली नयाँ दिल्ली पुगे लगत्तै छलफल र भेटघाटमा व्यस्त हुनेछन्।… पुरा पढौ