राजनिती

प्रदेश बजेट आज पास हुँदै

पोखरा, ४ असार । प्रदेश ४ सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को राजश्व र व्ययको वाषिर्क अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु छलफलमा सोमबार पनि सदस्यले धारणा राख्नेक्रम जारी रह्यो । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउँदै आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गरे । प्रदेशसभा सदस्य ललितकला गुरुङले ग्रामीण क्षेत्रमा… पुरा पढौ

पार्टीअन्तरघात मुक्त बनाउँछु : देउवा

चितवन, ४ असार । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई अन्तरघात मुक्त बनाउने बताएका छन्। नेपाल दलित संघ चितवनले सोमबार भरतपुर आयोजना गरेको प्रदेश ३ को दुर्इदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीलाई अन्तरघातीमुक्त बनाएपछि मात्रै काँग्रेस पुरानै अवस्थामा फर्किने बताए। उनले भने, 'अन्तरघातीलाई सहन सक्ने समय अब छैन।’ आफू काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ हिडेको बताउँदै उनले अन्तरघातीलाई कारबाही… पुरा पढौ

पार्टीएकीकरणसँगै गुट उपगुट अन्त्य : अधिकारी

लेखनाथ, २ असार। नेपाल कम्युनिष्ट पाटी (ने क पा) केन्द्रिय सदस्य खगराज अधिकारीले पार्टीएकीकरणसँगै अब पार्टीका गुट-उपगुटको अन्त्य हुने बताएका छन्। एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी-ने क पा), पोखरा लेखनाथ महानगरपालिका वडा ३० ले शनिवार राखेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रदेश ४  सहसंयोजक समेत रहेका अधिकारीले चुनावका समयमा जे बोलियो त्यही अनुसार जनताको चाहना र राष्ट्रिय आवश्यकता अनुसार एकीकरण… पुरा पढौ

बजेटपछि मात्र नाममा छलफल

बहुमतको अहंकार रोकियोस् : नेपाली सकारात्मक सहयोग गर्नुस् : गुरुङ   पोखरा, २८ जेठ । संसदीय मर्यादा कायम राख्ने सत्तापक्षको प्रतिबद्धतापछि सोमबारदेखि प्रदेश ४ को सदन सहज रुपमा चलेको छ। बैठकमा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सत्तापक्षले संसद्को अवहेलना गरेको गुनासो गरेका छन्। एक सांसदको प्रतिपक्ष भए पनि प्रतिपक्षको विरोधमा सदन चल्न नसक्ने भन्दै उनले दुर्इतिहाईको रवाफमा सत्तापक्षले जवरजस्ती गरेको आरोप… पुरा पढौ

कम्युनिष्टसँग एकीकरण हुँदैन : उपप्रधानमन्त्री यादव

पोखरा, २६ जेठ। संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीसँग एकीकरण नहुने बताएका छन्। पोखरामा पत्रकारसँग कुरा गदै उनले एकीकरणको कुरा चले पनि होहल्लामात्रै भएको बताए। 'कम्युनिष्टको साइडबोर्डसँग एकीकरणको सम्भावना छैन,’ उनले भने, 'सैद्धान्तिक रुपमा पार्टीफरक छ। त्यसैले एकीकरणको सम्भावना छैन।’ सैद्धान्तिक रुपमा मिल्ने समाजवादीसँग पार्टीकिकरण गर्न सकिने उनको भनाइ थियो। उनले फोरम प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा… पुरा पढौ

संसदमा गण्डकी, सडकमा तमुवान-मगराँत

पोखरा, २० जेठ। राज्य पुनर्संरचनामा विवादरहित प्रदेश ४ को नामाकरणमा भने केही अन्यौलता सुरु भएको छ । यतिबेला प्रदेशको नामाकरणले निकै चर्चा पाएको छ । प्रदेशभित्रका जातिय संघ संगठनहरुले प्रदेशलाई आफ्नै अनुकुलको नामाकरण हुनुपर्ने दवाव दिइरहेका छन् । विशेषगरी गुरुङ र मगर जातिले तमुवान-मगराँत नाम हुनुपर्नेमा जोड दिएका हुन् । पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने भन्दै तमुवान मगरात संघर्ष समितिले आइतबार पोखरामा बृहत् प्रदर्शन गरेको… पुरा पढौ

पार्टीमा गुट उपगुटको छुट छैन : दाहाल

हेमजा, १९ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई निकास दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गरिएको बताएका छन्। उनले अब एकतापछि पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिवार दाहालको जन्मगाउँ ढिकुरपोखरीमा भएको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा… पुरा पढौ

पार्टीलार्इ पुरानै ठाउँमा पुर्‍याउँछु : देउवा

पोखरा, १७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलार्इ पुरानै ठाउँमा नपुर्‍याई आफूले पद नछाड्ने बताएका छन् । पछिल्लो निर्वाचनमा शर्मनाक हारपछि पार्टीभत्रै आलोचित बनिरहँदा सभापति देउवाले सबैभन्दा ठूलो पार्टीकाँग्रेसलाई फेरि विशाल बनाएरमात्रै आफूले विश्राम लिने बताए । नेपाली काँग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले समानुपातिक नतिजाबाट पार्टीसानो नभएको प्रमाणित भएको भन्दै घात अन्तर्घातका साथै बाम एकताले समेत असर परेको बताए ।… पुरा पढौ

बजेट पूर्वको छलफलमा संसद्

पोखरा, १७ जेठ ।प्रदेश ४ सरकारले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजनको तयारी गरिरहेको छ । बुधबारदेखि त्यसकै लागि बजेट अधिबेशन सुरु भएको छ । विहिबार अर्थमन्त्री किरण गुरुङले बजेटका प्राथमिकता र सिद्धान्त संसदमा प्रस्तुत गरे । आगामी बजेटले समाजवादउन्मुख अर्थ ब्यवस्थाको आधारशीला तय गर्ने उनको भनाई छ । 'दीगो शान्ति र सुशासन कायम गर्ने गरी बजेट तय गरिनेछ । जसले आर्थिक सामाजिक विकासको माध्यमबाट सबै… पुरा पढौ

भ्रष्टाचारविरुद्ध अप्रेसन : गृहमन्त्री थापा

चितवन, १७ जेठ ।गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारीविरुद्ध अप्रेशन जरुरी भएको बताएका छन् । नेपाल फोटो पत्रकार महासंघको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलालाई बिहीबार सौराहामा सम्बोधन गर्दै उनले देशलाई समृद्धितर्फ लैजान भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको बताए। उनले भने,  'भ्रष्टाचारविरुद्ध स्टिङ अप्रेशन आवश्यक छ, देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेका छन् । त्यसका विरुद्ध पत्रकारहरु समेत लाग्नुपर्छ ।’ लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी,… पुरा पढौ