राजनिती

कान्छो उम्मेदवार भएको दावी

हेमजा, १९ कात्तिक।विवेकशील साझा पार्टीकाट कास्की क्षेत्र नं. ३ प्रतिनिधिसभाका उम्मेदवार मिलन अधिकारीले आफू नेपालकै सबैभन्दा कान्छो उम्मेदवार भएको दावी गरेका छन्। उनको उमेरमात्र २५ वर्ष ३ महिना भयो। आफूले सांसदको सीमाभित्र बसेर न्यायिक काम गर्ने, खुल्ला क्षेत्र संरक्षण तथा बालबालिका तथा प्रौढ व्यक्तिलाई रम्नका लागि पार्क बनाउने, विभिन्न ठाउँमा सोलर बत्ती जडान गर्ने अवधारणा ल्याउने भएकाले मतदान दिई जिताउन… पुरा पढौ

खैरेनीटारमा काँग्रेसको चुनावी कार्यालय

खैरेनीटार, १९ कात्तिक। शुक्लागण्डकी नगरपालिका ६, खैरेनीटारमा नेपाली काँग्रेस तनहुँको २ को चुनावी प्रयोजनको लागि कार्यालय स्थापना गरिएको छ । प्रमुख अतिथि पूर्व वनमन्त्री समेत रहेका काँग्रेस तनहुँ २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारीले चुनावमा विजय प्राप्त गरेमा यस क्षेत्रको मुहार फेर्ने जनाए। उनले सपना बाँडेर विकास नहुने र बोलेका कुरालाई पूरा गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा तनहुँ २ का प्रदेशसभा सदस्यका… पुरा पढौ

बागी फकाउँदै उम्मेदवार

पोखरा, १८ कात्तिक। आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेतालाई नै संकट देखा परेको छ। वाम र लोकतान्त्रिक दुवै गठबन्धनविरुद्ध कास्कीमा बागी उम्मेदवार छन्। आफूविरुद्ध बागी उम्मेदवारी हालेपछि आधिकारिक उम्मेदवार बागी फकाउन लागिपरेका छन्। सम्बन्धित राजनीतिक दलले पनि बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको पाइन्छ। यद्यपि स्वतन्त्र उम्मेदवार केहीले उम्मेदवारी फिर्ता लिने तयारीमा छन्। निर्वाचन आयोगले आइतबार… पुरा पढौ

बाँदरमुढे घटना द्वन्द्वको ठूलो गल्तीः दाहाल

चितवन, १८ कात्तिक। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयमा भएको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्। दिवाकर-तीर्थकुमार भुषाल स्मृति खुला भलिबल प्रतियोगिता शनिबार माडीमा उद्घाटन गर्दै उनले उक्त घटनाका दोषीलाई तत्कालीन समयमा नै आफूले निर्देशन गरेर कारबाही गरिसकिएको बताए। घटनापछि दोस्रो पटक माडी पुगेका दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितका माग सम्बोधन गर्ने बताए। यसअघि,… पुरा पढौ

जोशीको उम्मेदवारी रद्द

काठमाडौं, १८ कात्तिक । आफ्नै पार्टी वरिष्ठ नेताविरुद्ध तनहुँ १ मा बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी रद्द भएको छ । जोशीको उम्मेदवारी वैधानिक नभएको भन्दै काँग्रेस उम्मेदवार रामचन्द्र पौडेलले नै निर्वाचन कार्यालयमा उजुरी दिएपछि भ्रष्टाचारमा दोषी ठहरिएकाले चुनाव लड्न अयोग्य हुने निर्णय सुनाइएको हो ।जोशीविरुद्ध शुक्रबार तनहुँ जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उजुरी छानविन गर्दा जोशी उम्मेद्वारका लागि अयोग्य ठहरिएको… पुरा पढौ

काँग्रेस कास्की-३ निर्वाचन तयारीमा जुट्यो

पोखरा, १८ कात्तिक। नेपाली काँग्रेस क्षेत्र नं. ३ ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थालेको छ। शनिबार क्षेत्र नं. ३ को क्षेत्रीय भेला आयोजना गरी तयारी थालिएको नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले जानकारी दिए। उनको अध्यक्षतामा तीन हजार पाँच सय एक सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ। समितिमा यस क्षेत्रका पार्टी क्रियाशील सदस्य, भ्रातृसंस्था,… पुरा पढौ

काँग्रेसको घोषणापत्र सार्वजनिक

काठमाडौं, १४ कात्तिक। प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि नेपाली काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीकार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गरी काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। घोषणपत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताए। काँग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव… पुरा पढौ

वाम गठबन्धनबाट उम्मेदवार टुंगो

नवलपुर, १४ कात्तिक। वाम गठबन्धनले नवलपुर क्षेत्रमा उम्मेदवारको नाम टुंगाएको छ। वाम गठबन्धनको मंगलबार बसेको संयुक्त बैठकले नवलपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाबाट उठ्ने उम्मेदवारको नाम टुंगो लगाएको हो। स्रोतका अनुसार मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनअन्तर्गत हुने नवलपुर क्षेत्रमा रहेका २ प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले आधा आधा लिने गरी केन्द्रमा अन्तिम नाम सहित… पुरा पढौ

‘तालमेल एकताको प्रक्रिया’

चितवन, १३ कात्तिक। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल मात्रै नभएर एकताको प्रक्रिया भएको बताएका छन्। प्रेस चौतारी नेपाल चितवन र प्रेस सेन्टर चितवन शाखाले सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दाहालले वाम तालमेलमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताए। वाम तालमेल एकतासहितको विशेषता भएकोले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उनको दावी… पुरा पढौ

कम्युनिजम विश्वमै टिक्दैन : डा भट्टराई

पोखरा, १३ कात्तिक। नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार डा. बाबुराम भट्टराईले पुरानै शैलीका कम्युनिष्ट पार्टीरु विश्वबाटै विलय हुने दावी गरेका छन्। पोखरामा बसोबास गर्ने गोरखाली समुदायसँग सोमबार अन्तर्त्रिmया गर्दै उनले संसारले नै असफल मानेको कम्युनिजम नेपालमा झनै व्यवहारिक नभएको जिकिर गरे। 'सीमित देशहरुमा निश्चित समयका लागि कम्युनिजम चल्यो। अहिले मै हुँ भन्ने कम्युनिष्ट… पुरा पढौ