राजनिती

एमाले कास्कीमा चरम अन्तरविरोध

पोखरा, ११ कात्तिक । उम्मेदवार मनोनयनमा धाँधली भएको भन्दै कास्की एमालेमा अन्तरविरोध देखिन थालेको छ। एमालेभित्रै एक खेमालाई षड्यन्त्रपूर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै केन्द्रिय स्थायी कमिटिमा उजुरी परेको छ। कास्कीबाट नेपालपक्ष सिफारिसमै 'क्लिन स्विप’ भएको थियो। प्रदेशसभाका आकांक्षी एमालेका पुराना नेता श्रीनाथ बराल, प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुलबहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु वनवासी र पुण्य… पुरा पढौ

कास्की माओवादीमा कस्लाई टिकट ?

पोखरा, ११ कात्तिक।  आगामी चुनावमा दलहरुले गठबन्धन गरी चुनाव लड्ने पक्का भइसकेको छ। मुख्यतया वाम र लोकतान्त्रिक गरी दुर्इ बलिया गठबन्धनकै पोल्टामा परिणाम पर्ने देखिन्छ। गठबन्धन हुँदैमा जो कोही उम्मेदवारले चुनाव जितिहाल्छन् भन्ने छैन। चुनावको सर्न्दर्भमा पछिल्लो समय मतदाता सोचेभन्दा धेरै सचेत भइसकेका छन्। मतदाताले पार्टीन्दा पात्र हेर्न सक्ने सम्भावना उत्तिकै छ। गठबन्धनसँगै कुन दलबाट को उम्मेदवार हुँदा धेरै मत… पुरा पढौ

दल उम्मेदवार टुंग्याउने तयारीमा

पोखरा, कात्तिक ९। आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै कास्कीमा टिकट हात पार्न नेताहरूको चहलपहल केन्द्रमा बढेको छ। अधिकांश सम्भावित नेताहरू केन्द्रमा पुगेका छन्। सबै राजनीतिक दलका जिल्लास्तरीय कमिटीबाट केन्द्रमा उम्मेदवार सिफारिस गरिसकेका छन्। अधिकांश दलले त्यसैलाई आधार मानेर उम्मेदवार टुंग्याउने बुझिएको छ भने केही दलमा उम्मेदवार दायाँबायाँ पनि हुन सक्छन्। प्रदेश ४… पुरा पढौ

उद्योगपति केसीले भने- मेरो सहयोग लोकतान्त्रिक गठबन्धनलाई

पोखरा, ९ कात्तिक । पोखराका प्रतिष्ठित व्यवसायी, उद्योगपति एवं पूर्व सभासद् सूर्यबहादुर केसीले लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिने घोषणा गरेका छन्। पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी केसीले एमाले-माओवादी गठबन्धन मन नपरेको भन्दै लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका हुन्। 'लोकतान्त्रिक र गैरलोकतान्त्रिक शक्तिबीच धु्रवीकरण हुँदा के गर्ने भन्ने निर्णय लिन कठिन भाथ्यौ, अनिर्णयको बन्दी भएर बस्न पनि सकिनँ’-उनले भने-धेरै सोचेर लोकतान्त्रिक गठबन्धनमा… पुरा पढौ

‘वाम गठबन्धनलाई भारतले सहज लियो’

काठमाडौं, ७ कात्तिक । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा देखिएको वामगठबन्धनलाई भारतले सहज रुपमा लिएको जानकारी दिएका छन् । उनले भने-'खासगरी यो वाम गठबन्धन चुनाव जिताउनको लागि मात्रै हो भन्ने देखिएको छ, अरुलाई शंका गर्नु हुँदैन, आफ्नो अभिभारा नेपाली आँफैले लिनुपर्छ, चुनाव गर्ने जिम्मेवारी हाम्रो हो ।’ मंगलबार काठमाडौमा भएको कार्यक्रममा उपाध्यायले नेपालको चुनावप्रति भारतको सदैव साथ र सहयोग रहेको… पुरा पढौ

मुख्य सचिवमा रेग्मी

काठमाडौ, ६ कात्तिक ।  सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेपछि उनी २४ औं मुख्य सचिव बनेका हुन् । मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीले उमेर हदका कारण मंगलबार अनिवार्य अवकाश लिँदै छन् । बैठकले शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री… पुरा पढौ

‘स्थायी सरकार र समृद्धिका लागि वाम गठबन्धन’

लमजुङ, ६ कात्तिक। नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन स्थायी सरकार र समृद्धिका लागि भएको बताएका छन्। दुवै दलले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी त्यस्तो बताएका हुन्। दुवै दलका जिल्ला इञ्चार्जले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा एमालेका केन्द्रीय सदस्य समेत रहेका मायानाथ अधिकारी र माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य पारसमणि पौडेलले दस्ताखत गरेका छन्। दुवै दलका जिल्ला इन्चार्ज सम्मिलित… पुरा पढौ

३२ जिल्लामा उम्मेदवारी मनोनयन

काठमाडौं, ५ कात्तिक। आगमी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि आइताबार उम्मेदवारी मनोनयन दर्ता भएको छ। पहिलो चरणमा हिमाली तथा पहाडी गरेर ३२ जिल्लामा निर्वाचन हुँदैछ। उम्मेदवारी मनोनयन बिहान १० बजेबाट शुरु भई साँझ ५ बजेसम्म जारी रहेको थियो। अधिकांश उम्मेदवार बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए। प्रतिनिधिसभा निर्वाचनका लागि ३७ सिट र… पुरा पढौ

कास्की क्षेत्र ३ को बजेट बाँडफाँड

पोखरा, ३१ असोज। एमाले नेता तथा संसद् विकास समिति सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन्। पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी उनले तीन करोड ५० लाख रुपैयाँको कार्यक्रम तथा योजना सार्वजनिक गरेका हुन्। विनियोजित बजेटमध्ये अधिकांश बजेट सडक र भवन निर्माणमा छुट्याइएको छ। ५० लाख रुपैयाँको निर्वाचन क्षेत्र विकास कार्यक्रममा अधिकारीले… पुरा पढौ

माओवादी मन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदारी माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउँदै राप्रपाका चार मन्त्रीहरुलाई नयाँ जिम्मेवारी तोकेका छन् । माओवादीले सरकारबाट नहट्ने निर्णय गरेलगतै मंगलबार प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई बिनाविभागीय बनाउँदै राप्रपाबाट मन्त्री बनेकालाई जिम्मेवारी बाँडफाट गरेका हुन् । उपप्रधानमन्त्री कमल थापाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि माओवादी मन्त्रीको जिम्ममा रहेका गृह, परराष्ट्र लगायत मन्त्रालय भने प्रधानमन्त्रीले आफैंसँंग राखेका छन् ।… पुरा पढौ