राजनिती

काँग्रेस आन्दोलित

काठमाडौँ, १ साउन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ। काँग्रेस महामन्त्री डा शशांक कोइरालाले आज विज्ञप्तिमार्फत उक्त विरोध सभाका लागि पार्टीका जिल्ला समितिलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै एकाइलाई समेत सहभागी हुन आहृवान गरेका छन्। उनले सत्ता… पुरा पढौ

केसीसँग वार्ता गर्न टोली गठन

काठमाडौं, ३२ असार। सरकारले अनशनरत प्राडा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्राडा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेकोसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए।… पुरा पढौ

मन्त्रिपरिषद् निर्णय

पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारको वुधवार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ।बैठकले नीति तथा योजना आयोगको उपाध्यक्ष र सदस्यको उमेर ३५ देखि ५५ वर्ष हुनुपर्नेमा संशोधन गरी ३५ देखि ६५ वर्ष बनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको नामकरण हुनुअघि प्रदेश सरकारले बनाएका कानूनमा ४ नम्बर प्रदेश लेखिएकोमा सबैलाई संशोधन गरी गण्डकी प्रदेश राख्न गरेको प्रस्तावलाई पारित… पुरा पढौ

प्रतिपक्षीले कमजोरी समायो : प्रम

काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सोमबार यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई ओझेलमा पार्न अनेकन प्रयास भएको बताए । "निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टीभइसक्यो"-प्रधानमन्त्री ओलीले भने, "पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा… पुरा पढौ

पार्टीबलियो बनाउँदै काँग्रेस

काठमाडौँ, २५ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एक हुन आहृवान गरेका छन्।काँग्रेसका पुराना नेताहरूसँग सोमबार भएको अन्तक्रिर्या कार्यक्रममा उनले पार्टीलाई अन्तर्घातमुक्त र अनुशासित बनाई पुरानै अवस्थामा पुर्‍याउने दृढता व्यक्त गरे। सभापति देउवाले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोपभन्दा माथि उठेर छलफल गर्नुपर्ने बताए। वाम गठबन्धन र पार्टीभत्रको अन्तर्घात निर्वाचनमा पार्टीपराजयको प्रमुख कारण… पुरा पढौ

नियमावलीको लागि नेकपाको कार्यदल

काठमाडौँ, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्यदल गठन गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टीसचिवालयको बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिए। नेकपाका नेता बामदेव गौतम, गृहमन्त्री रामबहादुर… पुरा पढौ

आचारसंहितापछिका नियुक्ति खारेज

काठमाडौँ, २० असार। मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय… पुरा पढौ

प्रदेश राजधानी ‘पोखरा’

पोखरा, १८ असार। 'पोखरा’ लाई प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ। प्रदेशसभाका सांसदले सर्वसहमतिबाट पोखरालाई राजधानी तोकेका हुन्। दुर्इदिनसम्म लगातार छलफल र बहस गरेपछि पोखरा स्थायी रुपमा सर्वस्वीकार्य राजधानी बनेको छ। सोमबारको बैठकमा उपस्थित ५२ सांसदले नै पोखरालाई समर्थन गरी पक्षमा भोट हाले। यसअघि पनि सरकारले प्रादेशिक कामकाजको अस्थायी कार्यसञ्चालन केन्द्रका रुपमा पोखरालाई नै तोकेको थियो। प्रदेश ४ को राजधानी… पुरा पढौ

प्रधानमन्त्रीको चीन भ्रमण सम्बन्ध थप उचाइमा

चीन, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच बुधबार भएको भेटवार्ताले दुर्इ देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको छ । चीनको बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार सम्पन्न दुर्इ नेताबीचको भेटवार्तासहित चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको यो भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको बताए । मन्त्री ज्ञवालीले भने, "यो भ्रमणको मुख्य उद्देश्य… पुरा पढौ

बजेटजति मन्त्रीका जिल्लामा गएको सांसदको गुनासो

पोखरा, ६ असार । प्रदेश ४ का सांसदहरुले सरकारको बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् । सरकारले सदनमा पेश गरेको विनियोजन विधेयकमाथि छलफल गर्दै उनीहरुले राजधानी र मन्त्रीका जिल्लामा मात्रै बजेट छरिएको गुनासो गरे । काँग्रेस सांसद कृष्णचन्द्र नेपालीले नवलपुर पछाडि पार्ने गरी सरकारको बजेट आएको बताए । 'मन्त्रीका जिल्लामा ५-७ वटासम्म पुलका योजना परेका छन् । ३० वटासम्म सडकका योजना छन्,’ उनले भने, 'नवलपुरमा… पुरा पढौ