राजनिती

जङ्गलको शासन सभ्य समाजमा चल्न सक्दैन : रिजाल

पोखरा, १ माघ। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले माओवादीले ज·लमा चलाएको ज·ली शासन सभ्य समाजको लागी स्वीकार्य नहुने बताएका छन्। नेपाल प्रेस युनियन जिल्लाशाखा पर्वतले सदरमुकाम कुस्मा बजारमा गरेको हरि मखमली प्रेस युनियन पत्रकारिता पुरस्कार स्थापना एवं लोकतान्त्रिक मूल्य पद्धतिमा आधारित नयाँ संविधान निर्माणका लागि प्रेसको भूमिका विषयक विचार गोष्ठीमा डा.रिजालले यस्तो बताएका हुन्।… पुरा पढौ

द्वन्द्वकालका घटना ब्युँताए काङ्ग्रेस र एमालेका सबै नेता जेल पर्छन् : प्रधानमन्त्री

बेसीसहर, २९ पुस। प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनयुद्धको समयमा भएका घटनालाई ब्युँताउने र एकले अर्कालाई मुद्दा लगाउँदै जाने हो भने काङ्ग्रेस र एमालेका सबै नेता जेल पर्ने बताएका छन्। आइतबार लमजुङको भलायखर्कस्थित महेन्द्र बाल विकास माध्यामिक विद्यालयको वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले जनयुद्धका समयमा मारिएका १२ हजार र बेपत्ता पारिएका १३ हजार मानिसको जिम्मेवारी काङ्ग्रेस र एमालेले लिनुपर्ने बताए।… पुरा पढौ

दलीय सहमतिमा मात्र कदम चाल्छु : राष्ट्रपति

काठमाडौं, २७ पुस। राष्ट्रपति डा. रामवरण यादवले सबै दलको सहमतिमा मात्र अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएका छन्। संसद् नभएको समयमा दलीय सहमतिबिना कामचलाउ सरकारले ल्याउने अध्यादेश जारी गर्न नसकिने उनले स्पष्ट पारे। विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग भएको भेटमा राष्ट्रपति यादवले दलीय सहमतिबेगरका अध्यादेश जारी गर्न आफूलाई बाध्य नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रपतिको भनाइ उद्दृत गर्दै राष्ट्रिय… पुरा पढौ

अब माओवादीको हालत ज्ञानेन्द्रको जस्तै : र्घर्ती

पर्वत, २७ पुस। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलबहादुर र्घर्तीले एकीकृत नेकपा माओवादी सर्वसत्तावादमा लागेको आरोप लगाउँदै ज्ञानेन्द्रको जस्तै हालतमा पुग्ने समय आएको चेतावनी दिएका छन्। नेपाल शिक्षक सङ्घ पर्वतको सातौ अधिवेशनको शुक्रबार सदरमुकाम कुश्मामा उद्घाटन गर्दै र्घर्तीले यस्तो चेतावनी दिएका हुन्। ‘एकीकृत नेकपा माओवादीको नेतृत्वको सरकारले निर्वाचन गराउन पनि नसक्ने र सत्ता छाड्न पनि नचाहने अडानले उसको सर्वसत्तावादी चरिण उदाङगो… पुरा पढौ

नवौं पटक समय थप, बिहीबार सर्वदलीय बैठक आह्वान

काठमाडौं, २६ पुस । सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा.रामवरण यादवले नवौं पटक पाँच दिनको समय थप गरेका छन्। प्रमुख चार दलका शीर्ष नेतासँगको भेटपछि राष्ट्रपतिले माघ १ गतेसम्मको समय थप गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फ जनाएको छ। यसअघि आठौं पटक थपिएको समय बुधबार सकिएको थियो। राष्ट्रपतिले थपिएको समयमा दलहरू सहमतीय सरकार गठन गर्न सफल हुने विश्वास लिएका छन्। यसअघि राष्ट्रपति… पुरा पढौ

काङ्ग्रेस कास्कीद्वारा हत्यारालाई कारबाहीको माग

पोखरा, २६ पुस। नेपाली काङ्ग्रेस कास्कीको बिहीबार बसेको बैठकले दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ। अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेको अवस्थामा राज्यको ताला चावी लिएका प्रधानमन्त्री डा. बाबुराम भट्टर्राई र उनको पार्टी हत्यारालाई उम्काउन राज्य संयन्त्रलाई दुरुप्रयोग गरी अपराधीको बयानसमेत लिन रोक्नु अत्यन्तै निन्दनीय एवं कानुनी राज्यको उपहास गरेको ठहरसमेत गरेको छ। पत्रकार हत्याको… पुरा पढौ

प्रधानमन्त्रीद्वारा अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं, २३ पुस।  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सिफारिस गरेको सत्य निरुपण तथा मेलमिलाप अध्यादेश स्वीकृत गर्न राष्ट्रपति डा. रामवरण यादवको ध्यानाकर्षण गराएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा भएको ढिलाइका कारण अन्तर्राष्ट्रिय समुदायले आलोचना सुरु गरेको भन्दै प्रधानमन्त्री भट्टराईले अध्यादेश पारित गरेर आयोग गठनको बाटो खोलिदिन आग्रह गरेका हुन्। सरकार आयोग गठन गर्न प्रतिबद्ध रहेको भन्दै कानुनी बाटो… पुरा पढौ

माओवादीद्वारा तेस्रो व्यक्तिमा सहमति खोज्न प्रस्ताव, काङ्ग्रेस-एमालेद्वारा अस्वीकार

काठमाडौं, १९ पुस। एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर मध्य जेठसम्म नयाँ निर्वाचन गर्न नेकपा एमालेसँग प्रस्ताव गरेको छ। काङ्ग्रेस सभापति सुशील कोइरालको नेतृत्वमा सरकार गठन गर्ने सम्भावना नरहेको भन्दै माओवादीले अन्य विकल्पमा जान प्रस्ताव गरेको हो। राजधानीको बबरमहल स्थित शान्ति कोषको सचिवालयमा भएको दुर्इ दलका शीर्ष नेताको बैठकमा माओवादीले तेस्रो विकल्पमा जान एमालेसँग प्रस्ताव गरेको हो। माओवादी… पुरा पढौ

माओवादीले चुनाव चाहेकै छैन : अधिकारी

पोखरा, १९ पुस। नेकपा एमालेका बैकल्पिक पोलिट्ब्यूरो सदस्य खगराज अधिकारीले एकीकृत नेकपा माओवादीले चुनाव चाहँदै नचाएको बताएका छन्। नेकपा एमाले क्षेत्र नं. २ कास्कीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित नयाँ कमिटीको स्वागत तथा निवर्तमान कमिटीको बिदाइ एवं धन्यवाद कार्यक्रममा बोल्दै बिहीबार उनले त्यस्तो बताएका हुन्। दलभन्दा बाहिरबाट प्रधानमन्त्री वनाउने माओवादीको भनाइले पनि माओवादीले चुनाव नचाहेको प्रष्ट हुने उनको भनाइ थियो। ‘माओवादी विभिन्न… पुरा पढौ

स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने काङ्ग्रेस-एमालेको ठहर

काठमाडौं, १८ पुस। नेपाली काङ्ग्रेस र नेकपा एमालेले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतीय सरकार गठन हुन नसक्ने निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने भए सरकार छाड्ने प्रस्ताव अघि सारिरहेका बेला विपक्षी दलहरूले यस्तो निष्कर्ष निकालेका हुन्। दुर्इ दलले सहमतीय सरकारको प्रधानमन्त्रीमा काङ्ग्रेस सभापतिलाई नै अघि सार्नुपर्ने दोहोर्‍याएका छन्। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयमा बुधबार बसेको दुर्इ… पुरा पढौ